स्वास्थ्य बीमालाई ‘राष्ट्रिय गौरवको आयोजना’ बनाउने गगन थापाको घोषणा

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् । ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने उनले बताएका हुन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले स्पष्ट खाका तयार पारेको दाबी गरे । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफ्नो कार्यकालमा देखेको पीडादायी अवस्थालाई स्मरण गर्दै अहिलेको स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता औँल्याएका छन् । उनले धेरै नागरिकले पैसा नभएकै कारण बिचमै उपचार छाड्नुपरेको…

उपचार र सेवाकै आधारमा चुनाव जित्ने विश्वास छ : डा. लेखजंग थापा

रुपन्देही, ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार तथा बरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले आफ्नो चुनावी जितको मुख्य आधार उपचार र सेवा नै भएको बताएका छन्। “मैले राजनीति गर्नुभन्दा पहिले जनताको उपचार र सेवा गरेको छु। यही सेवाको आधारमा जनताले मलाई माया र विश्वास दिनुभएको छ,” डा. थापाले चुनावी प्रचारका क्रममा भने। विदेश पलायनको लहर चलेको समयमा आफू पितृभूमि र बुवाआमाको हौसलाले नेपालमै बसेर सेवा गरेको उनले स्मरण गरे। काठमाडौँमा व्यस्त पेशागत जीवन बिताइरहँदा पनि महिनामा कम्तीमा दुई दिन आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीको…

अस्थिर राजनीतिबाट दिक्क मतदाता, पुराना दलको विकल्प खोज्ने लहर

काठमाडौं / आगामी २०८२ सालमा हुने प्रतिनिधि सभाको आमनिर्वाचन नजिकिँदै जाँदा नेपाली राजनीतिक परिदृश्यमा नयाँ बहस सुरु भएको छ। लामो समयदेखि शासन सञ्चालन गर्दै आएका पुराना राजनीतिक दलप्रति जनताको विश्वास क्रमशः कमजोर बन्दै गएको देखिन्छ। देशमा बारम्बार सरकार परिवर्तन, राजनीतिक अस्थिरता, भ्रष्टाचारका आरोप, तथा जनअपेक्षाअनुसारको विकास हुन नसक्दा मतदाताहरू नयाँ वैकल्पिक शक्तिको खोजीमा लागेको विश्लेषकहरूको भनाइ छ। नेपालमा लोकतन्त्र स्थापनापछि विभिन्न राजनीतिक दलहरूले सरकारको नेतृत्व गर्दै आए पनि जनताले अपेक्षा गरेअनुसार स्थिर शासन व्यवस्था कायम गर्न नसकेको गुनासो व्यापक रूपमा उठ्दै आएको छ। पछिल्ला वर्षहरूमा सरकार गठन र विघटनको क्रम…

दाङको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

स्वास्थ्यसमाचार/४ अर्ब लगानीमा बनेको दाङको घोराही उपमहागरपालिका—३ भानपुरमा ३०० शय्याको सन्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल सञ्चालनमा आउने भएको छ । माघ मसान्तबाट ३०० शय्याको शिक्षण अस्पताल अत्याधुनिक उपकरणसहित सञ्चालनमा ल्याउने गरी सबै तयारी सकिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक रोकाले जानकारी दिए । ‘माघ मसान्तबाट सेवा दिने गरी प्राविधिक, प्रशासनिक लगायतका सबै तयारी सकिएका छन्,’ सिईओ रोकाले  भने, ‘निर्माण कार्य एक महिनाअघि सकेर हामीले ह्युमन रिसोर्सदेखि प्राविधिक तयारीसम्मका सबै कामहरु सकेका छौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३०० शय्याको स्वीकृती पाइसकेको सन्जीवनी अस्पताल ४ अर्ब लगानीमा…

रुपन्देहीमा मापदण्ड विपरीत अस्पताल सञ्चालन, नियमनमा कमजोरी

स्वास्थ्यसमाचार/निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको तथ्य फेला परेको छ । जिल्लाको भैरहवा तथा बुटवलका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको गुनासो आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्थानीय तहबाट स्वीकृत प्राप्त १० देखि १५ शय्यासम्मको अस्पतालले मापदण्ड विपरीत गर्ने गरेको पाइएको हो ।मापदण्डअनुसार स्थानीय तहबाट स्वीकृत प्राप्त अस्पतालहरुले आधारभूत स्वास्थ्य सेवा, सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, सामान्य स्त्री तथा प्रसूति सेवा, सामान्य बालरोग सेवा र सामान्य दन्त सेवा मात्र सञ्चालन गर्न पाउँछन् । तर ती अस्पतालले मापदण्ड विपरीत सञ्चार माध्यममा विज्ञापन नै…

एच.पि.भी. खोप अभियान २०८२ : सबै मिलेर सफल पारौं

बुटबल /नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध एच.पि.भी. (HPV) खोप देशभर एकैसाथ राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागेको छ। यो अभियान वि.सं. २०८२ माघ २५ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।लुम्बिनी प्रदेशमा भने यो अभियान माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुँदैछ। स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने सूचीकृत स्वास्थ्य संस्थामार्फत कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन–अध्यापन हुने विद्यालयहरूलाई खोप केन्द्रका रूपमा स्थापना गरी निःशुल्क रूपमा राष्ट्रिय खोप अभियान सञ्चालन गरिँदैछ। महिलामा हुने पाठेघरको मुखको क्यान्सरजस्तो घातक रोगबाट भविष्यका…

रुपन्देही जिल्लामा साढे १२ हजार किशोरीलाई एचपीभी खोप लगाइने

स्वास्थ्यसमाचार/जिल्लाभरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) रोकथामका लागि एचपीभी खोप माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लास्तरीय खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीहरूसँगको अभिमुखीकरणमार्फत अभियानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई प्राथमिकताका आधारमा खोप दिइनेछ। विद्यालय नजाने किशोरीको हकमा १० वर्ष उमेर समूह, गत वर्ष छुटेका कक्षा ७–१० का किशोरी तथा ११–१४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीलाई पनि खोप उपलब्ध गराइनेछ। यस वर्ष जिल्लाभर १२,४१९ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ, जसमा…

नवलपरासीका ३ हजार ७५१ किशोरीलाई एचपीभी खोप लगाइने

स्वास्थ्यसमाचार/ पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउने उद्देश्यले जिल्लामा ३ हजार ७ सय ५१ जना किशोरीलाई लक्षित गर्दै विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान २०८२ सञ्चालन गरिने भएको छ । माघ २५ गतेदेखि २९ गतेसम्म पाँच दिन चल्ने अभियानअन्तर्गत जिल्ला भर २०५ स्थानबाट खोप सेवा प्रदान गरिनेछ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार अभियानमा १११ सामुदायिक र ९३ संस्थागत गरी २०४ विद्यालय तथा १ विद्यालय बाहिरको खोप केन्द्र समेटिएको छ । लक्षित किशोरीमध्ये कक्षा ६ मा अध्ययनरत ३५४३ जना र विद्यालय नजाने १० वर्ष उमेर समूहका २०८ जना गरी कुल संख्या ३७५१ पुगेको हो…

ब्रेन ह्यामरेजका कारण उपचारकै क्रममा बरिष्ठ पत्रकार भट्टराईको निधन

स्वास्थ्यसमाचार भैरहवाका वरिष्ठ पत्रकार तथा समाजसेवी दिलिप भट्टराईको निधन भएको छ । केही दिनअघि ब्रेन ह्यामरेज भएपछि अस्पताल भर्ना हुनुभएका भट्टराईको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि पत्रकारितामा सक्रिय रहनुभएका भट्टराई पछिल्लो समय स्वास्थ्य समस्यासँग जुझिरहनु भएको थियो । उपचारकै क्रममा उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि निधन भएको हो । पत्रकारितासँगै समाजसेवामा समेत सक्रिय भट्टराई पछिल्लो केही समययता क्यान्सर रोगविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्दै आउनुभएको थियो । क्यान्सरसम्बन्धी सचेतना फैलाउने, बिरामीलाई हौसला दिने तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उहाँको भूमिकालाई धेरैले स्मरण गरेका छन्…

स्वास्थ्य सेवा मेरो पहिलो प्राथमिकता हो : चुन्नप्रसाद पौडेल

स्वास्थ्यसमाचार/नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले स्वास्थ्य सेवालाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२, रुपन्देहीको निर्वाचन प्रचारप्रसार समितिको वडा नम्बर ४, ट्राफिक चोकस्थित कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पौडेलले गुणस्तरीय, पहुँचयोग्य र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो । “राजनीति व्यक्तिगत स्वार्थका लागि होइन, जनताको स्वास्थ्य र जीवनस्तर सुधार्ने प्रभावकारी माध्यम हो,” उहाँले भन्नुभयो । पौडेलले आफू राजनीतिमा आउनुअघि देखिनै स्वास्थ्य क्षेत्रमा सामाजिक लगानी गर्दै आएको उल्लेख गर्दै बुवा–आमाको नाममा नागरिक…