सैनामैनामा ७ लक्षित समुहलाई उपचारगर्न जिल्लाभर निःशुल्क एम्बुलेन्स सेवा

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निणर्य गर्दे पदभार ग्रहण गरेका छन।

आज सोमबार पदभार गह्रण गर्दे उनले सैनामैनानगरपालिका भित्र बसोबास गर्ने अपाङ, दलित, गरिब, जेष्ठ नागरिक, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागु हुने गरि, सैनामैना नगरपालिकाको खर्चमा ३निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निणर्य गरेका छन।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सैनामैना नगरपालिका अध्यक्ष मा नेपाली कांग्रेस उम्मेदवार फणेन्द्र प्रसाद शर्मा १५,६८६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार चित्रबहादुर कार्कीलाई ५८२ मतान्तरले पराजित गरेका हुन् । पराजित चित्रबहादुर कार्कीले १५,१०४ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार विना राना १२,७६९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार मानबहादुर महतले ११,६४५ मत ल्याएका छन् ।

सम्बन्धित शिर्षक :