सियारीका ४ निर्णय : गर्भवती महिलाका लागि फोलिक एसिड देखी वृद्धवृद्धा, अशक्त र अपांगलाई घरदैलो सेवा

स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थानेश्वर घिमिरेले चारबटा निर्णय गरेका छन। सोमबार गाउँपालिकामा पदभार ग्रहण गर्दै नवर्निचित अध्यक्ष थानेश्वर घिमिरेले पदभार ग्रहण गरेसंगै ४ निर्णय गरेका छन।

१) गर्भवती महिलाका लागि फोलिक एसिड ट्याब्लेट ३ महिना सम्म निशुल्क उपलब्ध गराउने २) ७० बर्ष उमेर पुगेका वृद्धवृद्धा, अशक्त तथा अपांग नागरिकको लागि घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने ब्यवस्था गर्ने ३) रेडक्रस संग समन्वय गरि रगत आवश्यक पर्ने बिरामी हरुलाई निःशुल्क रगत उपलब्ध गराउने ४) क्यान्सर रोगबाट ग्रसित भई उपचाररत रहनु भएकाअमवा गाविसका पूर्व गाविस अध्यक्ष भवानी शंकर सापकोटालाई उपचार सहयोगका लागि ५१,००० आर्थिक सहयोग उपलब्ध गराउने निणर्य गरेको अध्यक्ष घिमिरेले बताए।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सियारी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार थानेश्वर घिमिरे १०,०४५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार अयोध्या थारुलाई २,७७७ मतान्तरले पराजित गरेका हुन् । पराजित अयोध्या थारुले ७,२६८ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार तारा थारु ८,९९० मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार अमृता गुरुङगले ७,२६९ मत ल्याएकी छन् ।

सम्बन्धित शिर्षक :