तिलोत्तमामा ४७ हजार वालवालिका लाई दादुरा–रुबेला खोप लगाइने

पूर्ण खोप, सुरक्षित भविष्य भएकोले वालवालिका लाई खोपबाट नछुटाऔँ नगरप्रमुख खाँण

स्वास्थ्यसमाचार/ तिलोत्तमामा फागुन १३ गते देखी दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार १३ फागुन देखि १७ गते सम्म खोप अभियान सञ्चालन हुने भएको हो।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशब भट्टराईका अनुसार तिलोत्तमामा ४६ हजार ७ सय ६० जना वालवालिका लाई खोप लगाउने तयारी गरिएको बताउनु भयो।

तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले एक शन्देश जारी गदै तिलोत्तमा नगरपालिका फाल्गुन १३ गते देखि १७ गते सम्म वडा नं. १–१७वडाका तोकिएको समयमा र स्थानमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएकोले आफ्ना ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन नजिकैको खोप केन्द्रमा ल्याउनु हुन आग्रह गर्नु भएको छ।

पूर्ण खोप, सुरक्षित भविष्य प्राप्त खोपको जिम्मा हाम्रो तर खोप बाट बञ्चित नगराउने जिम्मा हरेक बाल बच्चाको अभिभावकको भन्दै सबैलाई खोप लगाउन आग्रह गर्नु भएको छ। रुपन्देहीका ३ लाखभन्दा धेरै बालबालिकालाई यही फागुन १३ देखि २४ गतेसम्म दादुरा–रुबेला खोप लगाइनेछ ।

सम्बन्धित शिर्षक :