मधुवनी स्वास्थ्य चौकिमा कार्यरत गोमा गुरुङको कोरोनाबाट मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्य चौकिमा सिअनमी पदमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उपचारकै क्रममा भैरहवास्थित भिम अस्पतालमा सिअनमी गोमा गुरुङको निधन भएको खुदाबगर स्वास्थ्य चौकीका सिअहेब प्रमोद ज्ञवालीले बताए । रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मि मृत्यु भएको पहिलो रहेको छ । उनी २० बर्ष भन्दा बढी स्वास्थ्य सेवाको क्षेत्रमा सक्रिय रुपमा कार्यरत रहेकी थिईन ।

सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निस्शुल्क

स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरस संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले यससम्बन्धी आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको एक मन्त्रीले जानकारी दिए।नि:शुल्क उपचारको प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो। सोही प्रस्तावलाई मन्त्रिपरिषदले पास गरेको ती मन्त्रीले बताए। ‘नि:शुल्क त पहिले पनि थियो। तर विवाद आएका कारण थप प्रष्ट पार्ने काम भएको हो‘, ती मन्त्रीले…

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिने, यो कस्तो प्रवृति हो स्वास्थ्यकर्मी संघ

स्वास्थ्यसमाचार / कोरोना भाइरसको उपचार र व्यवस्थापनमा खटिएर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई सरकारले सम्बोधन गर्न नसकेकोभन्दै नेपाल स्वास्थ्यकर्मी संघले आपत्ति जनाएको छ। पटक-पटक स्वास्थ्यकर्मीका समस्याको समधान गर्न स्वास्थ्य मन्त्रालयमा पहल गर्दा हालसम्म सम्बोधन हुन नसकेको संघका अध्यक्ष रामजी घिमिरेको आरोप छ।संघले सोमबार मन्त्रालयका सचिव लक्ष्मण अर्याल समक्ष स्वास्थ्यकर्मीबारे १३ बुँदे ज्ञापन पत्र पेस गरेको छ।कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७’ कोभिड केस इन्भेस्टिगेसन तथा कन्याक्ट ट्रेसिङ टिम परिचालन तथा व्यवस्थापन निर्देशिका २०७७’ अनुसार सबै स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता पाउने गरी निर्देशिका अनुसार व्यवस्थापन गर्न संघले माग…

तिलोत्तमा नगरपालिका वडा नं १२मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १४ पुगेको छ । आइतबारबाट वडा नं. १२ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै सरकारी स्वास्थ्य संस्थाको संख्या १४ पुगेको हो । वडा नं. १२ को मोहनाजोत भाटामा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो । चालु आर्थिक वर्षमैं वडा नं. ९ मा समेत स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी छ । स्वास्थ्य…

तिलोत्तमा नगरपालिका सामुदायिक विद्यालयमा स्टाफ नर्स

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिका एक दर्जन सामुदायिक विद्यालयहरुमा स्टाफ नर्स राखिने भएको छ ।नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका १२ वटा विद्यालयमा स्टाफ नर्स नियूक्त गरिएको तिलोत्तमा नगरपालिकाका प्रशासकीय प्रमुख माधवप्रसाद शर्माले वताए । विद्यालयमा प्राथमिक उपचार तथा स्वास्थ्य सुरक्षाका लागि छनोट भएका प्रत्येक विद्यालयहरुमा स्टाफ नर्स नियूक्त गरिएको हो । नगरमा रहेका कुल ४३ विद्यालय मध्ये बाँकी रहेका अन्य सामुदायिक विद्यालयहरुमा समेत शैक्षिक मापदण्ड पूरा गर्ने योजनामा नगरपालिका रहेको छ । तिलोत्तमामा ३९ वटा निजी विद्यालय रहेका छन् ।विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत…

ओझेलमा परेको आयुर्वेद र योगलाई कोरोनाले व्यूतायो :नगरप्रमुख सुवेदी

रीमा बिसी स्वास्थ्यसमाचार /आयुवेर्दिक चिकित्सा पद्धति र योगलाई प्रवद्र्धन गर्दे अगाडी लैजान सके रोगसँग लडन सक्ने रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । लुम्बिनी आयुर्वेद चिकित्सालयले कार्तिक २१ बुटवलमा आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा यस्तो कुरा बताएका हुन । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आयुवेर्दिक चिकित्सा पद्धतिको प्रयोग पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउदै कोरोनाले रोगप्रतिरोधात्मक क्षमता बलियो भएकालाई केही गर्न नसक्ने र कमजोर भएकालाई असाध्यैठूलो समस्याको सामना गर्नुपरिरहेको वताए । प्रमुख सुवेदीले ओझेलमा परेको आयुर्वेद र योगको महत्वलाई कोरोनाको कहरले व्यूताएको बताउदै ।…

बुटबल उपमहानगरलाई दुईलाख थान सर्जिकल माक्स

स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सञ्चालन गरिरहेको महामारीविरुद्धको अभियानमा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको छ । अस्पताल निर्माण, आइसोलेशन सेन्टर निर्माणदेखि स्वास्थ्य सुरक्षाका विभिन्न सामग्रीहरु सहयोग गर्दै महामारीविरुद्धको अभियानमा सहकार्य जारी छ । बुटवलमा कोरोना विशेष अस्पताल र मुलुकमै नमुना आइसोलेशन सेन्टर निर्माणदेखि महामारीविरुद्धका विभिन्न काममा निजी क्षेत्र एवं सामाजिक संघ(संस्थाले सहकार्य गरेका छन् । यसै क्रममा महामारीविरुद्धको बुटवल उपमहानगरपालिकाको अभियानमा चाईनिज मोनास्ट्रीरकिंग वल्ड हेल्थ केयर र ज्याङ्कजी हेइङ फार्मासेटिकल कम्पन्नी प्रा.लि. लिमिटेडको सहयोगमा आएको सर्जिकल मास्कलाई ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले बुटबल उपमहानगर पालिकाका लागि हस्तान्तरण गरेको हो ।…

कोरोनाबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन

स्वास्थ्यसमाचार/ पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ।  उनको उपचारका क्रममा आज बिहान ६:२५ बजे नर्भिक अस्पतालमा निधन भएको हो। यही दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पताल भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। नर्भिकमा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ :२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।महरा माइस्थेनिया नामक रोगबाट…

लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी हुन आएकी गुल्मी मदाने ३की महिलाको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझेका छैनन । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । अस्पतालको लापर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित…

१८ दिनमा कोरोना जितेका तिलोत्तमा नगरप्रमुख भन्दछन आयुर्वेद र हौसलाले कोरोना जिते

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले १८ दिनका दिन कोरोना जितेको बताएका छन। कोरोना मुक्त भएपछि नगरप्रमुख घिमिरेले सबैलाई धन्यवाद दिदै आफुकोरोना संक्रमण हुदा आफनो अनुभब आफुले प्रयोग गरेको औषधी र कोरोना के हो आफुले कसरी जितेको यसरी आफनो अनुभब प्रस्तुत गरेका छन ।उनको अनुभबहामीले जस्ताको तस्तै प्रस्तुत गरेका छौ सम्पादक :- आदरणीय शुभेच्छुक तथा नगरबासी महानुभावहरु नगर प्रमुखको रुपमा कोरोना महामारी सुरुभएदेखि नैं नगरबासीको काममा निरन्तर खटिँदै आएको थिएँ । नगरबासीलाई कोरोना महामारीबाट बचाउन गत चैतबाटैं क्वारेन्टाइन सञ्चालन, भारतबाट आएर सीमामा अलपत्रहरुको उद्धार, आइसोलेशन सञ्चालन, लकडाउनबाट प्रभावितहरुलाई राहत वितरण,…