नारायणी अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण

कोरोना संक्रमितहरुको उपचारमा खटिएक२ नर्समा संक्रमण

स्वास्थ्यसमाचार/ वीरगञ्जस्थित नाराणी अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।कोरोना संक्रमितहरुको उपचारमा खटिएकी नर्समा संक्रमण देखा परेको हो ।

अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार ३६ वर्षीय नर्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि गरे । उनले संक्रमण देखिएको नर्सको अवस्था सामान्य भएको बताए । संक्रमित नर्समा हालसम्म कुनै पनि लक्षण पनि देखिएको छैन।

बुधबार बेलुका सार्वजनिक रिपोर्टमा पर्सा निवासी ३६ बर्षिया महिलामा पनि संक्रमण देखिएको भनिएको थियो । तिनै व्यक्ति नर्स हुन् ।यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित शिर्षक :