स्वास्थ्यमा १९ नयाँ कार्यक्रम :आकस्मिक सेवा निःशुल्क घरघरमै स्वास्थ्य जाँच

स्वास्थ्यसमाचार/ सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने १९ वटा कार्यक्रम प्रस्ताव गरेको छ ।मन्त्रालयले ती कार्यक्रम सन्चालन गर्नका लागि २८ अर्ब ३१ करोड खर्चको प्रस्ताव गरेको छ । नियमित कार्यक्रमसँगै मन्त्रालयले संघमा ३ सय सैय्याको सरुवा अस्पताल र प्रदेशमा १ सय सैय्याको अस्पताल प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रमका लागि प्रस्ताव गरेका १९ वटा नयाँ कार्यक्रमहरु १ )महामारी तथा स्वास्थ्य विपतका लागि १ अर्बको कोष स्थापना गर्ने २ ) संघमा ३ सय सैय्याको अस्पताल र प्रदेशमा १ सय सैय्याको अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग…

राष्ट्रिय चिकित्सक संघ लुम्बिनी र मुख्यमंत्री पोखरेलबिच छलफल

स्वास्थ्यसमाचार/ नेपाल राष्ट्रिय चिकित्सक लुम्बिनी शाखा को प्रतिनिधि मन्डलले प्रदेश ५का मुख्य मन्त्री शंकर पोखरेल संग भेटघाट गरि कोरोना माहामारी व्यवस्थापन, आगामी गुरुयोजना, संगठन विस्तार, प्रदेश स्वास्थ्य निती निर्माण तथा विविध विषयहरुमा छलफल र गरेको छ । नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाका निवर्तमान अध्यक्ष डा. सन्तोष पोखरेल, महासचिव डा. सागर न्यौपाने, केन्द्रिय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुली को प्रतिनिधिमण्डलले ले भेटी छलफल गरेको हो । नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार डा. सन्तोष पोखरेलले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसङ्ग पनि संस्थागत सम्पर्क, सम्वाद…

प्रदेश ५ सरकारले कोरोना बिशेष अस्पतालमा बेड थप्ने निर्णय

स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारले कोरोना बिशेष अस्पतालहरुमा ४ सय बेड थप्ने निर्णय गरेको छ। आज बसेको प्रदेश५ सरकारको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। बुटबलको धागोकारखनानमा रहेको अस्पताललाई २ सय बनाउने भैरहवाको भिम अस्पताललाई१ सय वेडको बनाउने त्यस्तैे नेपालगञ्जमा र वाँकेमा १ सय बेड को आईसोलेशन बेड वनाउने भएको छ । प्रदेशमा कोरोनाका बिरामीको संख्या बढेपछि कोरोना विशेष अस्पतालको क्षमता बढाउने निर्णय प्रदेश सरकारले गरेका हो। बैठकले बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने निर्णय समेत गरेको छ। विरामीको…

सरकारले सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए । उनका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ । यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड–१९ परीक्षण गर्ने भएको छ । उनले उनीहरु बन्दाबन्दी लकडाउनको समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्ने बताए । उनीहरुको परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ । केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण…

नारायणी अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण

स्वास्थ्यसमाचार/ वीरगञ्जस्थित नाराणी अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।कोरोना संक्रमितहरुको उपचारमा खटिएकी नर्समा संक्रमण देखा परेको हो । अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार ३६ वर्षीय नर्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि गरे । उनले संक्रमण देखिएको नर्सको अवस्था सामान्य भएको बताए । संक्रमित नर्समा हालसम्म कुनै पनि लक्षण पनि देखिएको छैन। बुधबार बेलुका सार्वजनिक रिपोर्टमा पर्सा निवासी ३६ बर्षिया महिलामा पनि संक्रमण देखिएको भनिएको थियो । तिनै व्यक्ति नर्स हुन् ।यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना संक्रमण देखिएको थियो ।

लुम्बिनी सिटिअस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना बिमा

स्वास्थ्यसमाचार / विश्ववभर फैलीएको कोरोना  को महामारी र यसको बिषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका सम्पुर्ण कर्मचारीहरको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साहीत र उच्च मनोवलका साथ काम गर्ने हौसला प्रदान गर्न कोरोना बिमा गरिएको छ । अस्पतालमा कर्यरत सम्पुर्ण डाक्टर, स्वास्थ्यकर्मी , सरसफाइकर्मी ,सुरक्षा गार्ड, वार्ड वाय तथा प्रशासनीक कर्मचारीहरको COVID 19 Insurance कोराना रोग बीमा बुटवल स्थीत शाखा कार्यालय रहेको प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लिमिटेड सँग सहकार्य गरी अन्तरास्ट्रिय नर्सिङ दिवशको अवसर पारी बिमा कार्यक्रम गरिएको अस्पतालले  छ ।

बिरामीको चापसंगै बुटवलको कोरोना अस्पताल २ सय बेड वनाउने

स्वास्थ्यसमाचार /बुटवलमा रहेको कोरोना बिशेष अस्पतालमा २ सय सैया थपिने भएको छ । प्रदेश सरकारले बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पताललाई थप बिस्तार गर्ने भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको उक्त अस्पताललाई बिस्तार गरेर २ सय सैया थप्ने निर्णय गरिएको अस्पताल बिकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराइले वताए । उक्त अस्पतालमा हाल ३६ सामान्य सैया र ८ सैयाको आइसियु मात्र रहेको छ । रुपन्देही र कपिलबस्तुमा कोरोना संक्रमितहरु बढदै जादा कोरोना संक्रमित बिरामीको चाप लाइ मध्यनजर गर्दै अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री…

रुपन्देहीका पहिलो कोरोना संक्रमित निको भई डिस्चार्ज

स्वास्थ्यसमाचार /रुपन्देहीमा पहिलो कोरोना संक्रमित युवालाई डिस्चार्जको भएका छन दुईपटक शुक्रवार र सोमबारको रिर्पोट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । उनलाई कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनी गएको वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले उनलाई २ पटक सम्म टेष्ट गर्दा नेगेटिभ आएकोले डिस्र्चाज गरिएको बताए । ती युवा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्ष युवा हुन । उनलाई कोरोनाको कुनै लक्षण देखिएको…

कपिलवस्तुमा एक जना स्वास्थ्यकर्मीमा देखियो कोरोना

स्वास्थ्यसमाचार /कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कपिलबस्तु नगरपालिका वडा नं १ को २५ बर्षीय यूवती संक्रमित भनिएको छ । ति यूवती स्वास्थ्यकर्मी भएको र उनि कपिलवस्तुअस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइएको छ ।आज कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार उनिहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने भएको छ । ।

रामेछापका स्वास्थ्यकर्मीलाई वान हार्ट वल्र्ड द्धारा सुरक्षा सामाग्री

स्वास्थ्यसमाचार /कोरोना संक्रमण विरुद्ध अग्रभागमा खटिने रामेछापका स्वास्थ्यकर्मीका लागिवान हार्ट वल्र्ड वाईड नामक अन्तराष्टि गैर सरकारी संस्था द्धारा १० लाख बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री प्रदान गरेको छ । विश्व स्वास्थ्य संगठन बाट प्रयोग गर्न उचित ठहरिएकाव्यक्तिगत सुरक्षा सामाग्रीतथा स्वास्थ्य संस्थामाप्रयोगहुने उपकरण चार वटा छुट्टाछुटै प्याकेज निर्धारण गरि प्रदान गरेको हो । थर्मल गन, N95 Mask लगायतका अन्यआवश्यक सामाग्री रहेको छ । रामेछाप जिल्लाको ८ वटा स्थानियतह अन्तर्गतका हरेक वर्थिङ्ग -न नवर्थिङ्ग सेन्टर एवम १–१ वटा क्वारेन्टाइन केन्द्र साथ साथै जिल्ला अस्पतालमा गरि ४ वटा प्याकेजमा सामाग्री सहयोग गरेको रामेछाप…