स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा “संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम“ सम्पन्न भयोे ।
लुम्बिनी आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख गणेश प्रसाद सापकोटाको अध्यक्षता तथा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो।त्यस्तै लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा “स्वस्थकर जीवनशैली प्रवद्र्धनमा गृहिणीहरुका लागि भान्सा सुधार “ कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममाकार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष नवराज ढकालले संक्रामक तथा नसर्ने रोगहरूको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न जनचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमको महत्वमा जोड दिनुभयो। उहाँले आयुर्वेद चिकित्सालय र गाउँपालिकाको यो संयुक्त प्रयासले नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
चिकित्सालयका प्रमुख गणेश सापकोटाले चिकित्सालयले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कञ्चन गाउँपालिकाको समन्वय र सहकार्यप्रति आभार व्यक्त गर्दै आयुर्वेदको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गर्नुभयो।बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सकहरू डा. योगेश ढकाल, डा. सन्दिप कार्की र डा. दिपक आचार्यले संक्रामक तथा नसर्ने रोगहरू के हुन्, यिनीहरुको जोखिम कस्तो छ, यी रोगहरूबाट बच्न कस्तो जीवनशैली अपनाउनुपर्छ र यसका उपायहरू के–के हुन् भन्ने विषयमा विस्तृत रूपमा सहजीकरण गर्नुभयो।
चिकित्सकहरूले सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापन जस्ता स्वस्थ जीवनशैलीका पक्षहरूलाई विशेष जोड दिएका थिए। सहभागीहरूले पनि चिकित्सकहरूलाई विभिन्न जिज्ञासा राख्दै रोग रोकथाम र उपचारका विषयमा जानकारी लिएका थिए।
कार्यक्रममा स्वास्थ्य स्वयं सेविका, शिक्षक शिक्षिका, स्थानीय समाजसेवी, बुद्धिजीवी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य संक्रामक तथा नसर्ने रोगहरू बारे जनचेतना फैलाउनु र नागरिकहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको थियो। लुम्बिनी आयुर्वेद चिकित्सालय र कञ्चन गाउँपालिकाको यो संयुक्त पहलले समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिकया दिनुहोस्