ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पिटलको आयोजनामा बुटवलमा पहिलो पटक यहि शनिवार प्रादेशिक रुपमा लुम्बिनी ग्याष्ट्रो सम्मेलन २०२५ हुँदै छ ।यो सम्मेलन आयोजना गर्नुको उदेश्य यसको तयारीको विषयमा ग्याष्ट्रो सेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक पेट, आन्द्रा , कलेजो तथा बष्ठि ग्याष्ट्रोलोजिष्टि डा. मोहन भुसाल संग स्वाथ्यसमाचारको लागि चन्द्रकान्त खनालले गरेको कुराकानी ।
रुपन्देहीमा पहिलो पटक प्रादेशिक रुपमा ग्यास्ट्रो सम्मेलन आयोजना हुँदै छ, यसको तयारी कहाँ पुग्यो ?
बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ नामक सम्मेलन गरेका हुन । तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेका टाईगर प्यालेस रिर्सोटमा यहि शनिवार विहान ११ बजे बाट सुरुवात हुँदै छ । जसमा प्रदेशका १०० जना भन्दा बढि चिकित्सकहरुको सहभागीता हुने छ ।
यो कार्यक्रमको उदेश्य के हो ?
नयाँ नयाँ रोग, उपचारहरू के के हुन, भन्ने उदेश्यका साथ हामीले सुरुवात गरेका छौ । पहिलो रुपमा हामी लिभर ट्रान्सप्लान्ट गर्न सकिन्छ भन्ने विषयमा मुख्य छलफल हुने छ । पहिलो पटक हामी भारतबाट आउनुभएका विशेषज्ञ चिकित्सकले यो विषयमा त्यहाँ भैरहेको अभ्यासको विषयमा यहाँ जानकारी गराउनुहुने छ ।
नेपालमा पनि कस्तो कस्तो प्रकारले काम भैरहेको छ, इन्डोस्कोपी विना अप्रेसन उपचार, पत्थरी निकाल्ने लगायतका विषयमा नेपालमा प्रविधि भित्रिएको भएपनि यसको विषयमा हामी व्यापक छलफल गर्ने छौ ।
यसको साथै प्याङ्याक्टाईटिस रोगको विषयमा हामी कसरी उपचार गर्ने विषयमा समेत हुने छ । यसको साथै सिनोसिको विषयमा पनि कलेजो के कारणले फुलिएको छ भन्ने विषयमा छलफल हुने छ । कलेजो रक्सीबाहेक अन्य कारणले पनि विग्रिएको छ, त्यसको विना अप्रेसन उपचार गरिने भन्ने कुरा छ हामी गर्ने छौ ।
यो कार्यक्रममा के को सहभागी हुँदै हुनुहुन्छ ?
कार्यक्रमका विशेषाताहरुमा पेट तथा कलेजो विषयसँग सम्बन्धित नेपाल तथा भारतका चिकित्सकहरुको सहभागिताले नयाँ प्रविधिको प्रयोगमा जानकारी, नयां ज्ञान र सीपको प्रदान प्रदानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरिएको छ ।
पेट तथा कलेजो रोगसँग सम्बिन्धत समस्याहरुको समाधानमा नयां पर्याधि तथा शातको प्रयोगसँगै त्यससँग आउने समस्याको समाधानको लागि राजधानी तथा बिदेश जानुपने बाध्यात्मक अवस्थाको कमि गर्न कार्यक्रम सहयोगी बन्ने छ भने अनावश्यक रुपमा हुने गरिने रिफर लगायत कम खर्चमा उपचार व्यवस्था गर्न महज वातावरणको निर्माण गर्न कार्यक्रम फलदायी हुने जनाइएको छ ।
चिकित्सकहरुको अनुभव, प्रविधिको प्रयोगबारे हुने जानकारी गराउने छ भने यस्ता कार्यक्रमले समयानुकुल बनाउने छ र चिकित्सकहरूमा थप अध्ययन गर्ने बानीको विकास हुने ।
कार्यक्रममा विभिन्न विषय बिज्ञ (चिकित्सक) हरुको कार्यपत्र प्रस्तुत गर्ने छन् । रिसेन्ट एड्भान्स ईन लिभर ट्रान्सप्लान्ट को बारेमा बिएलके म्याक्स हस्पटीलका डा. गोग्य मुहले कलेजोको प्रत्यारोपण तया यससँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । यस्तै बरिष्ठ ग्याप्ट्रोलोजिष्ट डाक्टर संदिपराज कुवँर पेटरोग हथा इन्डोस्कोपी उपचार विधि बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।
वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले जनावरबाट फोक्सो तथा अन्य अंगहरुमा मर्ने रोग सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । बरिष्ठ डाक्टर रेडियोलोजिष्ट शोभित सिहले कलेजो सम्बन्धि रोगको उपचारमा रेडियोलोजी सेवाको प्रयोग र मेवाका बारेमा कार्यपत्र प्रस्तुतिकरण गर्ने छन् ।
डा. पुकार थापाले औषधी तथा एएएम ले कलेजोमा गर्ने अमर र यसको नविनतम उपचार प्रविधिको बारेमा प्रस्तुतिकरण गर्ने कार्यक्रम तय गरिएको छ भने कार्यक्रम संयोजक समेत रहेका पेट, आन्द्रा, कलेजो तथा बरिष्ठ ग्याष्ट्रोलोजिष्ट डाक्टर मोहन भुसालले जण्डिसका कारण हुने अल्पकालिन र दिर्घकालिन समस्या तथा बेहोसीपन बारेमा कार्यपत्र प्रस्तुतीकरण गर्ने वताए । ।
बरिष्ठ ग्याष्ट्रोलोजिष्ट डाक्टर रविन हमालले एक्यूट प्याडक्रियाटाइटिस र यसको समाधान पार विस्तृत कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यक्रममा नेपाल लगायत भारतका ख्याति प्राप्त पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञलगायत विज्ञ चिकित्सकहरुको सहभागिता रहने छ ।
नयाँ टेक्नोलोजीको कुरा के केमा ध्यान दिनुहुने छ ?
यस कार्यक्रममा चिकित्सकहरूसँगै कार्यक्रममा सहभागि हुन आउने सहभागीहरुले हाल विश्वमा प्रचलनमा रहेको उपचार प्रणाली, नविनतम सीप र ज्ञानको आदान प्रदान गर्न र बुझ्न पाउने छन् । साथै यस क्षेत्रका रहेका र कार्यक्रममा सहभागी भएका चिकित्सकमा पनि बिरामीको उपचारमा नयां प्रविधिको प्रयोग कसरी गर्ने भन्ने ज्ञान, सिप र दक्षताको वृद्धिसँगै उनीहरुले उत्साह र नयां अनुभव प्राप्त गर्ने जनाइएको छ ।
ग्याष्ट्रो सेन्टर वाट के के काम भैरहेको छ ?
ग्याष्ट्रो सेन्टर बुटवलमा हामी सुरुवात गरेको छोटो समयमा नै विभिन्न सेवा विस्तार गरी काम भैरिरहेका छौ । पहिलो पटक हामीले यो क्षेत्रमा नै विना अप्रेसन विरामीलाई बेहोस इन्डोस्कोपी, क्लोनोस्कोपी काम गरिरहेका छौ । आन्द्राका विना सर्जरी उपचार काम गर्ने छौ । बच्चालाई बेहोस बनाएर इन्डोस्कोपी काम सुरुवात गरेका छौ ।
यसको साथै हामीले घाँटीमा केही बस्तु अड्किएको विरामीको बेहोस नबनाईकन हामीले सुरुवात गरेका थियौ । सोही अनुसार काम गरिरहेका छौं ।
आगामी दिनमा योजना के छ ?
म आफै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत रहेको छु । विहान र साँझको समस्यामा म यहा सेवा प्रवाह गरेको छु । डा. नन्दु पाठक, ईन्द्र ढकाल, प्रकार डा. सहितको टिमले हामीलाई हौसला दिनुभएको छ । लामो समय सम्म हामी सेवा प्रवाह गर्ने गरी काम गरिरहेका छौ ।
अन्त्यमा यहाँको भनाई के छ ?
जनमानसमा अहिले पनि पेट दुख्दा ग्यास्टिक भन्ने औषधी खाने गरिएको पाइएको छ ।तर सबै रोग ग्यास्टिक भएको हुँदैन । अन्य रोगले पनि पेट दुग्छ, सामान्य दिशा मा रगत देखिएमा हामी पायल्स भनेर औषधी खाएका हुन्छौ । सबै रोग पायल्सको कारणले नहुन सक्छ, हामी यहाँ कतिपय विरामी लामे समय देखि पायल्सको औषधी खाएको तर पछि आएर आन्द्राको क्यान्सर भएको समेत पाइएको छ ।
त्यसकारण यसको समयमा नै उपचार गर्न, खास रोग के हो पत्ता लगाएर मात्रै उपचार गर्न जरुरी छ ।
प्रतिकया दिनुहोस्