कक्षा १२ पास गरेपछि मात्रै २ वर्षे जनरल नर्सिङ पढ्न पाइने

स्वास्थ्यसमाचार/अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले मात्रै २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् । प्रा डा कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ ।

चैत ९ गते बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कक्षा १२ पछि स्वास्थ्य कार्यक्रम सुरू गर्न लागिएको आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले बताए ।

हाल माध्यमिक शिक्षा परीक्षा एसईई पास गरेपछि सीटीईभीटी अन्तरगतको प्रविणता प्रमाणपत्र (पीसीएल) ३ वर्षे नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो शैक्षिक कार्यक्रम तीन वर्षे हो । यस्तै पीसीएल गरेपछि ३ वर्षे ब्याचलर अफ नर्सिङ साइन्स(बीएनएस)  अध्ययन गर्न पाइन्छ ।

त्यसैगरी विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका विद्यार्थीका लागि चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालन छ ।

सम्बन्धित शिर्षक :