“सैनामैनामा क्यान्सर रोग सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न”

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा रुपन्देही र सैनामैना नगर अस्पतालको आयोजनामा तथा सैनामैना नगरपालिका वडा नं. ४ को समन्वयमा क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

सैनामैना वडा नं. ४ मा आयोजित कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा रुपन्देहीका सभापति खिम बहादुर हमालको सभापतित्व सैनामैना नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले को प्रमुख आतिथ्यमा क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको लुम्बिनी प्रादेशिक अस्पतालका अंकोलोजी विभाग प्रमुख एवं स्तन क्यान्सर रोग विशेषज्ञ डा. सन्जय पाण्डेले क्यान्सर रोग सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्दै सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय सदस्य मधुसुदन गैरे, सैनामैना नगर अस्पताल प्रमुख जे. बी. सुनार, र सैनामैना उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

उक्त अवसरमा नगरपालिकाका जनप्रतिनिधि तेजनारायण सुबेदी, निर्मला बगाले, स्वास्थ्य अधिकृत दीपक पाण्डे, डा. अभिषेक खरेल, नर्मदा पाण्डे, सैनामैना जेसीज अध्यक्ष गोविन्द खरेल, बाबुराम बिक, गुणनिधि खनाल, तेजनारायण अर्याल, निरज खनाल, साथै टोल विकास समिति, आमा समूहका अध्यक्ष तथा पदाधिकारीहरू समेतको सक्रिय सहभागिता रहेको थियो।

७५ भन्दा बढी महिला तथा पुरुषहरूको सहभागितामा सम्पन्न कार्यक्रममा क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम, उपचारका उपाय तथा जनचेतनाको आवश्यकता सम्बन्धमा विस्तृत छलफल गरिएको थियो।

सम्बन्धित शिर्षक :