लुम्बिनी आयुर्वेद चिकित्सालयमा बिरामीको आर्कषण बढ्दो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्साप्रति बिरामीहरुको आर्कष्ण बढ्दै गएको पाइएको छ । पछिल्लो समयमा सरकारी आयुर्वेद चिकित्साप्रति सर्वसारणहरुको आर्कषण बढ्दै गएको हो ।

बुटवलमा रहेको प्रदेश सकरार अन्र्तगत रहेको लुम्बिनी आयुर्वेद चिकित्सालमा उपचार गराउने विरामीहरुको संख्या बढ्दै गएको छ ।
आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/८० अघिल्लो आर्थिक बर्ष उपचार गराउने विरामीहरुको संख्या बढ्दै गएको हो ।

लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तवका अनुसार उपचारका लागि आउने विरामीको संख्या बढ्दै गएको हो । अघिल्लो आर्थिक बर्ष २०७८/०७९ २६ हजार बिरामी ले उपचार गरेका थिए । जसमा महिला १५३३५ र १०६८४ पुरुष रहेका थिए ।
चालु आर्थिक बर्षको अन्तीम समय सम्मा कुल ४१ हजार विरामीले उपचार गरेका छन् । जसमा महिला १८७९५ र पुरुष १३३९५ जना रहेको प्रमुख डा. श्रीवास्तवले वताउनु भयो ।

उहाँका अनुसार बुटवल देवीनगरमा रहेको लुम्बिनी प्रदेश आयुर्वेद चिकित्सालयमा ओपीडी सेवा, पंञ्चकर्म सेवा बिस्तार गरिएको छ । भने नागरिक आरोग्य केन्द्र, जेष्ठ नागरिक घरदैले सेवा, योग सेवा, सहित बुटबलका ५ ठाउँमा हप्तामा आरोग्य केन्द्रबाट समुदायमा गएर सेवा दिने व्यवस्था गरिएको छ ।

सेवा लिदै बिरामीहरु।

२ दिन ओपीडी र १ दिन पंञ्चकर्म सेवा ,यो सेवा दिनको लागी कबिराजको नेतृत्वमा काम काम भैरहेको जनाइएको छ ।दरबन्दी स्थायी दरबन्दी जम्मा ६ जना रहेको लुम्बिनी आर्युद्ध चिकित्सालय बुटवलमा अहिले करारबाट र स्थायी गरि १७ जना जनशक्ती व्यवस्थापन गरिएको छ ।

लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका कविराज निरिक्षक नरहरी अर्यालयका अनुसार पछिल्लो समयमा बिरामी बढनुको कारणमा यसै बर्षबाट १५ बेडको अस्पताल संञ्चालन हुनुको साथै शालक्या सेवा नाककान घाटी सेवा बिस्तार गरिएको छ । यस्तै अन्तरग सेवा सुरु भएको कारणले गर्दा विरामीहरुले आर्युबेद्ध रोज्ने गरेका छन् ।

बिरामीहरुको चाप बढ्दै गएपनि ओएनएस को अभाव रहेको छ भने क्षार सुत्र सेवा दिन बिषेशज्ञ चिकिस्कको अभाब चिकित्सालयले भोग्दै आएको छ । यसको अलवामा वि.स. २०३५ मा सृजना भएको दरबन्दी हाल सम्म पनि थपीएको छैन ।

चिकित्सालयमा जिर्ण रोग, गठीया, बाध, ग्याट्रिक, ढाड कम्म्मर दुख्ने, छालाका रोगी, बच्चाको रुघाखोकी देखि लिएर प्यारलाइसिी, पाकिङ्गस लगायतका विरामीहरु बढि मात्रामा आउने गरेका छन् ।

अहिले उक्त चिकित्सालयमा प्रयोगशालमा सकारी नियम अनुसारको न्युन शुल्क रहेको छ भने पंञ्चकर्ममा सामान्य शुल्क रहेको छ । ओपीडीमा १० प्रतिशत छुट रहेको छ । जेष्ठ नागरिकलाई सबै शुल्क निशुल्क उपचार गर्दै आएको छ ।उपचरका लागि मानिसहरु गुल्मी अर्घाखाची रुपन्देही तथा भारत देखि समेत आउने गरेका छन् ।

                                                   अनुगमनमा स्वास्थ्य सचिब डा जनार्दन पन्थी सहितको टोलि।

सम्बन्धित शिर्षक :