अस्पतालको ११४ औं वार्षिकोत्सवमा म्याराथुन प्रतियोगिता सम्पन्न

महिला तर्फ लक्ष्मी बोहोरा र पुरुष तर्फ म्याराथुनमा हिमाल कार्की प्रथम

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १४ औ वार्षिक उत्सवको अबसरमा आज म्याराथुन दौड प्रतियोगीता सम्पन्न भएको छ ।

तिलोत्तमाको जानकी नगरबाट बुटबलको राजमार्ग चौराह सम्म ३ किलोमिटर म्याराथुन दौड प्रतियोगीता भएको हो ।म्याराथुन दौडको अस्पतालका प्रशासकिय अधिकृत राजन केसी नर्सिङ प्रमुख ज्योति पौडेलले उदघाटन गरेको म्याराथुन दौडमा म्याराथुनमा महिला तर्फ लक्ष्मी बोहोरा प्रथम ममता पाण्डेय दोश्रो र लक्ष्मी तामाड तेश्रो भएकी छन ।

भने पुरुष तर्फको म्याराथुन प्रतियोगितामा हिमाल कार्की प्रथम राजकुमार बुढा दोश्रो र दुर्गा बहादुर सार्की तेश्रो भएको अस्पतालका नासु चिरञ्जीवि घिमिरेले बताए। बिजेता हरुलाई खेल संयोजक डा रमेश अर्यालले पुरस्कार प्रदान गर्नु भयो ।

पुरस्कार वितरणमा खेलकुद संयोजक डा रमेश अर्यालले खेलको माध्यमबाट स्वस्थ्य बन्न सकिनेका साथै यस्ता अतिरिक्त कृयाकलापको माध्यमबाट सेवा प्रदानमा थप उर्जा प्रदान गर्ने बताउनु भयो ।

उहाले सधै सेवाग्राहीसँग व्यस्त हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अस्पतालमा सञ्चालन गरिएको कार्यक्रमले थप जिम्मेवार, प्रतिबद्ध र उर्जाशील बनाउन टेवा पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ।

प्रथम हुनेलाई ३ हजार दोश्रो २ र तेश्रो लाई १ हजारका दरले पुरस्कार बितरण गरिएको थियो। अस्पतालको १ सय १४ औ वार्षिक उत्सव साता ब्यापी रुपमा मनाईदै आएको र त्यसमा बिभिन्न प्रतियोगीता सञ्चालन भैरहेको अस्पतालको आर्थिक बिभागका नासु घनश्याम भुसालले बताउनु भयो ।

सम्बन्धित शिर्षक :