छत्रकोट पहिलो निर्णय : श्रृङ्गा र खज्र्याङ्ग स्वास्थ्यलाई एम्बुलेन्स किन्ने

स्वास्थ्यसमाचार /गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष रामप्रसाद पाण्डेयले दुईवटा एम्बुलेन्स किन्ने निर्णय गरेका छन् ।

शुक्रबार गाउँपालिकामा पदभार ग्रहण गर्दै पाण्डेयले छत्रकोट गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा र खज्र्याङ्ग स्वास्थ्य चौकीमा एम्बुलेन्स रहने गरी दुईवटा खरिद गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै गाउँपालिका–६ दौघामा खानेपानी समस्या समाधानका लागि पानी तान्ने पम्प खरीद गर्ने निर्णय पनि अध्यक्ष पाण्डेयले गरेका छन् ।गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागि हेल्प डेस्क राख्ने पनि उनले बताए ।

गाउँपालिका अध्यक्ष पाण्डेयले आफ्नो पालिका भित्र एम्बुलेन्स नभएसम्म सरकारी सुविधाको गाडी प्रयोग नगर्ने बताएका थिए ।उनले पालिकाभित्र स्वास्थ्य उपचारको लागि एम्बुलेन्स नपाउने वातावरणको अत्यका लागि यस्तो निर्णय गरेको बताए ।

सम्बन्धित शिर्षक :