११४ औ वार्षिकोत्सबमा ११४ जनाले गरे रक्तदान लुम्बिनी प्रादेशिक अस्पतालमा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशिक अस्पतालको आयोजनामा ११४ औ वार्षिकोत्सव समारोह २०८० को अवसरमा वृहत रक्तदान कार्यक्रम भएको छ । आज अस्पताल परिसरमा गरिएको रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी कर्मचारी, बिरामीका कुरुवा, सर्वसाधारण समेतले रक्तदान गरेका छन।

अस्पतालका कार्यक्रम संयोजक सत्यराज शाक्यले रक्तदान कार्यक्रममा १ सय १४ युनिट रगत संकलन भएकोे बताउनु भयो । उहाले स्वयंसेवी रक्त दाताहरुको घुइँचोका बिच रक्तदान गरिएको वताउनु भयो पछिल्लो समय रक्तदान गर्ने काममा युवाहरु बढी रहेको संयोजक शाक्यले बताउनु भयो।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा सुदर्शन थापा क्षेत्रीले रक्तदाता दयासागर पन्थीलाई ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा मेसु डा थापाले रगत र रक्तदानको महत्वबारे प्रकाश पार्नु भएको थियो। नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र र अस्पतालको संयुक्त प्राविधिक सहयोगमा भएको रक्तदान गरिएको संयोजक शाक्यले बताउनु भयो।

अस्पतालको १ सय १४ औ वार्षिक उत्सव साता ब्यापी रुपमा मनाईदै आएको र त्यसमा बिभिन्न प्रतियोगीता सञ्चालन भैरहेको अस्पतालको अस्पतालका नासु चिरञ्जीवि घिमिरेले बताउनु भयो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :