स्वास्थ्यसमाचार /नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेश को आयोजनामा जनस्वास्थ्यका बिषयमा छलफल तथा सम्मान कार्यक्रम गरिएको छ ।
सो अवसरमा लुम्बिनी प्रदेश भित्र जनस्वास्थ्यसँग सम्बन्धित समसामयिक विषयमा पनि विस्तृत छलफल गरिएको थियो ।
सहभागीहरूले प्रदेश स्तरमा जनस्वास्थ्य सेवा सुदृढीकरणका लागि सहकार्य, दक्ष जनशक्ति अभिवृद्धि र नीति–व्यवहार बीचको अन्तर घटाउने विषयमा सुझावहरू प्रस्तुत गर्नु भएको नेफा लुम्बिनीका सचिब नरेश श्रेष्ठले बताउनु भयो।
नेफा लुम्बिनीका अध्यक्ष सरोज रिमालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश निजामति सेवाका विभिन्न पदहरू जनस्वास्थ्य प्रशासक, स्वास्थ्य प्रशासक, फार्मेसी अधिकृत र तथ्यांक अधिकृतमा हालै नियुक्ति तथा बढुवा हुनु भएका अधिकृतहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा जनस्वास्थ्य प्रशासक नेत्र अर्याल, जनस्वास्थ्य प्रशासक उमा देबी थापा जनस्वास्थ्य अधिकृत पुष्पा थापा जनस्वास्थ्य प्रशासक गौरव ढकाल नारायण चौधरी तथ्याकं अधिकृत मानबहादुर लगायत रहनु भएको थियो ।
कार्यक्रममा नेफाका सल्लाहकार तथा प्रदेश आपुर्ति केन्द्रका निर्देशक डा राजेन्द्र गिरी,स्वास्थ्य मन्त्रालय लुम्बिनीका प्रबक्ता नोदनारायण चौधरी जनस्वास्थ्य प्रयोगशाला का निर्देशक राजेश गुप्ता लगायका जनस्वास्थ्य अधिकृत तथा पदाधिकारी विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरू र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिकया दिनुहोस्