धुर्काेटमा चैत्र २४ गते वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

स्वास्थ्यसमाचार /धुर्काेट गाउँपालिकाको आयोजना र प्राविधिक चिकित्सा परिवारको सहकार्यमा वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ।

यहि चैत्र २४ गते धुर्काेट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा शिबिर सञ्चालन हुने धुर्काेट गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका कन्टेन्ट फिजिसियन डा शम्भु खनाल, बालरोग बिशेषज्ञ डा बिपिन खनाल, कन्सल्टेन्ट न्यरोसाईको लोजीष्ट डा अशिम रेग्मी, डा रमेश अर्याल हाडजोर्नी तथा नशा रोग विषेशज्ञको उपस्थिति रहने छ ।

त्यस्तै डा ज्योती श्रेष्ठ महिला प्रसुती तथा स्त्रीरोग विषेशज्ञ, डा सुदीप भन्डारी इन्टरनल मेडिसिन, डा शुशिल पोखरेल डेन्टल सर्जन डा श्रीराम पन्थी मेडिकल अफिसियल सहितको टोली सहभागी रहने धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए।

उक्त शिविरमा बिरामी जाँच, औषधी तथा ल्याव सबै निशुल्क रहने पनि पालिकाले जनाएको छ।

सम्बन्धित शिर्षक :