प्युठान जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार /प्युठान जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थमन्त्री राजु खनालले प्युठान जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्नु भएको हो।

पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले सर्ने रोगबाट बचाउन खोप अनिवार्य भए जस्तै नसर्ने रोग लाग्न नदिन सचेतना अभियान चलाउन पनि आबश्यक रहेको बताउनु भयो ।

यसका लागि प्रदेश सरकारले भान्सा सुधार कार्यक्रम ल्याएको बताउनु भयो । जिल्लाका नौ वटा स्थानीय तहका ६४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो।

जिल्लाका जन्मेदेखि ५ बर्ष मुनिका ४ हजार १ सय भन्दा बढी बालबालिकाहरुले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धर्मबहादुर जि सीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सचिब डा. जर्नादन पन्थी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी स्वास्थ्य कार्यलय प्युठानका प्रमुख हेमराज पान्डे लगायले बोल्नु भएको थियो।

जिल्लाका स्थानीय तहका प्रमुख,उपप्रमुख, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि,राजनीतिक दल, संघसस्था, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।यसैबीच कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि सहयोग पुर्‍याउने विभिन्न व्यक्तिलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

सम्बन्धित शिर्षक :