ब्रेन ह्यामरेजका कारण उपचारकै क्रममा बरिष्ठ पत्रकार भट्टराईको निधन

स्वास्थ्यसमाचार भैरहवाका वरिष्ठ पत्रकार तथा समाजसेवी दिलिप भट्टराईको निधन भएको छ । केही दिनअघि ब्रेन ह्यामरेज भएपछि अस्पताल भर्ना हुनुभएका भट्टराईको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि पत्रकारितामा सक्रिय रहनुभएका भट्टराई पछिल्लो समय स्वास्थ्य समस्यासँग जुझिरहनु भएको थियो । उपचारकै क्रममा उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि निधन भएको हो ।

पत्रकारितासँगै समाजसेवामा समेत सक्रिय भट्टराई पछिल्लो केही समययता क्यान्सर रोगविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्दै आउनुभएको थियो । क्यान्सरसम्बन्धी सचेतना फैलाउने, बिरामीलाई हौसला दिने तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उहाँको भूमिकालाई धेरैले स्मरण गरेका छन् ।

भट्टराईको निधनले पत्रकारिता क्षेत्रसँगै सामाजिक तथा स्वास्थ्य अभियान क्षेत्रमा अपूरणीय क्षति पुगेको विभिन्न संघ–संस्थाले जनाएका छन् ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :