स्वास्थ्यमा सेवाको प्रभावकारितामा ध्यान दिन्छौं : मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता लागू भएपछि विकासको गतिले फड्को मारेको र यसलाई उपलब्धिको रूपमा लिनुपर्ने बताउनु भएको छ ।

रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था पाल्पाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्यतर्फ लुम्बिनीले भौतिक पूर्वाधार विकासमा प्रगति गरेको र अब सेवाको प्रभावकारिताका लागि ध्यान दिने उहाँले बताउनुभयो ।

अस्पतालहरू बनेका छन् । अब सेवालाई बढाउन जरुरी छ उहाँले भन्नुभयो सेवा प्रवाहलाई चुस्त बनाउने योजना प्रदेश सरकारसँग छ । महत्त्वपूर्ण र उपलब्धि देखिने योजनाहरूलाई बहुवर्षीय योजनामा समावेश गर्दै सरकार अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।

संघीयता लागू भएपछि के भयो र उपलब्धिहरूको चर्चा गर्न जरुरी छ । सडक कालोपत्रे गाउँ छिरेको २०७४ सालपछि हो । प्रदेश स्थापना भएदेखिका उपलब्धिलाई हेरौँ” उहाँले भन्नुभयो २०७४ सालअघि के थियो, त्यसपछि के भयो तुलना गरौँ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतमा भएका उपलब्धिलाई हेर्न जरुरी छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा शुद्ध खानेपानीको पहुँच सबै नागरिकसम्म पुर्याउने प्रतिबद्धता दोहोर्याउँदै ‘एक घर एक धारा’ अभियानकै कारण १५ लाख घरधुरीमा खानेपानीको धारा पुगेको जानकारी दिनुभयो । अधुरा रहेका खानेपानीका योजनाहरू पूरा गर्दै प्रदेशका सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने योजना रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै, मुख्यमन्त्री आचार्यले सामाजिक संघ संस्थामा राजनीतिक विचारको लडाइँ आवश्यक नरहेको स्पष्ट पार्नुभयो । ञसंघसंस्थामा कुनै जुंगाको लडाइँ लड्नु छैन । राजनीतिक गन्ध नआउनेगरी सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न जरुरी छझ उहाँले भन्नुभयो, जनताको निम्ति, सेवाको भावना भएका व्यक्तिलाई नेतृत्वमा पठाउन प्रेरित गर्न जरुरी छ ।

विकासका लागि एउटै पार्टी बन्न आवश्यक रहेको धारणा पनि उहाँले राख्नुभयो । विकासका निम्ति तपाईंहरू एउटै पार्टी बन्नुस् । कुनै पनि संघसंस्थामा पार्टीको विचार बोकेर, जुंगाको लडाइँ लडेर जानुपर्छ भन्ने छैन उहाँले भन्नुभयो, विकासको ठाउँमा तपाईंहरू एक ठाउँमा उभिन सक्नुपर्छ । जहाँ विकासको नाममा एक ठाउँमा उभिन सक्नु भएको छ, त्यहाँ विकासले फड्को मारेको छ ।

सम्बन्धित शिर्षक :