निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा तोसिमा द्धारा :स्वास्थ्य मन्त्री बस्नेतको राजिनामा माग

स्वास्थ्यसमाचार/निवर्तमान स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा तोसिमा कार्कीले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको राजिनामा मागेकी छन् । स्वास्थ्य मन्त्री बस्नेतले मंगलबार पत्रकार सम्मेलनमा दिएको विवादास्पत अभिव्यक्तिलाई लिएर सांसद डा कार्कीले राजिनामा मागेकी हुन् ।

मन्त्री बस्नेतले हिजो ‘एक जना स्वास्थ्यकर्मी सरुवा रोक्नका लागि आत्महत्या गर्ने सम्मको धम्की दिने गरेको भन्दै आफूले सचिवहरुलाई त्यस्तो धम्की दिन आए झुण्डिनका लागि डोरी किनेर पठाइदिनुहोस’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिले आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै सर्बत्र आलोचना भएको छ ।

सांसद डा कार्कीले केही वेर अघि सामाजिक सञ्जालमा टिप्पणी लेख्दै मन्त्रीको अभिव्यक्तिलाई तुच्छ निकृष्ट आपत्तिजनक अभिव्यक्ति भएको बताएकी छन् । उनले भनेकी छन्, ‘न्युन पारिश्रमिकमा दिन रात बिरामीहरुको सेवामा जीवन अर्पिएका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालय सँग दरबन्दीको र आफ्नो कार्यक्षेत्र उचित व्यवस्थापनको मद्दत माग्न जाँदा, मलाइ त्याहाँ काम गर्न गार्हो भईसक्यो आत्महत्या गरुँ जस्तो भईसक्यो भनि हार गुहार गर्न जाँदा त्यसरी ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छू यस्तो तुच्छ निकृष्ट आपत्तिजनक अभिव्यक्ति दिन मिल्छ रु’

उनले नेपाल दक्षिण एशियामै सबैभन्दा बढी आत्महत्याबाट मृत्यु हुने देश रहेको भन्दै पछिल्लो समय देशमा पेशागत नैरास्यताका कारण डाक्टर नर्स स्वास्थयकर्मीहरु विदेशीने मात्र हैन उनीहरुमा आत्महत्या गर्ने क्रम पनि बढ्दो भएको बताएकी छन् ।

उनले अगाडी थपेकी छन्, ‘यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रको अभिभावक भएर तमाम देश भरीका स्वास्थ्यकर्मीहरुको श्रम पसिना र उनीहरुको दुख त्यागको सम्मानजनक सम्बोधन गर्नुसाटो उल्टै यसरी निरुत्साहित गर्ने र आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाई स्वय्म् स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक मात्र हैन सम्पूर्ण स्वास्थ्यकर्मी र राष्ट्रलाई नै घातक हुन सक्छ्र त्यसैले नैतिकताको आधारमा स्वास्थ मन्त्री मोहन बहादुर बस्नेतले तत्कालै राजीनामा दिनुपर्छ ।’

हेर्नुहोस उनको अभिव्यक्ति

समाजको वृहत्तर हितको लागी आज मैले पनि प्रष्ट कुरा गर्नैपर्छ, स्वास्थ्य मन्त्री जस्तो स्वास्थय क्षेत्रको अभीभावक हुनुपर्नेमा,

न्युन पारिश्रमिकमा दिन रात बिरामीहरुको सेवामा जीवन अर्पिएका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालय सँग दरबन्दीको र आफ्नो कार्यक्षेत्र
उचित व्यवस्थापनको मद्दत माग्न जाँदा, मलाइ त्याहाँ काम गर्न गार्हो भईसक्यो आत्महत्या गरुँ जस्तो भईसक्यो भनि हार गुहार गर्न जाँदा त्यसरी‘। ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छू यस्तो तुच्छ निकृष्ट आपत्तिजनक अभिव्यक्ति दिन मिल्छ ।

हाल दक्षिण एसियामै सबै भन्दा बढी आत्महत्या मृत्युदर नेपालको छ्र दैनिक रुपमा १७(१९ युवा युवतिले आत्महत्या गरिरहेका छन्, पछिल्लो समय देशमा पेशागत नैरास्यताका कारण डाक्टर नर्स स्वास्थयकर्मीहरु विदेशीने मात्र हैन उनीहरुमा आत्महत्या गर्ने क्रम पनि बढ्दो छ । यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रको अभिभावक भएर तमाम देश भरीका स्वास्थ्यकर्मीहरुको श्रम पसिना र उनीहरुको दुख त्यागको सम्मानजनक सम्बोधन गर्नुसाटो उल्टै यसरी निरुत्साहित गर्ने र आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाई स्वय्म् स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक मात्र हैन सम्पूर्ण स्वास्थ्यकर्मी र राष्ट्रलाई नै घातक हुन सक्छ । त्यसैले नैतिकताको आधारमा स्वास्थ मन्त्री महोन बहादुर बस्नेतले तत्कालै राजीनामा दिनुपर्छ ।

सम्पूर्ण सरोकारवाल निकायहरुको ध्यानाकर्षण होस् ्र

सम्बन्धित शिर्षक :