हृदयघातवाट महाराजगंज कांग्रेस उम्मेदवारको कुर्मीको निधन

स्वास्थ्यसमाचार /कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ।
उनको गएराति हृदयघातका कारण निधन भएको हो। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो।

कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ।कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन्।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा व्यवस्था भए अनुसार उम्मेदवारको मृत्यु भए निर्वाचन स्थगित हुन्छ । मतदानको मिति सात दिनभन्दा कम भएको अवस्थामा नयाँ निर्वाचन कार्यक्रम बनाएर मतदान गर्ने व्यवस्था गरिएको छ । यदि सात दिनभन्दा अघि नै मृत्यु भएमा भने मतदानको मिति सार्न पर्ने छैन ।

सम्बन्धित शिर्षक :