वरिष्ठ फिजिसियन डा. नन्दु पाठक मेडिकल हिरो अवार्डबाट सम्मानित

स्वास्थ्यसमाचार/बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड प्रदान गरिएको छ । उहाँलाई तिलोत्तमा जेसीजले उक्त अवार्ड प्रदान गरेको हो । लामो समय बुटवल आसपास र पश्चिम भेगका अधिकांश जिल्लामा पुगि स्वास्थ्य उपचारलाई सहज र सरल बनाई बिरामीको जीवन रक्षामा अहोरात्र खटिने डाक्टरका रुपमा परिचित बनाउनुभएको छ । डा. पाठकलाई मेडिकल हिरो अवार्ड सहित तिलोत्तमामा आयोजना गरिएको क्लवको पदस्थापन कार्यक्रममा सम्मान गरिएको हो । उहाँले स्वास्थ्य सेवामा पुर्याएको योगदानको उच्च सम्मान सहित तिलोत्तमा जेसीजले वर्ष सम्मान अन्तर्गत यस वर्ष चिकित्सा विधामा विकित्ता नायक पुरस्कार (मेडिकल हिरो अवार्डबाट सम्मान गरेको…

एचपिभी खोप अभियान सद्भावना दूतमा मनीषा कोइराला नियुक्त

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ । मन्त्रालयले एक कार्यक्रम आयोजना गरी उहाँलाई सद्भावनादूत घोषणा गरेको हो । कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गर्नुभयो । खोपको प्रोत्साहन गर्ने सामाजिक काममा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताउँदै उहाँले यस अभियानमा सबैलाई हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभयो । सङ्घीय सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान यही…

लुम्बिनी प्रादेशिक अस्पतालमा ६३ औं नेपाल नर्सिङ संघ दिवस मनाइयो

स्वास्थ्यसमाचार /नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको आयोजनामा ६३ औं नर्सिङ दिवस मनाइएको छ। “आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मान जनक कार्य ब्यवस्था” भने नाराका नेपाल नर्सिङ दिवस मनाइएको हो । नेपाल नर्सिङ संघको ६३ औं वार्षिकोत्सवमा बोल्दै प्रमुख अतिथी तथा अस्पताल विकास समितका अध्यक्ष अध्यक्ष अजयमान श्रेष्ठले नर्स विना समाजले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने बताउनु भयो उहाले स्वास्थ्य क्षेत्रमा सुधार र नर्सहरूको व्यावसायिक विकासका लागि आवश्यक पहल गर्ने समेत बताउनु भयो । नर्सहरूको योगदानलाई अझ प्रभावकारी बनाउन, अस्पताल विकास समितिले नयाँ कार्यक्रमहरू ल्याउने र थप स्रोतसाधन…

युसीएमएस मानसिक रोग विभागको २४औं वार्षिकोत्सवमा गोष्ठी

स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल भैरहवाको नशा तथा मानसिक रोग विभागको २४ औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । विभागका प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा युसीएमएस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आवासीय चिकित्सक डा.अभिज्ञा कोइरालाले मानसिक स्वास्थ्यको महत्व र चुनौती सम्बन्धमा प्रस्तुत गरेकी थिइन् । त्यस्तै डा.अनमोल बन्धु कार्कीले युसीएमएसमा नशा तथा मानसिक रोग विभागको स्थापना, संक्षिप्त इतिहास तथा भावी योजनाबारे प्रकाश पारेका थिए । युसीएमएसमा नशा तथा मानसिक रोग विभागको स्थापना २५ जनवरी २००१…

नर्सिङ पेशालाई सम्मान जनक बनाउन नर्सहरूको योगदानलाई कदर गर्न आवश्यक

नर्सिङ.दिवसको महत्व के हो, नेपालमा कहिले मनाइन्छ ? नर्सिङ.दिवस,  प्रत्येक बर्ष १५ माघमा मनाइन्छ ।बिक्रम संवत २०१८ साल माघ १५ गतेका दिन नान ( नेपाल नर्सिङ संघ) को स्थापना भएको हो ।  साथै बिश्व नर्सिङ.दिवस  प्रत्येक वर्ष मे १२ मा मनाइन्छ, । फ्लोरेन्स नाइटिङ्गेको (Founder of Modern Nursing)को जन्म उत्सव भएकोले अन्तराष्ट्रिय नर्सिङ.दिवस, त्यस दिनलाई मनाउने गरिन्छ । उक्त दिनमा  हामीले पनि बिभिन्न कार्यक्रमका साथ दिवस मनाउने गर्दैछौ । दिवस नर्सहरूको कदर गर्न र पेशागत सम्मान बढाउनुको लागि विशेष महत्त्वपूर्ण मानिन्छ। यो दिवसको इतिहास र यसका उद्देश्यहरू के हुन? नर्सिङ.दिवसको…

बुटवल १३ र १७ मा निर्माणाधीन नगर अस्पताल, छिट्टै सञ्चालन हुने

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १७ मा १५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने भएका छन । नगर प्रमुख खेलराज पाण्डेयले वडा नम्बर १३ र १७ मा १५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने वताउनु भयो । यस्तै, उहाले आम्दा अस्पतालमा पारामेडिकल अध्ययन शुरु र अस्पतालको स्तरोन्नति शुरु भएको समेत बताउनु भएको छ। कार्यक्रममा बोल्दै नगर प्रमुखले बीटीआइमा ४० जना छात्रालाई निशुल्क अध्ययनको व्यवस्था, सीपमूलक तालिम र रोजगारका लागि नगरप्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला आत्मनिर्भर कार्यक्रम, बा…

आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई आधारभुत आकस्मिक तालिम

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन तथा विपद ब्यवस्थापनद्धारा संचालित एक साता लामो आधारभुत आकस्मिक स्याहार-बीईसी सम्बन्धि तालिम समापन भएको छ । पृथ्वी राजमार्गको मुग्लिन, नागढुंगा करिडोर भित्र पर्ने १६ निजी,सहकारी तथा सरकारी अस्पतालहरुको र सुरक्षा बल अन्र्तगतको शसस्त्र प्रहरी बल अस्पताल, बलम्बु तथा कुरिनटारमा आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु २५ जना संलग्न थिए । स्वास्थ्य तथा जनसंख्या समापन तथा उदघाटन शत्रको अध्यक्षता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा राष्ट्रिय स्वास्थ्य आपतकालीन एवं विपद ब्यवस्थापनको प्रमुख डा. प्रकाश बुढाथोकीले गरेका थिए । मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्ररमण सिंहले…

पश्चिम नवलपरासीमा १६ हजार किशोरीहरुलाई एचपिभी खोप लगाइने

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा माघ २२ देखि २८ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। यो अभियानअन्तर्गत जिल्लाका १६ हजार २९३ जना किशोरीलाई एचपीभी ह्युमन पेपिलोमा भाइरस खोप लगाइनेछ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार, ६ देखि १० कक्षा अध्ययनरत र १० देखि १४ वर्षका विद्यालय बाहिर रहेका किशोरीलाई खोप दिइनेछ। यसका लागि २ सय विद्यालयमा खोप केन्द्र सञ्चालन हुनेछ। नेपाल सरकारले निःशुल्क प्रदान गर्न लागेको यो खोपको बजार मूल्य करिब ६ हजार रुपैयाँ पर्छ। अध्ययनअनुसार, एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर ९०५ सम्म घटाउन प्रभावकारी छ।जसका लागी…

पाल्पाका १० हजार ३ सय वढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

स्वास्थ्यसमाचार/पाल्पामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप अभियान सुरु हुने भएको छ । पाठेघरको मुखको क्यान्सर रोक्न १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरु र ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरु लक्षित गरेर एच.पि.भि. खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाले तानसेनमा आयोजना गरेको जिल्ला स्तरीय खोप समन्वय समिति बैठक तथा सञ्चारकर्मी अभिमुखीकरणमा अभियान सञ्चालन हुने जानकारी दिएको हो । अभिमुखीकरणको सहजिकरण गर्दै स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले पाल्पामा यही माघ २२ गतेदेखि रम्भा, माथागढी, पुर्वखोला, रामपुर र निस्दी तथा माघ २८ गतेदेखि रैनादेवी…

लुम्बिनी प्रादेशिक अस्पताल निजामती कर्मचारी युनियनको अध्यक्षमा पन्थी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको निजामती कर्मचारी युनियन ईकाई समितिको नवौं अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम दया सागर पन्थीको अध्यक्षता नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेय, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.इन्द्र ढकाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. विष्णु गौतम, नर्सिङ प्रमुख नेहा थापाको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै नेपाल कर्मचारी युनियन रुपन्देही जिल्ला सदस्य चिरञ्जीवि घिमिरे  लुम्बिनी प्रादेशिक अस्पताल स्वास्थ्यकर्मी संघका अध्यक्ष भीम ज्ञावाली,विकास समितिका केन्द्रीय अध्यक्ष सुरेन्द्र राज पन्त, नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पताल ईकाई…