दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्यमन्त्री खनालको आग्रह

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले दादुराबाट जोगाउन आफ्ना नानी बाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गर्नु भएको छ।

आजबाट सुरु हुने दादुरा रुबेला खोप अभियानमा उहाले लुम्बिनी प्रदेशवासीमा आफना नानी बाबुलाई खोप लगाउने अभियानमा सहभागी गराउन अनुरोध गर्नु भएको छ।

मन्त्री खनालद्वारा आज जारी भएको बिज्ञप्तीमा भनिएको छ खोप कार्यक्रम सरकारको पहिलो प्राथमिकता कार्यक्रम हो। खोप सेवाले आजसम्म आइपुग्दा समय सापेक्ष नीतिगत सुधार, सेवाको विस्तार, मानवीय र संस्थागत संरचनामा भएको स्तरोन्नति, खोप सेवाको सहज उपलब्धता र व्यापक उपभोगका कारण नै नेपालको शिशु तथा बाल बिरामी दर, मृत्युदर र अपाङ्गपगत्तामा उल्लेखनीय कमी आएको सर्वविदितै छ. सहस्राब्दी विकास लक्ष्य ४ र ५ प्राप्त गर्नका लागि खोप सेवाको योगदानलाई महत्वपूर्ण कडीको रुपमा स्वीकार गरिएको छ । खोप सेवा प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार हो ।

नेपालको सविधान बाट नै आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा व्यवस्था गरी राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा स्वास्थ्यमा सर्वव्यापी पहुँच को  (Universal Health Coverage) अवधारणा अवलम्बन गर्ने मान्यता स्थापित गरि समयानुकूल खोपहरू अवलम्बन गर्दै लक्षित वर्गले खोप पाउने अधिकार नीतिगत रुपमा नै सुनिश्चित गरेको छ ।

खोप सेवाको प्रभावकारी व्यवस्थापन र संचालन गरी बालबालिकाहरुलाई खोप दिने र लिने कार्यलाई विशेष व्यवस्था गर्न खोप ऐन २०७२ जारी गरेको छ । यसरी नेपाल सरकारले खोप सेवालाई कानूनी तथा नीतिगत रुपमानै प्राथमिकतामा राखेर नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सम्बन्धि संवैधानिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार कटिवद्ध छ ।

यसै सन्दर्भमा नेपाल सरकारले सन २०२६ सम्ममा दादुरा रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सो लक्ष्य हासिल गर्नका लागी यहि मिति २०८० फागुन १३ गते देखि चैत्र ७ गते सम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरुबाट, हिमाली र पहाडी जिल्लाहरुमा ९ महिना देखि ५ वर्षमुनि र तराईका जिल्लाहरुमा ९ महिना देखि १५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई यो खोप लगाईदै छ ।

त्यसैले सम्पूर्ण अभिभावक ज्यू हरुलाई आफ्नो नजिकको खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगी दादुरा खोप बिरुद्धको खोप लगाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

सम्बन्धित शिर्षक :