प्रदेश ५ सरकारले कोरोना बिशेष अस्पतालमा बेड थप्ने निर्णय

बुटबलमा २ सय भैरहवामा १ सय नेपालगञ्ज र वाकेमा १ १ सय वनाउने

स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारले कोरोना बिशेष अस्पतालहरुमा ४ सय बेड थप्ने निर्णय गरेको छ। आज बसेको प्रदेश५ सरकारको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो।

बुटबलको धागोकारखनानमा रहेको अस्पताललाई २ सय बनाउने भैरहवाको भिम अस्पताललाई१ सय वेडको बनाउने त्यस्तैे नेपालगञ्जमा र वाँकेमा १ सय बेड को आईसोलेशन बेड वनाउने भएको छ ।

प्रदेशमा कोरोनाका बिरामीको संख्या बढेपछि कोरोना विशेष अस्पतालको क्षमता बढाउने निर्णय प्रदेश सरकारले गरेका हो।
बैठकले बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने निर्णय समेत गरेको छ।

विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने र त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने समेत पनि निर्णय गरिएको छ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले वताए।

प्रदेश ५ मा रहेका ४ वटा कोरोना बिशेष अस्पतालमा १८४ बेड रहेको र त्यहाँ २६ वटा आइसियू रहेको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै प्रदेश ५ सरकारले किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुनेछ ।

स्वास्थ्यसमन्धी निणर्यहरु-

१) प्रदेश स्वास्थ्य नीति—२०७७ स्विकृत

२ ) स्वास्थ्य नियमावली स्विकृत

३) नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्दे्शिका तयार गरी कार्यान्वयन गर्ने ।

४) कोरोना विशेष अस्पतालको क्षमता बढाउने । बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने । बुटवलमा २ सय बेड थप्ने भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने ।

५) बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने ।

६) विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने । त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने ।

सम्बन्धित शिर्षक :