चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्यसमाचार/ ]सरकारले चिकित्सा शिक्षा सम्वन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन छ बर्ष पछि सार्वजनिक गरेको छ । बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगले ६ बर्ष अघि तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

मन्त्रालयले प्रतिवेदनमा औल्याएका विषयवस्तुलाई कार्यान्वयनमा लैजाने बताएको छ । सरकारले डा गोविन्द केसीसँगको सम्झौता अनुसार ४ बैशाख २०७४ मा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग बनाएको थियो।

सो आयोगमा स्वर्गीय प्राडा उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका तत्कालीन उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए।सो प्रतिवेदनले थुप्रै त्रुटि औल्याउनुको साथै उच्च तहका पदाधिकारीहरूमाथि कार्वाहीको सिफारिस समेत गरेको छ ।

प्रतिवेदनको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस ।

सम्बन्धित शिर्षक :