मानब शरिरमा इन्सुलिन हर्मोनको उत्पादन रगतमा प्राप्त नहुनु वा इन्सुलिन प्राप्त हुदा पनि काम गर्न छोड्नु जसले गर्दा शरिरमा भएको रगतमा चिनिको मात्रा अत्याधिक बढेर जानु वा रगतमा चिनिको मात्रा आबश्यक भन्दा बढी हुने अबस्था लाई मधुमेह ,डायबिटीज वा चिनि रोग भनिन्छ ।
रगतमा चिनिको मात्रा खालिपेटमा १०० भन्दा तल र खाना खाएपछी १४० भन्दा माथी हुनु पर्दछ । यदी भोकोपेटमा वा खालिपेटमा जाँच गर्दा सुगरलेभल १२६ भन्दा माथी भयो भने र खानाखाएको दुई घन्टा पछी सुगरलेभल जाँचगर्दा २०० भन्दा माथी भएमा उक्त अबस्थालाई डायबिटिज, मधुमेह वा चिनिरोग भनिन्छ ।
कारण वा प्रकारहरुः
१. टाईप वान डायबिटिज: प्याङक्रियाजका कोषहरु भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज लाई टाईप वान डायबिटिज भनिन्छ । यो बिशेषगरी बालबालिका हरुमा देखिन्छ । यसको एकमात्रा उपचार इन्सुलिन दिनु हो । यो बिशेष गरी बंशाणुगत र बाताबरणीय कारण बाट हुने गर्दछ ।
२. टाईप टु डायबिटिज : प्याङक्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई शरिरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ । शरिरमा आबस्यक सुगरको सही सन्तुलन नहुँदा हुने गर्दछ । यसको मुख्यकारण मोटोपना हो । अर्को कारण तनाब लिन,स्ट्रेस, उच्चरक्तचाँप भएका कोलेस्ट्रोल बढीहुँदा बंशाणुगत कारण खानपान र लाइफस्टाईल जिन र बिभिन्न कारणले शरिरमा भएको इन्सुलिनले काम नगरेमा टाईप टु डायबिटिज हुन्छ ।
लक्षण तथा चिन्हहरु :
१. धेरै तिर्खा लाग्ने , मुख सुख्खा हुने ।
२. मानिस दुब्लाउदै जाने तौल घट्ने ।
३. कमजोरी महसुस हुनु वा आलस्य हुने ।
४. चिडचिडाहटपन हुने थकाबट महसुस हुने ।
५. यौन दुर्बलता हुने ।
६. धेरैपटक पिसाब लाग्ने । (पोलियुरीया )
७. धेरै भोक लाग्ने । ( पोलिफेइजिया )
८. खुट्टामा घाउहुने, काटेको घाउहरु ढिलो निको हुने ।
९. आँखा धमिलो देख्ने ,दृष्टिमा समस्या हुने ।
१०. टाउको दुख्ने ,छाला चिलाउने ।
११. कतिपय पेटको समस्या लिएर आएका हरुमा पनि परिक्षण गर्दा सुगर देखिन सक्छ ।
१२. कसैको आँखाको ज्योति गुमेको हुन्छ । र परिक्षण गर्दा सुगर देखिन्छ ।
१३. कतिपयलाई ह्रदयघात र पारालाइसिस भएपछी बल्ल जाँचगर्दा सुगर भएको थाहाहुन सक्दछ ।
१४. मधुमेह भएका ब्याक्तीलाई इम्युनोकम्प्रमाईज अर्थात रोग संग लड्ने क्षमता हुदैन कमजोरी हुदैजान्छ ।
१५. मधुमेहका बिशेष लक्षण नभएपनि अन्य लक्षणहरुले पनि यो रोग लागेको जनाउदिन सक्दछ ।
जटिलताहरु: सबै प्रकारका मधुमेहले लामो अबधिका जटिलताहुने गर्दछ । साधारणतया यस्ता जटिलताहरु धेरै बर्षपछी (१०.२० बर्ष) बिकसित हुने गर्छन । तर रोग लागेर पनि समयमै पहिचान हुन नसके रोगीमा जटिलतानै पहिलो लक्षणको रुपमा देखा पर्दछ । यसमा मुख्य पछिसम्म हुने जटिलता रक्तनलिहरुको क्षति संग संम्बन्धित हुन्छ ।
मधुमेहले मुटु तथा रक्तनलिका रोगहरु लाग्ने जोखिमता लाई दुईगुणा बढाउँछ । यो रोगबाट हुने ७५ प्रतिशत मृत्यु कोरोनरी आर्टरी डिजिजका कारणले हुन्छ ।
रोकथामका उपाए वा उपचार: मधुमेह लागीसकेपछी उपचारबाट निर्मुलपार्न संभब छैन । त्यसैले रोगीको आयु बढाउने वा रोगको ब्याबस्थापन गर्ने बिकल्प बाँकि रहन्छ । मधुमेहरोगको ब्याबस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो । र रक्तकोषको क्षति पुराउने अन्य तत्वको निबारण गर्नु हो । जसको लागी निम्न उपाए अपनाउन सकिन्छ ।
१. सन्तुलित र नियमित भोजन लिने ।
२. बढि चिल्लो युक्त खाध्यपदार्थको सेबन नगर्ने ।
३. धुम्रपान र मध्यपान नगर्ने यसबाट टाढा रहने ।
४. खानामा बिशेष ध्यान पुराउने बढि कार्बोहाइड्रेट भएका खानेकुराको सेबन नगर्ने ।
५. रक्तचाँप नियन्त्रण गर्ने । तौल घटाउने , मोटोपन घटाउने ।
६. चिनियुक्त गुलिया खाध्यपदार्थ वा पेयपदार्थको सेबन नगर्ने ।
७. नियमित ब्यायाम गर्ने । दिनमा आधाघन्टाका दरले कम्तिमा पनि हप्तामा पाँचदिन अनिबार्य हिड्ने । (प्रत्येक दिन ३० मिनेट दरले ५ दिन अनिबार्य हप्तामा १५० मिनेट हिड्ने)
८. पिर चिन्ता तनाब स्ट्रेस कहिले नलिने ।
९. नियमित स्वास्थ्य जाँच गराउने स्वास्थ्यकर्मी संग प्रत्यक्ष संम्पर्कमा रहने ।
१०. इन्सुलिनको मात्रा यथाबत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पताल जाने डाक्टर वा बिशेषज्ञ लाई भेट्ने । स्वास्थ्यकर्मी डाक्टर वा बिशेषज्ञको सल्लाह बमोजिम औषधी सेबन गर्ने ।
११. आबस्यकता अनुसार थप उपचार गर्ने । वा खोप मार्फत नियमित इन्सुलिन लिने ।
१२. बिरामी आफै सचेत भै “ म जोगाउँछु मेरो स्वास्थ्य ” भन्ने भनाइलाई ब्याबहारमा लागु गर्ने ।।
लेखक:भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

प्रतिकया दिनुहोस्