बुटवलमा पहिलो पटक कलेजोको बायोप्सी जाँचको सुरुवात ग्यास्ट्रो सेन्टरमा

स्वास्थ्यसमाचार/कलेजोको अवस्था बारेमा पत्ता लगाउने विश्वसनिय जाँच कलेजोको बायोप्सी सेवा बुटवलमा पहिलो पटक ६० बर्षकी महिलाको जाँच गरिएको छ।

कलेजोको वायोस्पी जाँचबाट बिरामीको कलेजोको अवस्था, क्यान्सर लगायत अन्य समस्या भए नभएको बारेमा यसबाट पत्ता लगाउन सकिन्छ। साथै फाइब्रोस्क्यान पछि समस्या ग्रस्त कलेजोको रोगी बिरामीको अवस्थाको बिस्तृत जाँच गर्नको लागि यसभन्दा पहिले यस क्षेत्रका बिरामीलाई राजधानी लगायतका ठाउंमा जानुपर्ने बाध्यता हटेको छ।

यो जाँच ग्यास्ट्रो सेन्टर बुटवलका विशेषज्ञ डा. बिष्णु पौडेल, डा. सुदिप थापा, तथा पेट, कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डा. मोहन भुसाल , डा. सबिर कुमार श्रेष्ठ टिमले गर्न सफल भएको छ। यो सुबिधा संगै ग्यास्ट्रो सेन्टर बुटवलमा पेट कलेजो आन्द्रा तथा प्यान्क्रियाज सम्बन्धि सम्पुर्ण रोगको जाँच गरिने डा. मोहन भुसालले बताउनु भएको छ।

सम्बन्धित शिर्षक :