स्वास्थ्यमा १९ नयाँ कार्यक्रम :आकस्मिक सेवा निःशुल्क घरघरमै स्वास्थ्य जाँच

नयाँ कार्यक्रमको लागी २८ अर्ब ३१ करोड खर्चको प्रस्ताव

स्वास्थ्यसमाचार/ सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने १९ वटा कार्यक्रम प्रस्ताव गरेको छ ।मन्त्रालयले ती कार्यक्रम सन्चालन गर्नका लागि २८ अर्ब ३१ करोड खर्चको प्रस्ताव गरेको छ ।

नियमित कार्यक्रमसँगै मन्त्रालयले संघमा ३ सय सैय्याको सरुवा अस्पताल र प्रदेशमा १ सय सैय्याको अस्पताल प्रस्ताव गरेको छ ।

स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रमका लागि प्रस्ताव गरेका १९ वटा नयाँ कार्यक्रमहरु

१ )महामारी तथा स्वास्थ्य विपतका लागि १ अर्बको कोष स्थापना गर्ने

२ ) संघमा ३ सय सैय्याको अस्पताल र प्रदेशमा १ सय सैय्याको अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग अस्पताल बनाउने ८ अर्ब १५ करोड खर्च गर्ने

३ ) विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा हेल्थ डेक्स राख्न ३० करोड

४ ) एक लाखभन्दा बढी नेपाली कामदार भएको मुलुकमा स्वास्थ्य सहचारी राख्ने ५ करोड

५ ) राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल र प्रादेशिक रोग नियन्त्रण केन्द्र स्थापना गर्न पूर्वाधारका लागि ५ करोड

६ ) स्वास्थ्य सेवा संगठनको पुनर्सरचना गर्ने १२ लाख

७ ) खाद्य तथा औषधी व्यवस्थापन नेपाल गठन गर्न भौतिक पूर्वाधारका लागि ५ करोड

८ ) स्वास्थ्यका विभिन्न ऐन, गठन आदेश र प्रतिष्ठानका ऐनहरुलाई मिलाएर छाता ऐन बनाउन २० लाख

९ ) प्रत्येक वडामा स्वास्थ्य संस्थालाई निरन्तरता दिन ७ अर्ब

१० ) एक मेडिकल कलेजले एक जिल्लामा शल्यक्रियासहितको सेवा दिन १० करोड

११ )दुर्गमको एक स्थानीय तह एक एमबीबीएस विद्यार्थी उत्पादनका लागि १० करोड ५० लाख

१२ ) संघअन्तर्गतका अस्पताल र केन्द्रहरुमा आकस्मिक सेवा निःशुल्कका लागि १४ करोड

१३ ) राजमार्गको एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गर्न १० करोड

१४ )एक स्थानीय तह, एक एम्बुलेन्सका लागि १० करोड

१५ ) तोकिएका कडा रोगका बिरामीको निःशुल्क स्वास्थ्य विमाका लागि ३ करोड थप्ने

१६ ) ४० वर्ष माथिका हरेक नागरिकको ६ महिनामा एक पटक ग्लुकोज र अलबुमिन निःशुल्क जाँच गर्ने

१७ ) विद्यालय स्वास्थ्य कार्यक्रममा शारीरिक व्यायाम र योगअभ्यास अनिवार्य गर्न ३ करोड

१८ )एक चिकित्सक, एक स्वास्थ्य संस्था ९ अर्ब

१९ ) स्थानीय स्वास्थ्य संस्थाबाट ७० वर्ष माथिकालाई घरमै गएर स्वास्थ्य सेवा प्रदान २ करोड ५० लाख

सम्बन्धित शिर्षक :