लुम्बिनी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा दैनिक प्रयोगशाला परिक्षण सेवा सुभारम्भ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बुटवल १२ तामनगरमा अब सबैले रगत परिक्षण गर्न पाउने भएका छन । उक्त सेवाको लुम्बिनीका स्वास्थ्य मन्त्री राजु खनालले सेवाको शुभारम्भ गर्नु भएको हो।

प्रयोगशालाबाट प्रदेश भित्रका प्रयोगशालाहरूको टि.बि., मलेरिया, एचआईभी साथै अन्य परिक्षण हरुको गुणस्तर नियन्त्रण, प्रयोगशाला सुदृढिकरण, प्रयोगशालाकर्मीहरुको क्षमता अभिवृद्धिका साथै स्थलगत अनुशिक्षण कार्यक्रमहरु संचालन गदै आएको थियो अब देखी सर्वसाधारणको लागी रगत परिक्षण सेवा दिन लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि. निर्देशक राजेश कुमार गुप्ताले वताउनु भयो।

उहाले अब केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने धेरै परिक्षण यहाँ हुने वताउनु भयो । लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको निर्णयबाट तोकिएको शुल्क अनुसार सेवा दिईने गुप्ताको भनाई थियो।

उदघाटन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेश भित्रहुननसकेका सम्पुर्ण परिक्षण अब यही प्रयोगशालामा हुने वताउनु भयो । उहाले अब प्रदेशबाट ल्याबको परिक्षण गर्न काठमाण्डौ तथा अन्य ठाउंमा जानुपर्ने अबस्थाको अत्यका लागी प्रदेश सरकारले आबश्यक बजेट बिनियोजन गरि थप उपकरण खरिद गरि अत्याधुनिक सेवा दिईने ब्यबस्था रहेको वताउनु भयो।

मानिस बिरामी भएपछि पहिलो परिक्षण भनेको रगतको रिपोट चाहिने र त्यो विश्वसनिय भएपछि मात्र रोगको उपचार गर्न सहज हुने भएकोले यस लुम्बिनी प्रदेश सरकारले यहाँका जनतालाई सेवा दिने ब्यबस्था मिलाएको खनालको भनाई छ ।

बुटबलको देवीनगरमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सामा समेत कलेशन सेन्टर सुरु गरि बजारका बिरामीहरुलाई यहाँ आउनु नपर्ने र रिपोट अनलाईन आउने ब्यबस्था भएको समेत मन्त्री खनालको भनाई थियो। मन्त्री खनालले प्रदेशको गौरबको अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालको पनि १२ तले भबन तथा अन्य सेवा को लागी सरकारले काम गरिरहेको वताउनु भयो।

कार्यक्रममा बुटबल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सरकारी सेवा सुरु भएपनि कोरोना महामारी तथा अन्योलमा पनि सहयोग गरिरहेका यस क्षेत्रका ल्याव हरुलाई पीपीपी मोडमा जाने गरि प्रदेश सरकारले नियम बनाउनु पर्ने बताउनु भयो। । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका उप प्रमुख मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुबेदी ल्यावको सेवा लाई गुणस्तरलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्ब स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले सामान्य रगत परिक्षण गर्न पनि काठमाण्डौ जानुपर्ने अबस्था अत्य भएको प्रदेशबासीलाई खुसीको कुरा भएको वताउनु भयो । उहाले प्रदेश सरकारले जनताको स्वास्थ्यलाई ख्यालमा राखी यि र यस्ता कार्यकार्यम गदै आएको वताउनु भयो।

कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री बिष्णु प्रसाद पन्थी जिल्ला समान्य समितिका प्रमुख उमाकान्त चपाई तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण सैनामैनाका प्रमुख फडेन्द्र शर्मा शिदार्थनगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ ,शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु बस्याल कञ्चन गाउँपालिका अध्यक्ष नबराज ढकाल स्वास्थ्य सचिब डां जनार्दन पन्थी ,सेभ द चिल्ड्रेन बरिष्ठ ब्यबस्थापक मिम बहादुर सिंह, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा सुर्दशन थापा क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।

जनस्वास्थ्य प्रयोगशाका ल्याव टेक्निसियन हिमाल खनालका अनुसार ग्लोबल फन्ड तथा सेभ द चिल्ड्रेनको सहयोगमा बुटवल १२, तामनगरमा नवनिर्मित भवन २०८०साउन हस्तान्तरण भई उक्त भवनबाट प्रयोगशालाले आफ्ना सेवाहरु संचालन गर्दै आएको वताउनु भयो।

लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आगामी आर्थिक बर्षबाट प्रदेशमा हुन नसकेका विशिष्टीकृत परि क्षणहरु पनि थप गर्दै जाने समेत जनाएको छ ।

एचआईभी संक्रमित बिरामीहरूमा भाइरल लोड परिक्षण तथा सह–संक्रमणको परिक्षण सुरु गर्ने।आधुनिक प्रयोगशाला परिक्षण प्रविधिको विकास तथा बिस्तार गर्ने, प्रदेशभरि गुणस्तरीय प्रयोगशाला प्रणालीको बिकास गरि प्रयोगशाला सेवाहरुको संचालन तथा व्यवस्थापन गर्ने भएको छ ।

यस्तै जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुका प्रयोगशाला शाखालाई महामारीजन्य रोगहरुको नियमित सर्भिलेन्स गर्न सबलीकरण गर्ने, प्रादेशिक रक्त संचार केन्द्रको स्थापना गर्ने र प्रदेशभरका रक्तसंचार केन्द्रहरु बीच संजाल स्थापना गरि रगतको अभाब हुन नदिने, रोगको निदानमा प्रेषण प्रयोगशालाको रुपमा स्थानीय जनस्वास्थ्य प्रयोगशालाको स्थापना गर्ने समेत योजना रहेको उपनिर्देशक राजेश कुमार गुप्ताले जानकारी दिनु भयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई संक्रामक एबं संक्रामक रोगहरुको अध्ययन तथा अनुसन्धान गर्न प्रयोगशाला तथा प्रविधिको विकास गर्ने योजना रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि. निर्देशक राजेश कुमार गुप्ताले वताउनु भयो।

 

सम्बन्धित शिर्षक :