स्वास्थ्य समूह तर्फका दुई नर्स र नौं जना चिकित्सक एघारौं तहमा बढुवा

स्वास्थ्यसमाचार /स्वास्थ्य समूह तर्फका ११ जना एघारौं तहमा बढुवा भएका छन् । सरकारले स्वास्थ्य समूहका नौं जना चिकित्सक र दुई जना नर्सलाई एघारौं तहमा बढुवा गरेको हो ।

गत बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा समूहका विभिन्न ११ जना अधिकृतलाई एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

एघारौं तहमा बढुवा हुनेहरुमा चिकित्सक तर्फ ग्यास्ट्रो इन्टेरोलोजिष्ट डा. जैनेन्द्रकुमार चौधरी, न्युरो सर्जन डा. निलम कुमार खड्का, अर्थोपेडिक्स सर्जन डा. ओमप्रकाश अर्याल, इएनटी सर्जन डा. दिपेन्द्र गौतम र रेडियोलोजिष्ट डा. विश्वनाथ शर्मा, डा शैलेन्द्र विश्वकर्मा पोखरेल, एनेस्थेसियोलोजिष्ट डा. सुवास रेग्मी, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डित र डा. विनोद सिंह बढुवा भएका छन् ।

यसैगरी नर्सिङतर्फ सरिता कार्की र मञ्जु यादव पनि एघारौं तहमा बढुवा भएका छन् ।

सम्बन्धित शिर्षक :