बिरामीको चापसंगै बुटवलको कोरोना अस्पताल २ सय बेड वनाउने

कोरोना अस्थायी अस्पतालमा रुपन्देही र कपिलबस्तुका २८ जना संक्रमित उपचाररत

स्वास्थ्यसमाचार /बुटवलमा रहेको कोरोना बिशेष अस्पतालमा २ सय सैया थपिने भएको छ । प्रदेश सरकारले बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पताललाई थप बिस्तार गर्ने भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको उक्त अस्पताललाई बिस्तार गरेर २ सय सैया थप्ने निर्णय गरिएको अस्पताल बिकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराइले वताए ।

उक्त अस्पतालमा हाल ३६ सामान्य सैया र ८ सैयाको आइसियु मात्र रहेको छ । रुपन्देही र कपिलबस्तुमा कोरोना संक्रमितहरु बढदै जादा कोरोना संक्रमित बिरामीको चाप लाइ मध्यनजर गर्दै अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले २ सय सैया थप गर्ने निर्णय गरेको हो ।

पछिल्ला तीन दिनमा रुपन्देही र कपिलबस्तुमा संक्रमित पुष्टि हुनेक्रम बढेपछि उनिहरुको उपचारका लागि अस्पताललाई बिस्तार गर्न थालिएको हो ।अहिले बुटवलको कोरोना अस्थायी अस्पतालमा रुपन्देही र कपिलबस्तुका २८ जना संक्रमित उपचाररत छन् ।

भैरहवामा भीम अस्पतालमा कोरोना संक्रमण देखिएका बिरामीलाई राख्न २२ वटा आइसोलेसन बेड रहेको छ । थप ५ वटा आइसीयु छ ।लुम्विनीमा फेला परेका ९ जना संक्रमितलाई भिम अस्पतालमा उपचार थालिएको छ ।

बुटवलको कोरोना अस्थायी अस्पतालमामा उपचाररत कोटहिमाईका एक युवा निको भएर घरर्फर्केका छन ।

सम्बन्धित शिर्षक :