देवदह नगरपालिकामा मातृशिशु स्याहार तथा पोषण कार्यक्रम सफल

स्वास्थ्यसमाचार/  देवदह नगरपालिकाले गर्भवती, सुत्केरी र शिशुको स्वास्थ्य स्याहार तथा पोषण कार्यक्रम सफल पारेको छ ।नगरपालिकाभित्रका सबै स्वास्थ्यकेन्द्र र अस्पतालबाट सबै वडामा गर्भवती महिला, सुत्केरी तथा नवजातशिशु स्याहार तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरी कुपोषण न्यूनीकरणमा समेत पहिलो चरणको काम शतप्रतिशत सफल भएको हो ।

विगत केही वर्षयता आमा तथा शिशु स्वास्थ्य सेवा देवदह नगरपालिकामा प्रभावकारी भएको स्थानीयले बताए । मातृशिशु मृत्यूदर घटाउने र स्वस्थ मानव सहर बनाउने उद्देश्य रहेको नगरपालिकाको भनाइ छ ।

विसं २०७४ सालमा भएको निर्वाचनबाट स्थानीय सरकारका रूपमा नयाँ जनप्रतिनिधि आएपछि देवदहमा विगतमा जस्तो गर्भवतीको स्वास्थ्य परीक्षण, सुत्केरी गराउने र आमा तथा नवजातशिशु स्याहारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

स्थानीय सरकार नहुँदा महिला तथा बालबालिका सामान्य उपचारका लागि पनि देवदह छोडेर बुटवल भैरहवालगायत स्थानमा जानुपर्ने अवस्थाको अन्त्य भएकोमा देवदहबासी खुसी व्यक्त गर्दछन् । उनीहरूले विगतमा बाहिर जानु पर्दथ्यो । तर, अहिले स्वास्थ्य सेवा नगरभित्रै पाएपछि आफूmहरूले राहत महसुस गरेको भन्दै स्थानीय सरकारलाई महिलाले धन्यवाद दिन थालेका छन् ।

देवदह, केरवाली र सिक्टहन स्वास्थ्यचौकी र देवदह मेडिकल कलेज गरी चार स्थानबाट गर्भवती महिलाका लागि चार पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

साथै, गर्भवती महिलाका लागि आवश्यक पर्ने आइरन चक्की र क्याल्सियम दिने, गर्भवती र सुत्केरीका लागि यातायात खर्चबापत १८ सय रुपैयाँ प्रदान गर्ने, निःशुल्क शल्यक्रिया सेवा दिने, साबुन, एक क्यारेट अन्डा, आयोडिनयुक्त नुनसहितको पोषण झोला उपलब्ध गराउने गरिएको जनस्वास्थ्य अधिकृत काशीनाथ बन्जाडे बताउँछन् ।

साथै, सुत्केरी महिलालाई ४५ दिनसम्म घरमै पुगेर दुई पटक स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत गरिएको अधिकृत बन्जाडेले बताए ।यस्तो सेवा लिनेमध्ये अधिकांश २१ देखि ३५ वर्ष उमेर समूहका अधिकांश महिला रहेको उनले जानकारी दिएका छन् । देवदहमा रहेका गर्भवती महिला तथा शिशुले उपचारका अभावमा अकालमै ज्यान गुमाउन नपरोस् भनेर मातृमृत्युदर तथा शिशु मृत्युदर कम गर्न लागि कार्यक्रम सञ्चालन गरिएको पनि उनले बताए ।

महिला गर्भवती भएको चार महिनादेखि नौ महिनासम्म चार पटकसम्म देवदहमा रहेका स्वास्थ्यचौकी गएर निःशुल्क चेक जाँच गर्न पाउने व्यवस्था नगरपालिकाले मिलाएको छ । सो सेवा देवदह स्वास्थ्यचौकी, सिक्टहन स्वास्थ्यचौकी, केरवानी स्वास्थ्यचौकीमा वरथिङ सेन्टर सञ्चालन गरिनुका साथै देवदह मेडिकल कलेजमा मिलाइएको अधिकृत बञ्जाडेले जानकारी गराएका छन् ।

देवदह नगरपालिकाभित्र रहेका स्वास्थ्यचौकीमा गत वर्ष कुल १५ सय ६ जनाले गर्भवतीको चेकजाँच गराएका थिए भने जम्मा डेलिभरी भने एक हजार अठार जना स्वास्थयचौकी र मेडिकल कलेजमा भएका थिए ।

गतवर्ष मेडिकल कलेजमा ६ सय जना र देवदहका तीन वटा स्वास्थ्यचौकीमा चार सय अठार जना गर्भवती भएका थिए । यो अहिलेको नौ महिनामा भने गर्भवती चेक जाँच गर्नेको सङ्ख्या एघार सय पच्चीस छ । यो वर्ष मेडिकल कलेजमा डेलिभरी हुनेको सङ्ख्या नौ सय सत्ताइस जना छन् भने स्वास्थ्यचौकीमा तीन सय उन् पचास जनाले सो सेवा लिएका छन् ।

गर्भवती महिलालाई चाहिने आइरन चक्की नेपाल सरकारले निःशुल्क वितरण गर्ने गरे पनि नगरपालिकाले चेक जाँचका क्रममा आउने गर्भवती महिलालाई स्वास्थ्यचौकीबाट आइरन चक्कीका साथै क्याल्सियम पनि निःशुल्क वितरण गरेको उनले बताए ।

महिला सुत्केरी भएको थप ४५ दिनसम्मका लागि क्याल्सियम दिने, तीनपटक पिएनसी चेकअप सुत्केरी महिलाको घरमै गएर निःशुल्क गर्ने व्यवस्था पनि नगरपालिकाले गर्दै आएको छ ।

गर्भवती महिला तथा शिशु स्याहार कार्यक्रम सञ्चालनका लागि देवदह नगरपालिकाले वार्षिक रूपमा पोषणतर्फm पाँच लाख र शल्यक्रियातर्फm एक करोड ४५ लाख रुपैयाँ छुट्टाउने गरेको देवदह जनस्वास्थ्य अधिकृत बञ्जाडेले बताए ।शल्यक्रिया गर्नुपरेमा गर्भवती महिलालाई सिँधै देवदह मेडिकल कलेज पठाइने र निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको बञ्जाडेले बताए ।

देवदह मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिएका गर्भवती महिलाका लागि सुत्केरी हुँदा शल्यक्रिया गर्दा लगायत लाग्ने खर्च मेडिकल कलेजले भौचर ल्याएको नगरपालिकाबाट सिँधै चेक लिएर जाने गरेको उनले बताए ।

कार्यक्रम सञ्चालनका लागि सङ्घीय सरकारको सहयोग र आन्तरिक सहयोगबाट सञ्चालन भइरहेको उनले बताए । स्वास्थ्यचौकीमा सुत्केरी भएका महिलालाई यातायात खर्चबापत एक हजार, एक क्यारेट अण्डा, आधा केजी ध्यू, सरकारको न्यानो झोला, साबुन दुईवटा, एक पोका नुन, झुल गराएर पोषण झोला वितरण गर्ने कार्य नगरपालिकाले गर्दै आएको छ ।यो सेवा लिनेमा २० देखि ४० वर्ष उमेर समूहका महिला छन् ।

आजभन्दा करिब पाँच वर्षअघि नेपालमा मातृमृत्युदर हुनेमा प्रति एक लाख महिलामा पाँच सय सत्तरी रहेकोमा अहिले प्रतिलाख महिलामा दुई सय उन्चालिसमा झरेको र देवदहको सन्दर्भमा मातृमृत्युदर र शिशु मृत्युदर शून्य अवस्थामा झरेको अधिकृत बञ्जाडेले बताए ।गर्भवती महिलालाई स्वास्थ्यचौकीहरूमा गरिने व्यवहार एकदमै राम्रो भएको केरवानी स्वास्थयचौकीबाट स्वास्थ्य सेवा लिनु भएकी केशरी थापाले बताइन् ।

नगरपालिकाले गर्भवती महिला तथा शिशु स्याहार कार्यक्रम चलाएपछि आफूmहरूलाई धेरै सरल र सहज भएको भन्दै खुशी व्यक्त गरेका थिए । नगरपालिकाको संयोजनमा स्वास्थ्यचौकीले चलाएको कार्यक्रम निकै फलदायी भएको देवदह स्वास्थ्यचौकीबाट लाभ लिएकी जानकी भट्टराईले बताइन् ।

 

सम्बन्धित शिर्षक :