स्वास्थ्यसमाचार/ पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजबाट हाम फालेर एकजनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमैको अस्पतालको छतबाट हाम फालेर मृत्यु भएको हो । गत बैशाख ९ गते भाइको घर पाल्पा रामपुरबाट आफ्नो घरतर्फ जाने क्रममा घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए ।लडेर घाइते भएका सोमैलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइएकोमा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको थियो। उपचारका क्रममा रहेका सोमैले अस्पतालको पाचौं तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
प्राकृतिक चिकित्सा पद्धति विस्तारका लागि सचेतना फैलाऊँ
प्रा देवी भक्त ढकाल/ प्राणी मात्रको जीवनसँग एउटामात्र यस्तो साथी छ जसले सधैं-सधैं जीवलाई साथ दिन्छ । दुःखमा होस्, सुखमा, आँसु वा रोदनमा होस्, बाल्यकाल, यौवनकाल, वृद्धावस्थामा नै किन नहोस् सबै समयमा साथ दिने भनेको एउटामात्र साथी छ । त्यो हो जीवनको पर्यायवाची शब्द श्वासप्रश्वास । श्वासप्रश्वास र जीवनको सम्बन्धको व्याख्यान जटिल विषय हो । जीवसँग श्वासप्रश्वास छुट्टिने कल्पनासम्म गर्न सकिन्नँ । श्वासप्रश्वास र जीवनको नितान्त अभिन्न सम्बन्ध छ । जीवनसँगबाट श्वासप्रश्वासको तत्व छुट्टियो भने जीवको अस्तित्व तत् क्षण नै समाप्त हुन्छ । श्वासप्रश्वास र जीवनलाई भिन्नाभिन्नै कल्पना नै गर्न…
‘विश्व औलो दिवस’ : जनशक्ति , किट र बजेटको अभावले लक्ष्यमा पुग्न समस्या
स्वास्थ्यसमाचार /औलोभार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नाराका साथ सोमबार देशभर विश्व औलो दिवस मनाईएको छ।रुपन्देहीको बुटवल र भैरहवामा पनि औलो दिवस मनाइएको छ।बुटबलमा अन्तरक्रियाको आयोजना गरी विश्व औलो दिवस मनाइएको हो। लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय,स्वास्थ्य निर्देशनालयले अन्तरक्रियाको आयोजना गरेको हो।सन् २०२५ सम्ममा नेपाललाई औलो मुक्त राष्ट्र बनाउने सरकारको परिकल्पना छ। औलोमुक्त राष्ट्र बनाउने लक्ष्य अनुसार २०२२ अर्थात यस वर्ष स्थानीय औलोलाई शुन्यमा पुराउने र औलोबाट हुने मृत्यु दर शुन्यमा कायम गर्ने सरकारको योजना छ। तर दक्ष जनशक्तिको अभाव, किटको अभाव र…
कांग्रेसको स्वास्थ्य संकल्प : निःशुल्क स्वास्थ्य बीमादेखि सुत्केरी महिलालाई ५ हजार भत्तासम्म
स्वास्थ्यसमाचार/कांग्रेसले सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी भन्ने नारासहित स्वास्थ्य क्षेत्रमा पनि लोकप्रिय अवधारणा अघि सारेको छ । कांग्रेसले हाल बढ्दो नसर्ने रोगको भार न्यून गर्न, स्वास्थ्यमा जनताको खल्तीबाट हनुे खर्च कम गर्न, संविधान र दिगो विकासका लक्ष्यअनुसार स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच कायम गर्न गुणस्तरीय स्वास्थ्य सेवालाई आफ्नो सरकारले उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ । कांग्रेसको नेतृत्व भएका स्थानीय तहले स्वास्थ्य क्षेत्रको बजेट कम्तिमा १० प्रतिशत पुर्याउने घोषणा गरेको छ । त्यस्तै, हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र, गाउँ–नगरपालिकामा विशेषज्ञ सेवा सहितको प्राथमिक अस्पताल,…
पाल्पाको तिनाउ जिल्लामै पहिलो पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा
स्वास्थ्यसमाचार/पाल्पाको तिनाउ गाउँपालिका जिल्लामै पहिलो कोभिड १९ विरुद्धको पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा भएको छ । ९५ प्रतिशत नागरिकलाई खोप लगाई सम्पन्न भएकाले तिनाउलाई पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकाका १२ बर्ष सम्मका उमेर समुहलाई खोप लगाईएको छ । ३६ जना स्वास्थ्यकर्मी, ३८ जना स्वयंसेवीका र ३ जना निगरानी सदस्य खोप अभियानमा खटिएका थिए । घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले पुर्ण खोप लगाउने काममा तिनाउका स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेविका निकै जिम्मेवार तरिकाले लागिपरेको बताउनुभयो । डाक्टर गिरिले थोरै स्थानिय तहहरुले मात्र मसिनो ढङ्गले…
पाल्पामा नियमित खोपमा टाइफाइड खोप शुभारम्भ
स्वास्थ्यसमाचार/ पाल्पा जिल्लामा टाइफाइडको खोप नियमित भएको छ।आज एक कार्यक्रमका बिच पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले नियमित खोप शुभारम्भ गरेका छन। नियमित खोप शुभारंभ गर्दे प्रमुख जिल्ला अधिकारीले यो नयाँ खोपले टाइफाइडबाट वालवालिकाहरुलाई सुरक्षा हासिल गर्ने वताए। शुभारम्भ कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले खोपले बढ्दै गइरहेको औषधी प्रतिरोधी टाइफाइड जीवाणुको विश्वब्यापी स्वास्थ्य समस्याको न्यूनिकरण यो खोपले गर्ने बताए । डा गिरीले टाइफाइड खोप कार्यक्रमका साथसाथै स्वास्थ्य शिक्षा, पानी र सरसफाईमा सुधार र स्वास्थ्यकर्मीहरूका लागि रोगको पहिचान र उपचार सम्बन्धी ध्यान दिन जरुरी रहेको बताए…
लुम्बिनी प्रदेश सहित तराईका जिल्लामा आउँदो ३ दिन ‘लू’ चल्ने
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसहित तराईका जिल्लामा आउँदो तीन दिन तातो हावा चल्ने भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । भारतको मौसम विभाग र बैंककमा रहेको क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रीभन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियस भन्दामाथि तापक्रम पुगेको छ । यसअघि नै विज्ञहरूले नेपालमा यस वर्ष…
श्वासबाट कोरोना परीक्षण गर्ने विधिलाई अनुमति, ३ मिनेटमै रिपोर्ट
एजेन्सी/ अमेरिकामा श्वासबाट कोरोना परीक्षण गर्ने विधिले अनुमति पाएको छ। बिहीबार अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो। सो ब्रेथालाइजरलाई मोबाइल वा घुम्ती परीक्षणमा प्रयोग गर्न प्रभावकारी हुन सक्ने एफडीएले जनाएको छ। यसको प्रयोगबाट ३ मिनेटभन्दा थोरै समयमा कोरोना परीक्षणको नतिजा दिने बताइएको छ।पछिल्लो समय गरिएको अध्ययन परीक्षणका क्रममा यस विधिबाट ९१ प्रतिशत पोजेटिभ भएका संक्रमितको नतिजा सही भएको र करिब शतप्रतिशत नेगेटिभ रहेकाको नतिजा देखाएको थियो। ओमिक्रोन भेरियन्टमा पनि सोही किसिमको नतिजा देखाएपछि एफडीएले प्रयोग अनुमति दिएको हो। यद्यपि पोजेटिभ देखिएका व्यक्तिको भने थप…
स्वास्थ्यको १६ अर्ब रुपैयाँ अर्थले रोक्यो अप्ठ्यारोमा स्वास्थ्य मन्त्रालय
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बजेटमा रहेर खर्च गरेको १६ अर्बभन्दा बढी रकम अर्थ मन्त्रालयले निकासा रोकिदिएको छ । पछिल्लो ८ महिनादेखि स्वास्थ्य मातहतका निकायहरुलाई निकासा गर्नुपर्ने १६ अर्ब १४ करोड ८४ लाख २ हजार रुपैयाँ अर्थले निकासा नदिँदा स्वास्थ्य मन्त्रालय अप्ठ्यारोमा परेको छ । मन्त्रालय स्रोतकाअनुसार साउनदेखि फागुनसम्म नियमित बजेटअन्तर्गत खर्च भएको रकम माग गर्दा अर्थका अधिकारीहरुबाट आलटाल हुने गरेको छ । धुलिखेल अस्पतालको उपकरण खरिदका लागि साउन-भदौतिरै निकासा दिनुपर्ने १० करोड अर्थले अझै निकासा दिएको छैन् । यसैगरी, कोभिड-१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमको ८२ करोड, कोभिड-१९ नियन्त्रण…
९० प्रतिशत नेपालीले लगाए कोराना बिरुद्धको पूर्णखोप :स्वास्थ्य मन्त्रालय
स्वास्थ्यसमाचार/ सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ। २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए। उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो। चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान सुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको उनले दाबी गरेका हुन्। अधिकारीले लगभग ९५ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेको र ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा…

