राष्ट्रिय चिकित्सक संघ लुम्बिनी र मुख्यमंत्री पोखरेलबिच छलफल

कोरोना माहामारी व्यवस्थापन, गुरुयोजना, , प्रदेश स्वास्थ्य निती निर्माण विषयमा छलफल

स्वास्थ्यसमाचार/ नेपाल राष्ट्रिय चिकित्सक लुम्बिनी शाखा को प्रतिनिधि मन्डलले प्रदेश ५का मुख्य मन्त्री शंकर पोखरेल संग भेटघाट गरि कोरोना माहामारी व्यवस्थापन, आगामी गुरुयोजना, संगठन विस्तार, प्रदेश स्वास्थ्य निती निर्माण तथा विविध विषयहरुमा छलफल र गरेको छ ।

नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाका निवर्तमान अध्यक्ष डा. सन्तोष पोखरेल, महासचिव डा. सागर न्यौपाने, केन्द्रिय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुली को प्रतिनिधिमण्डलले ले भेटी छलफल गरेको हो ।

नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार डा. सन्तोष पोखरेलले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसङ्ग पनि संस्थागत सम्पर्क, सम्वाद र कायम रहेको सन्दर्भमा स्वास्थ्य सेवा र बिस्तारमा प्रदेश सरकार मन्त्रीपरिषदको विशेष ध्यान दिनुपर्ने बताए।

त्यस्तै कोभिड(१९ को बढ्दो संक्रमणको नियन्त्रणका निम्ति नितिगत व्यवस्थापनका सन्दर्भमा केन्द्रिय सदस्य डा. सम्राट पराजुलीले नेपाल भारत सिमा नजिकै क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन क्षेत्रहरुको व्यापक पुनब्यबस्थापन, चिकित्सकहरुको व्यापक परिक्षण वारे मुख्यमन्त्री लाई जानकारी गराएका थिए ।

निर्माणको पृष्ठभुमि, इतिहास र विविध सामाजिक गतिविधि केलाउदै डा. प्रशान्त आचार्यले यसलाई आगामी दिनमा प्रदेश सरकारले उपयोगी संस्थाको रुपमा हेरिदिन सुझाव दिए ।

नेपाल राष्ट्रिय चिकित्सक का महासचिव डा. सागर न्यौपानेले केन्द्रिय कमिटीले केन्द्रिय सरकारको स्वास्थ्य मन्त्रालयसङ्ग निकै सुमधुर सम्बन्ध कायम गर्दै सरकारलाई उपयुक्त सुझाव दिइरहेको जानकारी मुख्यमन्त्री पोखरेललाई दिए र प्रादेशिक स्वास्थ्य सरचनामा पनि लुम्बिनी शाखाका सुझाव र अध्ययनलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरे ।

मुख्यमन्त्री शंकर पोखरेलले नेपाल राष्ट्रिय चिकित्सक लुम्बिनी शाखाले प्रदेश सरकारसङ्ग निरन्तर सम्पर्क र सहयोग गर्ने सोच लिएकोमा स्वागत र शुभकामना दिए ।

उनले संस्थाले उठाएका सबै विषयलाई आफू र आफ्नो मन्त्रीपरिषद्ले गम्भीरता र सकारात्मक रुपमा दिएको र क्वारेन्टिन विशेष कार्यदिशा तयार गर्न नेपाल राष्ट्रिय चिकित्सक शाखालाइ निर्देशन दिए । कार्यव्यस्तताका बाबजुद बहुमुल्य समय दिनुभएकोमा लुम्बिनी मुख्यमन्त्री र वहाँको सचिवालय प्रती धन्यवाद व्यक्त गर्दछ।

राष्ट्रिय चिकित्सक  संघ नेपालका केन्द्रीय सदस्य डा. सम्राट पराजुली को नेतृत्व मा गएको टोलीले अन्य विकसित देशहरुले लिएको मोडालिटी बारे बताएको थियो।

राष्ट्रिय चिकित्सक संध नेपाल लुम्बिनी शाखाले केन्द्रीय सदस्य डा. प्रशान्त आचार्य को संयोजकमा कार्यदिशा तयार गर्न ३ सदस्य गठन गरेको लुम्बिनी शाखा महासचिव डा सागर न्योपनेले वताए ।राष्ट्रिय चिकित्सक संध नेपाल लुम्बिनी शाखा सुरक्षित पेशा खुशी चिकित्सक को मूलमंत्र सहित स्वास्थ क्षेत्रमा राम्रा काम गर्दै आईरहेको डा डा. सम्राट पराजुली वताए ।

सम्बन्धित शिर्षक :