रुपन्देही जिल्लामा ९९ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

स्वास्थ्यसमाचार / रुपन्देहीमा ९९ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले दिइको तथ्याक अनुसार जिल्लाभर १२ हजार २१८ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा १२ हजार २०६ जनाले खोप लगाएका छन्, जसले समग्र प्रगति लगभग ९९ प्रतिशतसम्म पु¥याएको छ। विशेष गरी केही पालिकाले आफ्नो लक्ष्य भन्दा बढी प्रगति गर्दै अभियानलाई सफलता दिलाएका छन्। तिलोत्तमा  (१०३%), लुम्बिनी सांस्कृतिक नगरपालिका (१०४%), सिद्धार्थनगर नगरपालिका (१०२%), कोटहीमाई गाउँपालिका (१०५%), मायादेवी गाउँपालिका (१०९%), रोहिणी गाउँपालिका (१०३%), सम्मरीमाई गाउँपालिका (१२४%) र गैडहवा गाउँपालिका (१०८%) ले उल्लेखनीय प्रगति देखिएको छ ।…

अपांगता तथा स्वास्थ्य संस्थासम्म पुग्न असमर्थ किशोरीलाई घरमै खोप

स्वास्थ्यसमाचार/ महिलामा देखिने पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले एचपिभी (HPV) खोप अभियान सञ्चालन गरेको छ। उपमहानगरभित्रका ७१ वटा विद्यालय र १८ वटा सहरी स्वास्थ्य केन्द्रमार्फत किशोरीहरूलाई लक्षित गरी खोप सेवा प्रदान गरिएको छ। बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कल्पना भुसालका अनुसार २०८२ माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत २ हजार २५० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। हालसम्म १ हजार ७३२ जना किशोरीलाई खोप लगाइसकिएको उहाँले जानकारी दिनुभयो। अभियानका क्रममा अपांगता भएका तथा स्वास्थ्य संस्थासम्म पुग्न असमर्थ किशोरीहरूलाई घरदैलोमै पुगेर खोप सेवा प्रदान गरिएको छ।…

बुटवलमा ३ दिनमै एचपीभि खोपको ८०% लक्ष्य पूरा, फागुन १ सम्म अभियान

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सञ्चालन गरिएको एचपीभी (HPV) खोप अभियानमा उत्साहजनक प्रगति देखिएको छ। स्वास्थ्य शाखाका अनुसार कुल २ हजार २५० जनालाई खोप लगाउने लक्ष्य राखिएको अभियानमा हालसम्म करिब ८० प्रतिशत उपलब्धि हासिल भएको छ। उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भइरहेको अभियानअन्तर्गत विद्यालय बाहिर रहेका तथा समुदायमा रहेका लक्षित किशोरीलाई प्राथमिकताका साथ खोप लगाइएको हो। उहाँले छोटो समयमै ८० प्रतिशत लक्ष्य हासिल हुनु सकारात्मक  भएको बताउनुभयो। स्वास्थ्य शाखाकी जनस्वास्थ्य अधिकृत कल्पना भुसालका अनुसार गत वर्ष बुटवल उपमहानगरपालिकामा…

बुटवलमा २२ सय ५०मध्ये दुई दिनमै १,४२८ किशोरीलाई एचपीभी खोप

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगर पालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सञ्चालन गरिएको एचपीभी (HPV) खोप अभियानमा उत्साहजनक प्रगति देखिएको छ। स्वास्थ्य शाखाका अनुसार कुल २ हजार २५० जनालाई खोप लगाउने लक्ष्य राखिएको अभियानमा दुई दिनमै १ हजार ४२८ जनाले खोप लगाइसकेका छन्। उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भइरहेको यस अभियानमा विद्यालय बाहिर रहेका तथा समुदायमा रहेका लक्षित किशोरीलाई प्राथमिकताका साथ खोप लगाइएको हो। उहाँले अभियानको पहिलो दुई दिनमै १ हजार ४२८ जनाले खोप लगाएर लक्ष्यतर्फ उल्लेखनीय प्रगति हासिल भएको बताउनुभयो। स्वास्थ्य शाखाकी…

नवलपरासी पश्चिममा एचपिभी खोप अभियान उत्साहजनक शुभारम्भ

स्वास्थ्यसमाचार/ महिलामा हुने पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) रोकथामका लागि नवलपरासी पश्चिम जिल्लामा एचपिभी (HPV) खोप अभियान आजवाट  सुरु भएको छ। यस अभियान अन्तर्गत कुल ३,७५५ लक्षित किशोरीमध्ये कक्षा ६ मा अध्ययनरत १,९१० र विद्यालय बाहिरका १० वर्षका १५ जना गरी जम्मा १,९२५ किशोरीलाई खोप प्रदान गरिएको छ। स्वास्थ्य अधिकारीहरूले यस अभियानलाई प्रभावकारी बनाउन विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी काम गरिरहेको बताए। अभियान यहि माघ २८ गतेसम्म सञ्चालन स्वास्थ्य कार्यलय नबलपरासीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनु भयो ।

रुपन्देहीका साढे १२ हजार किशोरीलाई एचपीभी खोप लगाउन सुरु

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाभरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) रोकथामका लागि आजदेखि एचपीभी खोप अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले खोप फागुन ४ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ। जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई प्राथमिकताका आधारमा खोप दिइनेछ। विद्यालय नजाने किशोरीको हकमा १० वर्ष उमेर समूह, गत वर्ष छुटेका कक्षा ७–१० का किशोरी तथा ११–१४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीलाई पनि खोप उपलब्ध गराइने छ। यस वर्ष जिल्लाभर १२,४१९ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ, जसमा ६१० जना विद्यालय नजाने किशोरी पनि समावेश छन् — जिल्ला…

प्युठानमा स्वास्थ्य मन्त्री सारुद्वारा एचपीभी खोप अभियानको शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा क्यान्सर रोग नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान औपचारिक रूपमा सुरु गरिएको छ। अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुमगरले प्युठान नगरपालिका–स्थित कालिका बोर्डिङ स्कुलबाट गर्नु भयो। कार्यक्रममा मन्त्री सारुमगरले पालिका स्वास्थ्य शाखा प्रमुखलाई खोप हस्तान्तरण गर्नुका साथै किशोरीहरुलाई खोप कार्ड प्रदान गर्दै अभियानको औपचारिक सुरुवात गर्नु भएको हो । प्युठानबाट सुरु भएको यो अभियानमा लुम्विनी प्रदेशका करिब ६१ हजार किशोरीहरुलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी प्युठान जिल्लामा मात्र करिब २ हजार ९ सयभन्दा बढी किशोरीहरूलाई खोप सेवा…

एच.पि.भी. खोप अभियान २०८२ : सबै मिलेर सफल पारौं

बुटबल /नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध एच.पि.भी. (HPV) खोप देशभर एकैसाथ राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागेको छ। यो अभियान वि.सं. २०८२ माघ २५ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।लुम्बिनी प्रदेशमा भने यो अभियान माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुँदैछ। स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने सूचीकृत स्वास्थ्य संस्थामार्फत कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन–अध्यापन हुने विद्यालयहरूलाई खोप केन्द्रका रूपमा स्थापना गरी निःशुल्क रूपमा राष्ट्रिय खोप अभियान सञ्चालन गरिँदैछ। महिलामा हुने पाठेघरको मुखको क्यान्सरजस्तो घातक रोगबाट भविष्यका…

रुपन्देही जिल्लामा साढे १२ हजार किशोरीलाई एचपीभी खोप लगाइने

स्वास्थ्यसमाचार/जिल्लाभरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) रोकथामका लागि एचपीभी खोप माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लास्तरीय खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीहरूसँगको अभिमुखीकरणमार्फत अभियानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई प्राथमिकताका आधारमा खोप दिइनेछ। विद्यालय नजाने किशोरीको हकमा १० वर्ष उमेर समूह, गत वर्ष छुटेका कक्षा ७–१० का किशोरी तथा ११–१४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीलाई पनि खोप उपलब्ध गराइनेछ। यस वर्ष जिल्लाभर १२,४१९ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ, जसमा…

नवलपरासीका ३ हजार ७५१ किशोरीलाई एचपीभी खोप लगाइने

स्वास्थ्यसमाचार/ पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउने उद्देश्यले जिल्लामा ३ हजार ७ सय ५१ जना किशोरीलाई लक्षित गर्दै विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान २०८२ सञ्चालन गरिने भएको छ । माघ २५ गतेदेखि २९ गतेसम्म पाँच दिन चल्ने अभियानअन्तर्गत जिल्ला भर २०५ स्थानबाट खोप सेवा प्रदान गरिनेछ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार अभियानमा १११ सामुदायिक र ९३ संस्थागत गरी २०४ विद्यालय तथा १ विद्यालय बाहिरको खोप केन्द्र समेटिएको छ । लक्षित किशोरीमध्ये कक्षा ६ मा अध्ययनरत ३५४३ जना र विद्यालय नजाने १० वर्ष उमेर समूहका २०८ जना गरी कुल संख्या ३७५१ पुगेको हो…