लुम्बिनी प्रदेशमा आयुर्वेद स्वास्थ्य संस्थाहरुमा पहिलो पटक न्युनतम सेवा मापदण्ड सुरु

स्वास्थ्यसमाचार/ पहिलो पटक लुम्बिनी प्रदेशमा आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड सेवा सुरु गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा लुम्बिनी आयुर्वेद चिकित्सालयमा सेवा सुरु गरिएको हो।

संघीयता कार्यान्वयनपछि लुम्बिनीमा आयुर्वेद क्षेत्रमा पहिलो पटक यस खालको कार्यक्रम सुरु भएको स्वास्थ्य निर्देशनालय आयुर्वेद शाखाका कबिराज निरिक्षण गणेश सापकोटाले बताउनु भयो।

उहाले भन्नुभयो– आयुर्वेदमा पनि न्युनतम सेवा मापदण्ड मापन सुरु गरिएको र यो नेपालमै पहिलो भएको बताउनु भयो। यो कार्यक्रम सुरु भएपछि आयुर्वेद अस्पतालको अवस्था अस्पतालबाट सेवा लिने सेवाग्राहीहरुको सन्तुष्टि अस्पतालमा थप गर्नुपर्ने सेवा लगायतका विषयमा जानकारी हुने वताउनु भयो ।

 

लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समितिका अध्यक्ष शिब ज्ञवालीको अध्यक्षता स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद गिरीको प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा आयुर्वेद चिकित्सालयका प्रमुख डा प्रबेश श्रीवास्तव,जिल्ला आयुर्वेद औषधालयका कपिलवस्तुका डा नलिन नाथ तिबारी गुल्मी आयुर्वेद औषधालयका प्रमुख डा अर्जुन राज शर्मा लुम्बिनी आयुर्वेद अस्पतालका डा दीपक आर्चायले,डा सन्दीप कार्की,बुटबल उपमहानगर पालिका आयुर्वेद शाखाका कबिराज निरीक्षक यमलाल भुसाल,पत्रकार चन्द्रकान्त खनाल माधब पौडेललगायत सहभागीता रहेको थियो ।


उदघाटन कार्यक्रममा अस्पतालको बारे आयुर्वेद चिकित्सालयका प्रमुख डा प्रबेश श्रीवास्तवले अस्पतालको अबस्था भएका गतिबिधि र अब गर्नु पर्ने कामको बारेमा जानकारी गराउनु भएको थियो।

उहाले बुटबलको आयुर्वेदिक औषधालयमा हाल ओपीडी र पञ्च कर्म सेवा विस्तार गरिएको छ । नागरिक आरोग्य केन्द्र, ज्येष्ठ नागरिक घरदैलो सेवा, योग सेवासहित बुटवलका ५ ठाउँमा आरोग्य केन्द्रबाट सेवा दिने व्यवस्था गरिएको छ ।

अस्पतालमा १५ बेड सञ्चालन भएपछि जनशक्ति अभावले सञ्चालन गरिएको बताउनु भयो।उहाले जनशक्ति अभावको कारण अस्पतालमा उपकरण समेत सञ्चालनमा आउन नसकेको तत्काल ओएनएम सर्बे गर्नु पर्ने बताउनु भयो। उहाले पछिल्लो समय आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै गएको डा. प्रवेश श्रीवास्तवले वताउनु भयो उहाले नेपालका अलाब भारतका बिरामीपनि आउन थालेको बताउनु भयो।

कार्यक्रममा स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालले पछिल्लो समय आयुर्वेद प्रति बिरामीको चाप बढनु सकारात्मक भएको बताउनु भयो। आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड सेवा लागु भएपछि अब के अभाब सुधानुपर्ने आबश्यक लगायतमा सेवा प्रबाह गर्नु पर्ने बताउनु भयो।

 

स्वास्थ्य निर्देशनालयबाट न्युनतम सेवा मापदण्डका लागी आउनु भएका कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा नलिन नाथ तिवारीले अस्पतालको एमएसएस सेवा पछि अस्पतालको अबस्था सेवा र बिस्तार गर्नु पर्ने मापदन्ड र अहिले दिएको सेवाको बारेमा जानकारी हुने बताउनु भयो।

कार्यक्रममा पत्रकार चन्द्रकान्त खनालले आयुर्वेदले पछिल्लो चरणमा राम्रो सेवा दिदै आएको र यसलाई निरन्तरता दिनु पर्ने बताउनु भयो। अस्पताल बिकास समितिका अध्यक्ष शिब ज्ञावालीले अस्पताल अहिले अबस्थामा ल्याउन सबैको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।

उहाले यो न्युनतम सेवा मापदण्ड पछि अस्पतालले के गर्नु पर्छ त्यस अनुसार आफुहरु अघि बढने बताउनु भयो । यो न्युनतम सेवा मापदण्ड २ दिन सम्म चल्नले छ र निर्देशनालयको टोलीले चिकित्साको मुल्याकंन गर्ने सापकोटाले बताउनु भयो।

 

सम्बन्धित शिर्षक :