स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औ वार्षिक उत्सवको अबसरमा अस्पताल मा सरसफाई कार्यक्रम गरिएको छ। अस्पताल तथा बरिपरि सरसफाई गरि त्यहा रहेका फोर निकालीएको हो ।लुम्बिनी प्रादेशिक अस्पतालका शाखा अधिकृत तथा वार्षिक उत्सव सरसफाई संयोजक बिपीन क्षेत्रीका अनुसार अस्पतालको १सय ११ औ वार्षिक उत्सको अबसरमा अस्पताल वरिपरि वाहिर सरसफाई गरिएको छ । सरसफाईमा अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भटटराई बिकास समितिका सदस्य रिज्जु श्रेष्ठ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद खनाल अस्पतालका नर्स चिकित्सक तथा अन्य कर्मचारीहरुको सहभागी रहेको वार्षिक उत्सव सरसफाई संयोजक बिपीन क्षेत्रीले बताए ।…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
न्यौपाने प्रतिष्ठानले वनाईदियो भिम अस्पतालमा आकस्मिक भवन
स्वास्थ्यसमाचार /रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अत्याधुनिक आकस्मिक भवन (इमरजेन्सी ब्लक) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान काठमाण्डौं–७, सिफलचौरको सहयोगमा भवन निर्माण भएको हो । २०७६ मंसिर ६ गते भवनको शिलान्यास गरिएकोमा अब फागुनको अन्तिम साता वा चैतको पहिलो साता अस्पताललाई भवन हस्तान्तरण गरिने लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले जनाएको छ । सामाजिक संस्थाको रुपमा रहेको प्रतिष्ठानले स्वास्थ्य सेवामा पहुँच नभएका नागरिकहरुलाई पनि न्यूनतम सेवा सुविधा पु¥याउने उद्देश्यले भवन निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष हरि न्यौपानेले बताए ।दुईतले भवन निर्माणका लागि २ करोड बढी र उपकरणमा डेढ करोड…
लुम्बिनी प्रदेश: ४२ हजार बढीले लगाए दोश्रोचरणमा कोरोना विरुद्धको खोप
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा दोश्रो चरणको कोरोना बिरुद्धको खोप ४२ हजार ५ सय १० जनाले लगाएका छन। दोश्रो फेजमा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मि तथा स्वास्थ्य स्वयमसेबिका ,स्थानिय सरकारका जनप्रतिनिधी र कर्मचारी लगाएका ब्यक्ती सिमा सुरुक्षामा खटिएका सशत्रप्रहरी बैड तथा बित्तीय संस्थामा कार्यरत कर्मचारी,न्याय सेवा समुहका कर्मचारी,पत्रकारहरुलाई कोरोना बिरुद्धको दोश्रो फेजको खोपलगाईएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीका अनुसार रुपन्देही जिल्लामा ७५सय६ कपिलबस्तुमा ६१सय ५४ दाडमा ४३सय ३३ वाकेमा ४८सय ६६ वर्दियामा ४७सय७६ पश्चिम नवलपरासीमा ३५सय ८९ अर्घाखाचीमा १८सय ६०पाल्पामा २४सय ६० गुल्मीमा २४सय ३० पुर्विरुकुममा ४सय १० रोल्पामा…
लुम्बिनी प्रादेशिक अस्पतालमा म्याराथुन दौड प्रतियोगीता सम्पन्न
स्वास्थ्य समाचार / लुम्बिनी प्रादेशिक अस्पतालको १सय ११ औ वार्षिक उत्सवको अबसरमा आज म्याराथुन दौड प्रतियोगीता सम्पन्न भएको छ । बुटबलको योगीकुटीबाट लुम्बिनी प्रादेशिक अस्पताल सम्म ३ किलोमिटर ६ मिटरको म्याराथुन दौड प्रतियोगीता भएको हो । योगीकुटीमा म्याराथुन दौडको अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई र अस्पतालका मेसु डा राजेन्द्र खनालले उदघाटन गरि सुरु भएको थियो । म्याराथुनमा पुरुष तर्फ दुर्गा बहादुर शार्कि प्रथम ऋषिराम चौधरी दोश्रो र बसन्त कार्कि तेश्रो भएका छन । महिला तर्फ सुस्मीता शर्मा प्रथम सरस्वती काफ्ले दोश्रो र बसुन्धरा भुसाल तेश्रो भएको म्याराथुन प्रतियोगिता संयोजक डा…
लुम्बिनी प्रादेशिक अस्पतालको बार्षिक उत्सव : मेसु ११ ले १ र अध्यक्ष ० गोल
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औंं बार्षिक उत्सव साताव्यापी बिभिन्न कार्यक्रम अन्तर्रत आज फुटबल खेल भएको छ । आजको खेलमा मेसु ११ ले १ र अध्यक्ष ० गोल गरेका छन।
लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औंं वार्षिकोत्सब साताव्यापी मनाईदै
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औंं बार्षिक उत्सव साताव्यापी बिभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ । यस क्षेत्रको सबैभन्दा पुरानो र ठुलो अस्पतालको रुपमा परिचित यस लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औ वार्षिक बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागेको अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका नायव सुव्वा श्रीराम पान्डेका अनुसार अस्पतालले फागुन ८ गते देखी १५ गते सम्म बिभिन्न प्रतियोगीता रक्तदान निशुल्क स्वास्थ्य शिबिर फलफुल बितरण लगायका साताब्यापी कार्यक्रम गर्दे १सय ११ औ वार्षिक उत्सव मनाउन थालिएको बताए । पान्डेले भने आज ८ गते भलीबल…
लुम्बिनी प्रादेशिक अस्पताल मेसु प्रदेश सेवा समर्पण पदकबाट विभुषित
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्थापना दिबस दाडको राप्ती प्राविधिक शिक्षालयलाइ गोवरडिहामा मनाईएको छ। राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन समेत गरिएको हो। प्रदेश स्थापना दिवसका अबसरमा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेका चिकित्सक ल्गायका स्वास्थ्य कर्मिहरुलाई विभुषित गरिएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनाललाई कोरोना अस्पताल ब्यबस्थापन लगायका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै डा खनाललाई प्रदेश सेवा समर्पण पदकबाट विभुषित गरिएको हो । त्यस्तै गुल्मी जिल्ला अस्पतालमा मेसु डा उत्तम पच्या,भिम अस्पतालका डाक्टर सुमित प्रजापती लुम्बिनी आयुर्वेद अस्पतालका कबिराज विष्णु आचार्य लाई प्रदेश सेवा समर्पण पदकबाट विभुषित…
मालिका गाउँपालिकामा निशुल्क आँखाको परिक्षण सुरू
सन्तोष महतारा गुल्मी २ फागुन/ गुल्मी गुल्मीको मालिका गाउँपालिकामा आजदेखी निशुल्क आँखा शिविर संचालन भएको छ । आज गाउापालिकाको वडा नम्बर २ दर्लिङ्गमा रहेको च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा निशुल्क आँखा परिक्षण गरिएको मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तराज भुषालले जानकारी दिएन । आज च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा ८८ जनाले आँखाको परिक्षण गराएका छन् । जसमा ६ जनालाई मोतियाविन्दुको समस्या देखिएको छ । २५ जनालाई चस्मा बितरण गरिएको मालिका गाउँपालिकाले जनाएको छ । मोतियाविन्दु देखिएकाहरूलाई यही फागुन १० गते सिमलटारीमा निशुल्क आँखाको अप्रेशन गरिने स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिए ।…
स्वास्थ्य कार्यालय रुपन्देहीले तोक्यो ४ स्थानमा कोभिड खोप केन्द्र
स्वास्थ्यसमाचार / पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई कोभिड९१९ विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालय, रुपन्देहीले ४ स्थानमा खोप केन्द्र तोकेको छ। स्वास्थ्य कार्यालयले रुपन्देहीका विभिन्न अस्पताल र सहित ४ स्थानमा खोप केन्द्र तोकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउनका लागि फागुन २ गतेदेखि ८ गतेसम्मका खोप अभियान संचालन गर्दैछ। पहिलो चरणको दोस्रो प्राथमिकतामा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायत व्यक्ति,स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि जिल्ला स्तरीय सबै सरकारी कार्यालय कर्मचारी, जिल्ला स्तरीय जनपद प्रहरी, सिमा सुरक्षामा खटिएका प्रहरी, जिल्ला स्तरीय सार्वजनिक संस्थानका कर्मचारी र जिल्ला भित्रका…
रुपन्देहीका पत्रकारले फागुन २र ३ गते कोरोना बिरुद्धको खोप लगाउने
स्वास्थ्यसमाचार/ नेपाल पत्रकार महासंघ रुपन्देहीले आफना सदस्यहरुलाई कोरोना बिरुद्धको खोप लगाउन फागुन २ र ३ गते ब्यबस्था गरिएको जनाएको छ । आज एक सुचना जारी गरि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले महासंघ रुपन्देहीका सदस्य तथा सक्रिय पत्रकारलाई आफुलाई पायक पर्ने ठाउमा कोरोना बिरुद्धको खोप लगाउने ब्यबस्था गरेको बताए। रुपन्देही जिल्लामा ३ स्थान बुटबल स्थित लुम्बिनी प्रादेशिक अस्पताल ,भैरहवाको भिम अस्पताल र युसिएमएस भैरहवामा खोप लगाउने ब्यबस्था रहेको ले पत्रकार महासंघको कार्यलयमा सम्पर्क गर्न सुचना जारी गरिएको छ । अध्यक्ष यानेन्द्र जीसी सहितको टोलीले आबश्यक सम्मन्य गर्ने समेत सुचनामा…