विश्व क्यान्सर दिवसः रुपन्देहीमा ४७८ को उपचारका लागि सिफारिस

स्वास्थ्यसमाचार / आज विश्व क्यान्सर दिवस नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यसै अवसरमा सार्वजनिक तथ्यांकले रुपन्देही जिल्लामा क्यान्सर उपचारको बोझ वर्षेनी बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको सिफारिसअनुसार विपन्न नागरिक उपचार कोषमार्फत रुपन्देही जिल्लाका ४सय८७ जना क्यान्सर पीडितले निःशुल्क उपचार सेवा लिन सिफारिस पाएका छन् । यस्तै, लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश स्वास्थ्य उपचार कार्यक्रममार्फत प्रति बिरामी दुई लाख रुपैयाँ आर्थिक सहयोगका लागि २सय४८ जना क्यान्सर बिरामी सिफारिस भएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । लुम्बिनी प्रदेशमा क्यान्सर लागेका विरामीको संख्या बढ्दै…

तिलोत्तमा जेसिजको पदस्थापना: वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. भुसाल सम्मानित

स्वास्थ्यसमाचार/ तिलोत्तमा जेसिजले आफ्नो १४औँ पदस्थापना दिवसको अवसरमा दुई जना सामाजिक योगदानकर्तालाई सम्मान गरेको छ। ड्राइभरटोलमा आयोजना गरिएको कार्यक्रममा बरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्ट डा. मोहन भुसाललाई सम्मान गरिएको हो। Gastro Center, बुटवलमा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिस्टको रुपमा कार्यरत डा. भुसालले राजधानी बाहिर पनि अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। त्यसैगरी, सर्पदंश उपचारमा लामो समयदेखि सक्रिय रहेका विशाल पाण्डेलाई पनि सम्मान दिइएको थियो। समारोहमा तिलोत्तमा जेसिजका अध्यक्ष सिनेटर प्रकाश न्यौपाने, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्की, पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल तथा नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष नवराज उपाध्यायले डा. भुसाल…

रुपन्देही निपाह भाइरसको जोखिममा: सीमा नाकामा परीक्षण तीव्र

स्वास्थ्यसमाचार/ रुपन्देहीमा निपाह भाइरसको सम्भावित जोखिम बढ्दो छ। नेपालमा प्राणघातक निपाह भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई सतर्क रहन निर्देशन दिएपछि स्वास्थ्य कार्यालय रुपन्देहीले सिमाक्षेत्रमा परीक्षणलाई तीव्र बनाएको छ। भारतको पश्चिम बंगाल राज्यमा केही दिनयता निपाह भाइरसका घटनाहरू देखिएपछि नेपालमा पनि सतर्कता अपनाइएको हो। खुला सिमाना भएकाले आवतजावत गर्ने व्यक्तिलाई लक्षित गर्दै परीक्षण गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा थापाले बताइन। उनले नेपालमा अहिलेसम्म कुनै संक्रमित देखिएको छैन र केन्द्रको निर्देशनअनुसार काम भइरहेको जानकारी दिइन्। उनी भन्छिन्, “निपाह भाइरस प्रायः संक्रमित जनावरबाट…

प्रादेशिक अस्पताल सिरहाका तत्कालीन दुई प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

स्वास्थ्यसमाचार/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन दुई जना कार्यालय प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज याद सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका ८ वटा विल काउन्टरबाट संकलन भएको सेवा शुल्क बापतको रकम बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको छ । अनुसन्धानका क्रममा सफ्टवेयर अभिलेखमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचर भिडान गर्दा…

रुपन्देहीमा एचपीभी खोप अभियान माघ २५ देखि फागुन ४सम्म सञ्चालन हुने

स्वास्थ्यसमाचार/रुपन्देहीमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) माघ २५गतेदेखि फागुन ४ गतेसम्म लगाइने भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लास्तरीय खोप समन्वय समितिका पदाधिकारीहरूका लागि आयोजना गरिएको अभिमुखीकरण तथा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया गोष्ठीमार्फत एचपीभी खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। उक्त खोप अभियान माघ २५ गतेदेखि फागुन ४गतेसम्म सञ्चालन हुनेछ। जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइनेछ। विद्यालय नजाने किशोरीहरूको हकमा भने १० वर्ष उमेर समूह, गत वर्ष छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा विद्यालय नजाने ११ देखि १४ वर्ष…

नेपालमा निपाह भाइरसको जोखिम न्यून, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ /छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि मन्त्रालयले सतर्क रहन आग्रह गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद्…

क्षयरोग खोजपड्तालबाट पुसमै इलाममा ४० नयाँ क्षयरोगी पहिचान

स्वास्थ्यसमाचार/इलाम जिल्लामा क्षयरोग नियन्त्रणका लागि सञ्चालन गरिएका सक्रिय खोज तथा परीक्षण कार्यक्रमबाट पुस महिनामा मात्रै ४० जना नयाँ क्षयरोग (टीबी) का बिरामी पहिचान भएका छन्। यो तथ्याङ्कले इलाममा क्षयरोग अझै पनि एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा विद्यमान रहेको देखाएको छ, साथै सक्रिय खोज रणनीतिले लुकेर रहेका बिरामी पहिचान गर्न प्रभावकारी भूमिका खेलेको संकेत पनि दिएको छ। स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्याका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि पुस महिनासम्म जिल्लाभर कुल १०३ जना क्षयरोगका बिरामी पहिचान भई उपचारमा रहेका छन्। उहाँले समयमै रोग पत्ता लागेमा र नियमित रूपमा औषधि…

स्वास्थ्य बीमा सेवा खुम्चियो: ओपीडी सेवाको सीमा २५ हजार मात्र

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा पाउने भएका छन्। स्वास्थ्य बीमा बोर्डले ओपीडी सेवामा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दीगो बनाउने उद्देश्यले उक्त सीमा तोक्ने निर्णय गरेको हो। यो व्यवस्था आगामी फागुन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीले ओपीडी सेवाबाट वार्षिक २५ हजार रुपैयाँसम्मको सुविधा लिन सक्नेछन्। त्यसपछि आवश्यक पर्ने उपचार सुविधा भने अस्पताल भर्ना (आईपीडी) र आकस्मिक (इमर्जेन्सी) सेवामार्फत उपयोग गर्न सकिनेछ। उनका अनुसार बोर्डको…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भयो क्यान्सर उपचार सेवा

स्वास्थ्यसमाचार /यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान प्रशासनले जनाएको छ । प्रतिष्ठानका निमित्त डीन प्राडा रमेश कँडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा उमेश नेपालको रोहबरमा उक्त सम्झौता भएको हो । यहाँ क्यान्सरसम्बन्धी उपचारको व्यवस्था नहुँदा यसअघि साविक राप्ती अञ्चलसहित पश्चिम…

लुम्बिनी आयुर्वेद चिकित्सालयमा १,०६५ बालबालिकाले पाए ‘स्वर्णविन्दु प्राशन’

स्वास्थ्यसमाचार/ बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा आइतबार १,०६५ जना बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको छ। चिकित्सालयले दिएको जानकारी अनुसार, माघ १८ गते तेस्रो चरणमा सञ्चालन भएको यस कार्यक्रममा बालबालिकाको स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, हड्डीको विकास र मानसिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यका साथ प्राशन गराइएको हो। लुम्बिनी आयुर्वेद चिकित्सालयकी प्रमुख डा. कलाबती विश्वकर्मा ले बालबालिकाको ठूलो भिड भएकोमा खुसी व्यक्त गर्दै स्वर्णविन्दु प्राशन प्राकृतिक आयुर्वेदिक तत्वहरूको संयोजनले स्वास्थ्य सुधारमा सहयोग पुग्ने भएकाले अभिभावकहरूले आफ्ना बालबालिकालाई अवश्य खुवाउन आग्रह गर्नुभयो। डा. विश्वकर्माले भन्नुभयो, “स्वर्णविन्दु प्राशन नियमितरूपमा सञ्चालन हुँदै आएको छ र यसले बालबालिकाको…