लायन्स क्लव सनसाईनद्धारा लुम्बिनीअस्पताललाई स्वास्थ्य सामाग्री

स्वास्थ्यसमाचार/ लायन्स क्लव अफ बुटबल सनसाईन सहित पाचबटा लायन्स कल्वले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन। क्लवले आज लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनाललाई स्वास्थ्य सामाग्री हस्तान्तण गरेका छन । लायन्स क्लव अफ बुटबल सनसाईनका कार्यक्रम कोडिनेटर लक्ष्मी ज्ञाबली खनालको नेतृत्वमा आएको टोलीले अस्पताललाई ३ हजार पिस ग्लवस एन ९५ मास्क ३० पिस सेनेटाईजर १५ लिटर र १सय पिस र्सजीकल माक्स हस्तान्तण गरेका हुन । सामाग्री हस्तान्तण कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले कोरोनामहामारीको बेला सबैको सहयोग आबश्य रहेको वताए । आफनो ज्यान जोखीम…

सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सांसद पाण्डेयद्धारा ४० थान पीपीई

स्वास्थ्यसमाचार /रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले सुरक्षाकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेका छन् । कोरोना भाइरस विरुद्ध अग्रपंक्ति (फ्रन्टलाइन)मा रहेर काम गरिरहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई सांसद पाण्डेयले ४० थान पीपीई उपलब्ध गराएका हुन् । उनले सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गणका हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेललाई २० थान र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेम कुमार थापालाई २० थान पीपीई हस्तान्तरण गरेका हुन् । पीपीई हस्तान्तरण गर्दै प्रदेशसभा सांसद पाण्डेयले सुरक्षा निकायको…

स्वास्थ्य सेवामा खटिएकासबै लाई जोखिम भत्ता :स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जोखिमका बेला खटिएका कुनैपनि स्वाथ्यकर्मीलाई विभेद नगरिने वताए ।मन्त्रालयमा ज्ञापन पत्र बुझाउन गएको स्वास्थ्यकर्मीको टोलीलाई सम्बोधन गर्दै मन्त्री ढकालले विपदमा खटिने सबै स्वाथ्यकर्मीको सरकारले उचित मूल्यांकन गर्ने वताए । ’विपदमा फिल्डमा खटिने तपाईहरु सबैको उचित मूलांकन हुन्छ ढुक्क भएर काम गर्नुहोस मन्त्री ढकालले भने । सरकारले जारी गरेको जोखिम भत्ता निर्देशिकामा आफूहरुलाई विभेद भएको भन्दै स्वास्थ्यकर्मीहरु ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका थिए । यसअघि स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा विभाग पुगी महानिर्देशक समक्ष पनि ज्ञापन पत्र बुझाएको थियो । विभागका महेन्द्रप्रसाद श्रेष्ठले पनि जोखिमका…

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २४ ,नेपालमा १०२ पुग्यो

स्वास्थ्यसमाचार/नेपालगञ्जमा थप एक जनालाई कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । १६ वर्षका पुरुषलाई संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ । नेपालगञ्जमा मात्रै २४ जनामा कोरोना संक्रमण देखिएको छ भने नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा।विकास देवकोटाले भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । शुक्रबार विराटनगरबाट ६ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट घर गएका छन् । यो सँगै निको भएर घर जानेको संख्या ३० पुगेको छ ।

प्रदेश ५मा कोरोना संक्रमितको संख्या २६, नेपालमा १०१ पुग्यो

स्वास्थ्यसमाचार/ प्रदेश नं ५को कपिलवस्तुमा दुईमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुका १६ र २२ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएको छ । यो संगै प्रदेश ५मा २६ जनामा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ । छत्रपाली तिर्था देवि मा वि पकडीको क्वारेन्टाईमा रहेका थिए । उनीहरु दुबै जना भारतको मुम्बईबाट आएका थिए । उनिहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जनाकारी दिए…

क्वारेन्टाइनमा योग प्रशिक्षण गराउदैै :लुम्बिनी आयुर्वेद चिकित्सालय

स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयले रुपन्देहीका ४ वटा स्थानिय तहका क्वारेन्टाइनमा रहेकाहरुलाई योग प्रशिक्षण दिएको छ । प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको निर्देशिका अनुसार क्वारेन्टाइनमा रहेकालाई रोगबाट लडन सक्ने क्षमताको विकास गर्ने मुख्य उद्देश्यका साथ प्रशिक्षण गरिएको हो। लुम्बिनी आयुर्वेद चिकित्साललका वरिष्ठ कविराज गणेश सापकोटाले रुपन्देहीका ४ वटा पालिकाका क्वारेन्टाइनमा रहेकामानिसहरु रोगबाट लडन सक्ने क्षमताको विकास गर्ने मुख्य उद्देश्यका साथ प्रशिक्षण गरिएको वताए । उनले क्वारेन्टाइनमा रहेका वा बाहिर रहेका सबैको दिनचर्या, सरसफाईका उपायहरु, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपाय, समान्य लक्षणको उपचार, अनिद्रा आएमा केगर्ने लगायतका विषयमा…

दुई महिने शिशु पनि कोरोना संक्रमित नेपालमा संक्रमितको संख्या ९९

स्वास्थ्यसमाचार/नेपालमा थप १७ जना कोरोना भाइरस का संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरू आइतबार भेटिएका वीरगञ्ज महानगरपालिका९३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषका परिवारका सदस्यहरू हुन् । थपिएका संक्रामितहरूलाई उपचारका लागि नारायणी अस्पताल ल्याउने तयारी छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

प्रदेश ५सरकार :कोरोना उपचारको लागी सेना र प्रहरीको अस्पताल प्रयोग गर्ने तयारीमा

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले १२ वटा निणर्य अनुसार आवश्यकताका आधारमा नेपाली सेना र नेपाल प्रहरीको अस्पताललाई प्रयोग गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको उपचारका लागि अस्पतालमा क्षमता विस्तार गर्नुपर्ने देखिएकोले बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशमा कोरोना भाइरसको संक्रमणको अबस्था हेरी क्षमता बिस्ताका साथै थप आइसोलेसन अस्पतालहरुको योजना सामाजिक विकास मन्त्रालयले तयार गर्ने जिम्ेबारी समेत सामाजिक बिकास मन्त्रालयलाई दिईएको छ । बैठकले प्रदेशमा खासगरी…

स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलन गर्न सरकारको आह्वान

स्वास्थ्यसमाचार/कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ। सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गरेका हुन्।’ यसअघि प्रधानमन्त्री ओलीले देशवासीलाई वैशाख १ गते बिहान राष्ट्रिय गान गाउन आग्रह गरेका थिए। २५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा…

कोरोना निको भएकामा पुन संक्रमण: आइसोलेसनमा राखेर उपचार

स्वास्थ्यसमाचार/ कोरोना भाइरस निको भएर फर्किएका ३ जनामा पुनः कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार कोरोना निको भएर डिस्चार्ज भएका तीनै जनामा एक हप्तापछि फ्लोअप परीक्षण गर्दा पुनकोरोना पोजेटिभ देखिएको हो । निको भएर पाटनबाट फर्केका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट बस्ने ५८ वर्षीय पुरुष र वीरगन्जस्थित नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका एक १९ वर्षीय युवक र वीरगन्जमा जमाती आएका एक भारतीय नागरिकको शुक्रबार पुनः कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु सबै नियमित प्रक्रियामा एक हप्तापछि अस्पतालमा फ्लोअपका लागि पुगेका हुन् । ‘उनीहरुमा कुनै लक्षण…