रुपन्देही र बाकेमा फोनबाटै चिकित्सक परामर्श सेवा

हेल्थ असिस्टेन्ट संघद्धारा फोनमार्फत चिकित्सक सेवा

स्वास्थ्यसमाचार /हेल्थ असिस्टेन्ट संघ रुपन्देहीको पहलमा रुपन्देहीका नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका छन। कोरोनाको जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि समस्यामा परेका बिरामीका लागि रुपन्देहीका चिकित्सकहरुले फोनमार्फत् स्वास्थ्य परामर्श दिन थालेका हुन ।

सार्वजनिक सवारी साधन र एम्बुलेन्स समेत सहजरुपमा नचल्दा स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीलाई नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका हुन् ।


हेल्थ असिस्टेन्ट संघ रुपन्देहीका अध्यक्ष राजेश ज्ञवालीका अनुसार संघले आग्रह गरे अनुसार बाल रोग विशेषज्ञ डा.सन्तोष पोख्रेल, डा.वसन्त ज्ञवाली, विशेषज्ञ सर्जन डा.प्रेम प्रकाश पौडेल, मेडिकल अफिसरहरु डा.कपिल गौतम, डा. युवराज भण्डारी, डा. विनोद बरई, डा. दुर्गा खत्री र डा. अशोक धिताल तथा दन्त चिकित्सक डा.दिपेन्द्र पोख्रेलले फोनमार्फत् बिरामीलाई परामर्श दिएर उपचारमा सहयोग पुराउने छन ।

 

नौ जना चिकित्सकको मोबाइल नम्बर संघको फेसबुक पेज मा राखिएको र उनीहरुले जुनसुकै बेला बिरामीको फोन रिसिभ गरेर निःशुल्क परामर्श दिने सहमति भएको अध्यक्ष राजेश ज्ञवालीले बताए ।

उता नेपालगञ्जमा पनि हेल्थ असिस्टेन्ट संघको पहलमा वाके जिल्लाका स्थानियहरुलाई फोनमार्फत् परामर्श लिन वाके हेल्थ असिस्टेन्ट संले जनाएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना सूचना केन्द्र नेपालगन्ज का हे अ सरोज रिमालले बताए ।

सम्बन्धित शिर्षक :