शुद्धोधन पहिलो निर्णय : गरिव विपन्नलाई अस्पताल आउन जान एम्बुलेन्स निःशुल्क

स्वास्थ्यसमाचार/ शुद्धोधन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिस्नु प्रसाद बस्यालले गरिब बिपन्न बिरामीकोहरुको लागीे अस्पताल सम्म आउन एम्बुलेन्स निशुल्क गर्ने निर्णय गरेका छन।

सोमबार गाउँपालिकामा पदभार ग्रहण गर्दै बस्यालले शुद्धोधन गाउँपालिका भित्र बसोबास गर्ने गरिब बिपन्न बिरामीकोहरुको लागीे अस्पताल सम्म आउन एम्बुलेन्स निशुल्क गर्ने निर्णय गरेका हुन् ।

अध्यक्ष बस्यालले गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागि हेल्प डेस्क राख्ने गाउँपालिका भित्र अति आबश्यक र आबश्यक कामहरुलाई प्राथामिकताका साथ गर्ने र शिक्षा स्वास्थ्य खानेपानी कृषि लगाएका कामलाई प्राथामिकतामा राखेर काम गर्ने बताएका छन।

सम्बन्धित शिर्षक :