स्वास्थ्य पत्रकार मञ्च नेपालमा नयाँ कार्यसमिति, अध्यक्षमा काफ्ले

स्वास्थ्यसमाचार/स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् ।  काठमाडौँमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अभिवेशनबाट काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । निर्वाचन समितिका अनुसार मञ्चको बरिष्ठ उपाध्यक्षमा बुद्धि कटेल  निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन भएको दुई जना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् । अर्को पदमा भने सञ्जीता खनाल  र शरद शर्मा को बराबर मत आएपछि एक एक वर्ष आलोपालो गर्ने सहमति भएको छ । महासचिव पदमा  शिवहरि घिमिरे निर्वाचित भएका छन् । यस्तै सचिव पदमा ज्योति अधिकारी  निर्वाचित भएकी छन्…

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नहुँदा देश पछि पर्‍याे: स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले दक्ष जनशक्ति नहुँदा हाम्रो देश पछि परिरहेको बताउनुभएको छ । युनाईटेड मिसन अस्पताल, तानसेनको एस.वि.ए. तालिम ५९ औं ब्याच तथा एम.एल.पी. ४० औं ब्याच तालिम समापन समारोहमा बोल्दै मन्त्री सारुले नेपालमा कम मात्रामा दक्ष जनशक्ति उत्पादन हुने र देशमा बस्ने प्रवृति नहुँदा देश पछि परिरहेको बताउनुभएको हो । उहाँले सुत्केरी भएको ४८ घण्टा पछि ४६ प्रतिशत आमाहरूको मृत्युदर रहेको भन्दै अवस्था गम्भिर रहेको बताउनुभयो । उहाँले अनुसन्धानले सेवा प्रवाहमा कमजोरी हुँदा ६८ प्रतिशत सेवाग्राही हरुले छोडेर जाने बताउनुभयो । मन्त्री सारुले गुणस्तरीय सेवा…

पेडियाट्रिक क्रिटिकल केयर सम्बन्धि चार दिने तालिम बुटवलमा समापन

स्वास्थ्यसमाचार /संवेदनशिल अबस्थामा बिरामी भएका वालवालिकाको ब्यबस्थापन गरि वालमृत्युदरमा कम ल्याउने उदेश्यका साथ बुटबलमा सञ्चालित ४ दिने पेडियाट्रिक क्रिटिकल केयर तालिमको समापन भएको छ। चिकित्सक र नसिङ् कर्मचारी लाई गंभीर अवस्थाका बालबालिकाहरूको उपचारमा सघाउने उदेश्यका साथ तालिम कार्यक्रम आयोजना गरिएको हो।स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको प्राबिधिक सहयोग र एफएचआई ३६० इपिक नेपालको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको छ। स्वास्थ्य तालिम केन्द्रका निमित्त प्रमुख भुवन कुँवरको अध्यक्षता प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका प्रमुख डा. राजेन्द्र गिरीको प्रमुख आतिथ्य तथा स्वास्थ्य निर्देशनालय लुम्बिनीका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, लुम्बिनी प्रादेशिक…

गुल्मी जिल्लाका ११ हजार ३ सय किशोरीलाई एच.पि.भी.खोप लगाइने

स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाउने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका ११ हजार ३ सय किशोरीलाई उक्त खोप लगाइने भएको छ। आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन गरिने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका १२ स्थानीय तहका विद्यालयमा अध्ययनरत ११ हजार ४४ छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका २ सय ४४ गरि ११ हजार २ सय ८८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाइने जानकारी स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले दिनुभयो। अभियान अन्तर्गत दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा रहेका…

हिमोफिलियाका बिरामीलाई नि:शुल्क औषधी उपलब्ध गराउने स्वास्थ्यमन्त्री को निर्णय

स्वास्थ्यसमाचार/रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको छ । निकै महँगो औषधि अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवाला मार्फत् सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ । विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो…

कपिलवस्तुका ४४ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

स्वास्थ्यसमाचार /कपिलवस्तुका ४४ बढी हजार किशोरीलाई एचपिभी खोप लगाइँदै छ । यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत जिल्लाका ४४ हजार ४ सय ७१ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले वताए । जिल्लामा दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरण अन्तरगत ५ पालिकाका विद्यालयबाट खोप लगाइने छ । जिल्लाको कपिलवस्तु, कृष्णनगर, शिवराज नगरपालिका यसैगरी विजयनगर र यशोधरा गाँउपालिकामा माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान चलाइने अधिकृत चौधरीले बताए…

प्रदेशका सबै अस्पतालमा अपरेसनद्वारा बच्चा जन्माउन सकिने अवस्था छ : स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले लुम्बिनी प्रदेशका सबै जिल्लाका अस्पतालहरुमा अपरेसनद्वारा बच्चा जन्माउन सकिने अवस्था रहेको बताउनुभएको छ । मन्त्री सारुले मातृमृत्यु दरको अवस्था र मातृमृत्य हुने कारणको अध्ययन गरि रोकथामका लागि सबै जिल्लाका अस्पतालहरुमा अपरेसन गरेर बच्चा जन्माउन सकिने व्यवस्था मिलाएको बताउनुभएको हो । लुम्बिनी प्रदेश सभा संसदमा प्रदेशसभा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्यमन्त्री सारुले स्वास्थ्य संस्थामा सेवा लिन ढिलो पुग्ने र स्वास्थ्य संस्थामा प्रयाप्त भौतिक पुर्वाधार तथा विशेषज्ञ जनशक्ति नहुँदा मातृमृत्यु बढि भएको भन्दै त्यसलाई सुधार गरेर सबै जिल्लाका अस्पतालहरुमा अपरेसन गरेर बच्चा जन्माउन मिल्ने…

पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुँदै

स्वास्थ्यसमाचार /पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको पहलमा विनियोजित बजेटबाट अस्पतालमा अप्रेसन लगायतका थप सेवा दिन भवन निर्माण हुने भएको हो । मन्त्री सारुले पाल्पा अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाह सुधारका लागि ५० लाख रुपैंया बजेट विनियोजन गर्नुभएको थियो । सोही बजेटबाट अस्पतालले भवन निर्माणका लागि ठेक्का खुलाएको छ । अस्पतालले ६९ लाख ६७ हजार १ सय ४५ रुपैंया ६६ पैसा स्टिमेटको ठेक्का खुलाएको छ । पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले उक्त बजेटले ओपीडी सेवा विस्तार…

दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द

स्वास्थ्यसमाचार/दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द भएको छ । दक्ष जनशक्तिले अभाव र मर्मतसम्भारमा ध्यान नदिँदा अस्पतालमा साढे तीन वर्षअघि जोडिएको प्लान्ट एक वर्ष अघिदेखि प्रयोगविहीन भएको हो । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको छ ।२०७८भदौमा अक्सिजन प्लान्ट जडान गरिएको थियो ।संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने मेसिनहरु खरिद गरि प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै…

रुपन्देहीका ५८ हजार ९ सय किशोरीहरुलाई एचपिभी खोप लगाइने

स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । देश व्यापी अभियान अन्तरगत रुपन्देही जिल्लामा यहि माघ २२ गते देखि फागुन महिनाको ६ गते सम्म खोप लगाइने जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान चलाइने छ । जस अनुसार पहिलो चरणमा माघ महिनाको २२ गते देखि २९ गते सम्म जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगर नगरपालिकामा र माघ २२ देखि २७ सम्म सैनामैना, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी…