नेपालमै पहिलो पटक शिक्षकमा देखीयो कोरोना संक्रमण

स्वास्थ्यसमाचार / रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा उपचाररत एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मीको मदाने गाउंपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि मणिग्राम स्थीत क्रिमसन अस्पतालमा भर्ना भएका थिए । उनको भेन्टीलेटरको सहयतामा उपचार भई रहेको छ ।उनि अहिलेपनि सोहि अस्पतालको आईसियूमा भर्ना भई उपचार गराईरहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले वताए । ४१ वर्षिय उनि सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहि गएको नभएपनि लक्षण हेर्दा कोरोनासंग मिल्दो पाईएपछि अस्पतालबाटै जेठ…

नेपालगञ्जमा थप ४७ जनामा कोरोना पुष्टि प्रदेश ५मा १५९ पुग्यो

स्वास्थ्यसमाचार /बाँकेको नरैनापुर गाउँपालिकाका रहेको क्वारेन्टिन थप ४७ जना र गुल्मीमा १ जना   गरि ४८  कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ। भेरी अस्पतालस्थित प्रयोगशालामा ३३७ जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जेठ ४ गते आईतबार सोही क्वारेन्टिनमा रहेका एक युवाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा बिकास देबकोटाले पुरुष ४६ र महिला १ जना गरि ४७ जना पुगेको डा देबकोटाले बताए । १८ बर्ष देखी ४० वर्षका रहेको डा देबकोटाले बताए क्वारेन्टिनमा रहेका २५७ जनाको स्वावसंकलन गरि परिक्षण गर्दा ४७ जनामा कोरोना पोजेटीभ…

क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित गर्ने प्रदेश ५ सरकारको निर्णय

स्वास्थ्यसमाचार/ विश्वमा फैलिएको कोभिड १९ को जोखिम कम गर्नका लागि प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा जेठ ४ गते प्रादेशिक कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेको सम्पन्न भएको छ । बैठकले माहामारीको रुपमा फैलिएको जोखिमलाई कम गर्नका लागि निम्न निर्णयहरु समेत गरेको छ । जसमा प्रदेश अन्तर्गत विभिन्न जिल्ला र स्थानीय तहहरुमा निर्माण गरिएको र निर्माण गरिने क्वारेन्टाइन र आइसोलेसन सेण्टरलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्न निम्न बमोजिमको थप निर्देशन सबै सरोकारवाला समक्ष कार्यान्वयनका लागि पठाउने। त्यसै गरी मित्रराष्ट्र भारतबाट नेपाल आउने व्यक्ति बढदै गएको सन्दर्भमा हालसम्म…

बाँकेको नरैनापुर क्वारेन्टिन मृत्यु भएका युबकमा कोरोना पोजेटिभ

स्वास्थ्यसमाचार/ बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश ५ का स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताए।योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो। आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो। नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८…

जुम्ल्याहाले बनाएको गो कोरोना रोबोट मन्त्री लाई हस्तान्तरण

स्वास्थ्यसमाचार/रोबोटको अनुसन्धान र निर्माण गर्दे आएका बुटवलका जुम्लीहा दाजुभाई लव र कुश पन्थीले निर्माण गरेको गो कोरोना रोवोट सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । आईसोलेशन अस्पतालमा भर्ना भएका कोभिड १९ का संक्रमित विरामीहरुको हेरचाह गर्ने उदेश्यले निर्माण गरेको उक्त रोवोर्ट लवकुस पन्थीले सामाजिक विकास मन्त्री सुदर्शन वराललाई शनिवार हस्तान्तरण गरे । सफ्वेयर र एप वाहेक रोवोट निर्माणको लागि झण्डै ७० हजार रुपैया खर्च भएको कुश पन्थीले वताए । कोरोना भाइसरको संक्रमणको महामारी शुरु भएपछि अस्पतालमा नर्सको काम रोवोटले गर्न सक्छ भन्ने सोचले रोवोट वनाएको लव पन्थीले वताए । सामाजिक…

कोरोना पोजेटिभ देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । धुलिखेल अस्पतामा रहेकी २९ वर्षीया कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा शुक्रवार मृत्यु भएको अस्पतालले जनाएको छ । सिन्धुपाल्चोक स्थायी ठेगाना भएकी ती महिला १० दिनकी सुत्केरी थिइन् । काठमाडौं शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केपछि बिरामी भएर तीनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी पश्चातपनि उनको रगत बग्ने समस्या,श्वासप्रश्वासमा समस्या, एक्स रे गर्दा छातीमा निमोनिया देखिएको अस्पताल स्रोतले बताएको छ । कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा उनको थ्रोट स्वाबको परीक्षण गरिएको र आजमात्रै पीसीआरमा उनको…

कपिलवस्तुमा थप तीनमा कोरोना संक्रमित प्रदेश ५मा १०९ पुग्यो

स्वास्थ्यसमाचार/ कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । जिल्लाको शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।प्रदेश ५मा कोरोना संक्रमितको संख्या १सय ९ पुग्यो ।

बुटवलमा क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले यहाँका क्वारेन्टाइनमा रहेकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै योगा अभ्यास सिकाउन थालेको छ । बुटवल–१२, तामनगरमा रहेको बुटवल कोरोना बिशेष क्वारेन्टाइनमा योगा सिकाउन थालिएको हो । क्वारेन्टाइनमा रहेकाहरुको रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडिबुटीको यथोचित प्रयोगका साथै योगा सिकाउन थालिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले वताए । क्वारेन्टाइनमा राखिएकाहरुलाई तनावबाट मुक्त पार्न र शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा योगा सिकाउन थालिएको प्रमुख सुवेदीले वताए । ‘जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य…

प्रदेश ५ को भेरी अस्पताललाई ५ सय शैय्यामा स्तरवृद्धि गर्ने

स्वास्थ्यसमाचार/सरकारले यस वर्षका देशका पाँच वटा अस्पताललाई ५ सय शैय्याका स्तरवृद्धि गर्ने भएको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशका ५ अस्पताललाई ५ सय शैय्याका बनाइने जानकारी दिएकी हुन् । सरकारले प्रदेश नंं. १ को मोरङमा रहेको कोशी अस्पताल, प्रदेश २ को पर्सामा रहेको नारायणी अस्पताल, बाग्मती प्रदेशको चितवनमा रहेको भरतपुर अस्पताल, ५ नम्बर प्रदेशमा बाँकेमा रहेको भेरी अस्पताललाई ५ सय शैय्यामा स्तरवृद्धि गर्न भएको छ । यस्तै, सुदूरपश्चिमको डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताललाई पनि ५ सय शैय्याको बनाइने छ । सरकारले…

कोरोनाभाइरस भ्याक्सिनः अक्सफोर्ड युनिभर्सिटीले पायो ठूलो सफलता

बीबीसी/अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक्षण गरेको र यसले काम गरिरहेको निष्कर्ष निकाले ।   अब यो भ्याक्सिनको ट्रायल मानिसमाथि चलिरहेको बताइएको छ । साथै केही अन्य वैज्ञानिकमार्फत् भविष्यमा यसको रिभ्यू गरिने पनि जानकारी दिइएको छ । बेलायतको औषधी निर्माता AZN.L ले अघिल्लो महिना आफूले अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका अनुसन्धानकर्तासँग मिलेर कोरोनाभाइरसको भ्याक्सिनमाथि काम सुरु गरेको जानकारी दिएको थियो । बाँदरमा ट्रायलः अनुसन्धानकर्ताले आफ्नो रिपोर्टमा…