प्रदेश ५का रुपन्देही दाङ र नेपालगञ्जमा कोरोनाभाईरस जाँचहुने

तीन दिन भित्र रुपन्देहीकोमा र अन्यठाउमा केहि दिनमै सुरु

स्वास्थ्यसमाचार/ प्रदेश ५का तिन स्थानमा कोरोना भाईरस चेकजाच हुने भएको छ ।।तत्काल रुपन्देहीबाट र केही दिनभित्र प्रदेशको दाङ र नेपालगञ्जबाट पनि त्यो व्यवस्था मिलाइने छ ।

रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुुँबाली परिषरभित्रको बीउविजन कार्यालयमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशलाा स्थापना हुनेछ ।

भैरहवामा दुुई दिनभित्र प्रयोगशाला सञ्चालनमा आउँदैछ । सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुुख डा उमाशंकरप्रसाद चौधरीले मंगलबार उपकरण आइपुुगेको र बढीमा दुुई दिनभित्र कोरानो आशंका लागेका बिरामीको प्रयोगशालामा स्वाब ¥याल र खकार जाँच हुुने जानकारी दिए ।

चौधरीले भने, ‘उपकरण जडान गर्ने प्राविधिकहरु तीन जना काठमाडौंबाट आइसकेका छन । केही हामीसँग पनि छन । दुुई दिनभित्र उपकरण जडान भएर प्रयोगशाला सञ्चालनमा आउछ । यो प्रयोशाला सञ्चालनमा आएपछि हामीलाई धेरै सहज हुुनेछ ।’

प्रयोशाला सञ्चालनमा आएपछि प्रदेश पाँचका कोरोनाको शंका लागेका बिरामीको स्वाव काठमाडौं पठाउनुुपर्ने बाध्यता अन्त्य हुनेछ । आइतबार बुुटवलको धागो काराखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत बिरामी बाबुुराम थापाको स्वाव परीक्षण तीन दिनसम्म हुुने सकेन । उनको मृत्युु भइसकेपछि स्वाब परीक्षण गरिएको थियो ।

संघीय सरकारले सात वटै प्रदेशमा एक÷एक वटा कोरोना जाँच गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय गरेसँग यहाँ पनि प्रयोगशाला बन्न लागेको हो । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले रुपन्देहीमा बन्ने प्रयोगशाला संघले अन्तरगर्तको र दाङ र नेपालगञ्जमा बन्ने प्रयोगशाला प्रदेश सरकारको बजेटमै बन्ने बताए । चौधरीले प्रदेशमा आवश्यक रहेको पिपिई पनि आइसकेकोले उपचारमा खटिने चिकित्सकहरुलाई पनि सहज हुुने बताए ।भैरहवाको विउविजन कार्यालयले रंगरोगन गरेर चिटिक्क पारिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमित्त प्रमुुख डा राजेन्द्र कुमार गिरीले कोरोना जाँच गर्ने प्रोट्रेबल पिसिआर मेसिन संघले उपलब्ध गराएको बताए । कोरोना परीक्षण गर्ने रियलटाइम पीसीआर र पोटेवल पीसीआर गरी दुई किसिमका उपकरण चाहिन्छ ।

दुवै उपकरण सञ्चालनका लागि बायो सेफ्टी लेवल प्रयोगशालामा बाहिरी हावासमेत पस्न नसक्ने गरी कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमुनाको पनि हानिकारक तत्वबाट जोखिम नहुने गरी बिसर्जन हुन सक्ने वातावरण तयार हुनुपर्छ । भैरहवाको प्रदेश स्तरीय प्रयोगशाला हो ।

यसमा बायो सेफटीलेवर टुु बिएसएल पनि बन्नेछन । प्रदेश सरकराले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने भएको छ । उनीहरुलाई सम्बन्धित जिल्लाका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने प्रवक्ता चौधरीले जानकारी दिए ।

सम्बन्धित शिर्षक :