स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए)र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको छ । सीटीईभीटीले सूचना प्रकाशित गर्दै शुल्क बृद्धि भएको जानकारी दिएको हो ।सीटीईभीटीले नर्सिङ तर्फ करीब डेढ लाख रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ । बढेको शुल्क अनुसार अब प्रमाणपत्र तह नर्सिङको तीन वर्षे अध्ययन् पुरा गर्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क लाग्ने भएको छ । यसअघि नर्सिङ अध्ययनका लागि ४ लाख ७५…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
पाल्पामा बिरामीले प्रयोग गर्ने पानीमा भेटियो कोलिफर्म
स्वास्थ्यसमाचार/पाल्पाका अधिकांश स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित रहेको पाइएको छ। जिल्लाका ८९ वटा स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानीको जाँच गरिएकोमा ३४ वटा स्वास्थ्य संस्थाको पानी दूषित रहेको पाइएको हो। स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाको दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता जाँच गरेको थियो। रिब्दीकोट गाउँपालिकाका आठ वटा स्वास्थ्य संस्थाको पानी जाँच गरिएकोमा छ वटा संस्थामा प्रयोग हुने पानीमा कोलिफर्म जीवाणु फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूधन भट्टराईले जानकारी दिनुभयो। कोलिफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिशामा पाइने एक प्रकारको जीवाणु…
गुल्मी पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा
स्वास्थ्यसमाचार/गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डाक्टर विनोदकुमार गिरीले जिल्लालाई पुर्णखोप दिगोपना सुनिश्चतता भएको घोषणा गर्दै प्रमाणपत्र गुल्मी जिल्लाका समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोणर्बहादुर खत्रीलाई प्रदान गर्नुभएको हो । गिरीले यस अभियानमा वडास्तरदेखी जिल्लासम्म खटिने सबै स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बिचार व्यक्त गर्दै १५ महिना मुनिका बच्चाहरुलाई खोप सुनिश्चित भएकोमा जिल्लाबासीहरुलाई धन्यवाद समेत दिनु भएको थियो । लुम्बिनी प्रदेशमा पुर्णखोप दिगोपना सुनिश्चतता घोषणा भएको गुल्मी जिल्ला चौथो जिल्ला हो। लक्ष्य अनुसार प्रगति हासिल गर्न,…
रूपन्देही विकास मञ्चद्वारा शुद्धोधनमा निशुल्क स्वास्थ्य शिविर
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ मानपकडी स्थित रुपन्देही विकास मञ्च तिलोत्तमा ५ रुपन्देहीको आयोजनामा शुद्धोधन गाउँपालिका कार्यपालिका, यूनिभर्सल मेडिकल कलेज भैरहवा जिल्ला औषधि व्यवसायी संघ, रूपन्देही सहयोगमा शुद्धोधन वडा नः ५ मानपकडी स्वास्थ्य चौकीमा समारोहबीच सम्पन्न भएको छ। रूपन्देही विकास मञ्चले शुद्धोधन गाउँपालिका भित्र रहेका स्थानीयहरुको हितका लागि जनरल फिजिसियन,स्त्री रोग विशेषज्ञ,छाला रोग बिशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मनोरोग विशेषज्ञ नाक, कान, घाटी रोग बिशेषज्ञहरुको टोलीबाट स्वास्थ्य प्रशिक्षण गरिएको थियो। ३ सयभन्दा बढी सेवाग्राहीले सेवा प्रदान गरिएको र यश रुपन्देही विकास मञ्च तिलोत्तमा ५ रुपन्देहीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपलिकामा स्वास्थ्य, विभिन्न…
परिवार नियोजन संघ रुपन्देहीको अध्यक्षमा प्रदिप शाक्य निर्वाचित
स्वास्थ्यसमाचार/ नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाको अध्यक्षमा प्रदिप शाक्य निर्वाचित हुनु भएको छ । शाखाको शुक्रबार सम्पन्न ३६ औं साधारण सभाबाट नयाँ कार्यसमिति निर्बिरोध चयन गरिएको निर्वाचन अधिकृत अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले जानकारी गराउनु भयो । जसको कोषाध्यक्ष निरजप्रसाद लाकौल तथा सदस्यहरुमा भारती जोशी, सरस्वती अमात्य, सविता शाक्य, डा। सरिता श्रेष्ठ, मोहन बश्याल र अशोक गौतमलाई चयन गरिएको छ । त्यस्तै युवा सदस्यमा बिनी शाक्य, निशा भण्डारी र किरण तिवारीलाई चयन गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय महासचिव निर्मलप्रसाद लाकौल,…
प्यूठानको खानेपानीमा ३९ प्रतिशत दिसा जन्य पदार्थ मिसावट भेटियो
स्वास्थ्यसमाचार/ पहाडी जिल्ला प्युठानमा ३९ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । स्वास्थ्य कार्यालय प्यूठानले विभिन्न समयमा १३५ वटा खानेपानीको नमुना परीक्षणमा ५३ वटामा इकोली भेटिएको पाइएको हो । जिल्लाका ९ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उहाँले बताउनुभयो । परीक्षणमा जिल्लाका माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । जनस्वास्थ्य प्रमुख पाण्डेका अनुसार माण्डवी गाउँपालिकामा खानेपानीको…
स्वास्थ्य केन्द्र परिसरमा सरसफाइ र वृक्षरोपण
स्वास्थ्यसमाचार /बुटवल १२ मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ढवाहामा केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी तथा टोलविकास संस्थाका अगुवाले सरसफाइ गर्दै वृहत् वृक्षरोपण गरेका छन् । वडाका जनप्रतिनिधि, स्थानीय तथा प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मी र कर्मचारीहरूले सरसफाइ गर्दै विभिन्न फलफुलका बिरुवा रोपिएको जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यले जानकारी दिए । सरसफाइ कार्यक्रमका संयोजक तथा जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यको संयोजनमा भएको कार्यक्रममा वडा सदस्य गंगादत्त पौडेल, जनस्वास्थ्य अधिकृत मोहन मिश्र, टोल विकास संस्थाका अध्यक्ष नन्दलाल सुवेदी, स्वास्थ्यकर्मी तथा कर्मचारी र महिला स्वयमसेविकाहरुले सामूहिक रुपमा सरसफाइ र वृक्षरोपण गरेका थिए । स्वास्थ केन्द्र रहेको खाली परिसरमा…
लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेमध्ये १० प्रतिशत २० वर्ष मुनिका
स्वास्थ्यसमाचार /नेपालमा हुने जम्मा गर्भवती संख्या मध्ये ५ लाख भन्दा बढी अनिच्छित हुने गरेको देखिएको छ। सुरक्षित गर्भपतन र मिडियाको भुमिका बिषयक अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो। सुनौलो परिवार नेपालको सहयोग र हेल्थ टुडेको सहकार्यमा भएको कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका सुचना अधिकृत भेषराज शर्माले बर्षमा १२ लाखको हाराहारीमा महिलाहरु गर्भवती र मध्ये जसमध्ये ५ लाख ३९ हजार अर्थात ४५ प्रतिशत गर्भ अनिच्छित हुने वताए । सरकारी तथ्यांक अनुसार एक चौथाई अर्थात १ लाख २८ हजार अनियोजित जन्म हुन्छ। दुइ तिहाइ अर्थात ३ लाख ५१ हजार गर्भपतन हुन्छ भने…
सात प्रदेश मध्ये लुम्बिनी प्रदेश मातृ मृत्युदरमा अग्रस्थानमा
स्वास्थ्यसमाचार/असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने महिलाको संख्या लुम्बिनी प्रदेशमा बढी देखिएको छ । असुरक्षित गर्भपतनका कारण नेपालमा एक लाखमा १५१ जना महिलाले ज्यान गुमाएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै एक लाखमा २०७ जनाले ज्यान गुमाएको नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक छ । सोसाईटी अफ हेल्थ केयर जर्नालिष्ट र हेल्थ टुडे मिडियाले शुक्रबार बुटवलमा आयोजना गरेको असुरक्षित गर्भपतन र सुधारमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक प्रस्तुत गर्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले गर्भपतन गराउनेको संख्या पनि लुम्बिनी प्रदेशमा बढी रहेको जानकारी गराउनु भयो…
सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रले औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन सेवा संचालन गर्ने स्वास्थ्य संस्थाका स्टाफ नर्सहरुका लागि ५ दिने तालिम संचालन गरेको छ । नेपालगन्जको भेरी अस्पतालमा संचालित तालिमका सहभागीहरुलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा उर्मिला अर्याल, डा। नवीन बुढाथोकीले प्रशिक्षण दिएका थिए । तालिममा बाँके बर्दिया र दाङका विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरु सहभागी भएका छन् । नेपाल सरकारले सन् २००२ देखि सुरक्षित गर्भपतन सेवालाई कानुनी रुपमा मान्यता दिएको थियो । औषधिद्वारा गरिने गर्भपतन सेवा सन् २००९ देखि सुरू भएको हो । यो सेवा अहिले लुम्बिनी…


