प्रदेश ५ को भेरी अस्पताललाई ५ सय शैय्यामा स्तरवृद्धि गर्ने

पाँच वटा अस्पताल ५ सय शैय्याका, कान्तिलाई बाल रोग अध्ययन केन्द्र बनाइने

स्वास्थ्यसमाचार/सरकारले यस वर्षका देशका पाँच वटा अस्पताललाई ५ सय शैय्याका स्तरवृद्धि गर्ने भएको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशका ५ अस्पताललाई ५ सय शैय्याका बनाइने जानकारी दिएकी हुन् ।

सरकारले प्रदेश नंं. १ को मोरङमा रहेको कोशी अस्पताल, प्रदेश २ को पर्सामा रहेको नारायणी अस्पताल, बाग्मती प्रदेशको चितवनमा रहेको भरतपुर अस्पताल, ५ नम्बर प्रदेशमा बाँकेमा रहेको भेरी अस्पताललाई ५ सय शैय्यामा स्तरवृद्धि गर्न भएको छ ।

यस्तै, सुदूरपश्चिमको डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताललाई पनि ५ सय शैय्याको बनाइने छ । सरकारले मुलुककै ठूलो बाल अस्पताल कान्ति वाल अस्पताललाई बाल रोगको अध्ययन केन्द्रको ?पमा विकास गर्ने योजना अगाडि सारेको छ ।

त्यसैगरी, थापाथलीस्थित परोपकार प्रसुती गृहलाई स्तरवृद्धि गर्ने भएको छ । केन्द्रमा ३ सय शैय्या र प्रदेशमा कम्तिमा ५० शैय्याको अत्याधुनिक प्रयोगशालासहित स?वा रोग नियन्त्रण अस्पताल स्थापना गर्ने भएको छ ।

सम्बन्धित शिर्षक :