नर्भिकमा उपचारका क्रममा प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।

प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले दाहालको निधन भएको जानकारी दिएको छ। ‘उहाँ ९सीता दाहाल०को निधन भएको भनेर चिकित्सकले परिवारलाई जानकारी दिइसकेका छन्,’ स्रोतले भन्यो।

चिकित्सकहरुका अनुसार दाहालको बुधबार बिहान ८स्३३ बजे निधन भएको हो।

सम्बन्धित शिर्षक :