जथाभावी फोहोर फाल्नेलाई सिद्धार्थनगरद्वारा जरिवाना

स्वास्थ्यसमाचार /रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले सार्वजनिक स्थानमा जथाभावि फोहोर फाल्नेलाई जरिवाना लगाएको छ । पटक पटक सुचना जारी गर्दा समेत अटेर गरी जथाभावि फोहोर फाल्न नछाडेपछि नगरपालिकाले जरिवाना पत्र काटेको हो ।

नगरका सडक पेटी एवं सार्वजनिक स्थानहरुमा जथाभावि फोहोर फाल्ने ६ ब्यबसायी फर्मलाई पहिलोपटक लाई पाँच हजारका दरले जरिवाना तोकिएको छ । नियमित सरसफाई एवंम फोहोर मैला घर घरमा पुगेर उठाउँदा पनि कतिपयले अटेर गरी सार्वजनिक स्थानमा फोहोर फाल्न नछाडे पछि बाध्य भएर जरिवाना काट्नु परेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।

‘नगर स्वच्छ, सफा, हराभरा र सुन्दर राख्ने दायित्व सबैको हो । हामीले सरसफाई गरिरहने र जथाभावि फोहोर पनि फालीनै रहने हो भने यो उदेश्य पुरा हुन सक्दैन । उनले भने‒त्यसकारण नगर राख्ने कार्यमा सबैले सहयोग गरौ ।’

नगरपालिकाले शुक्रवार वडा नं ५ का गणेश लक्ष्मी कलेक्सन, हरि ओम फुल घर, के.जी फ्रुट एण्ड मोटरेवल सप्लायर्स, आर.जे फ्रुट एण्ड सब्जी सप्लायर्स, वडा नं ६ को नव दुर्गा प्लाष्टिक सप्लायर्स र १२ को वेवि लेन्डलाई पहिलोपटक लाई पाँच हजार जरिवाना तोकेको हो ।

फोहोरमैला ब्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) को कसुर ठहर गरी सोही ऐनको ३९ (१) अनुसार जरिवाना तोकिएको र उक्त जरीवाना ३ दिन भित्र नबुझाए थप कार्वाही गरीने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

जथाभावी फोहोर फाल्नेहरू माथी नगरपालिकाले निगरानी बढाएको र त्यसरी जो कोहीले सार्वजनिक स्थानमा फोहोर फालेको पाईएको कार्वाही गरिने उनले बताए ।

सम्बन्धित शिर्षक :