बुटबल उपमहानगरमा महिलाहरुको लागि पाठेघर सम्बन्धि जाँच शिविर

स्वास्थ्यसमाचार/बुटबल उपमहानगर नगरपालिकाको आयोजनामा महिलाहरुको पाठेघर सम्बन्धी जाँच शिविर गरिएको छ । महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको हो । असार १५गते भएकोे शिविरमा वडा नं १२ र १३ लाई लक्षित गरि शिबिर गरिएको बुटबल उपमहानगरपालिका को स्वाथ्य शाखाले जनाएको छ। स्वास्थ्यशाखा प्रमुख युवराज पाण्डेले अनुसार महिलाहरुको स्वाथ्य अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताउनु भयो । उहाँले पाठेघरको समस्या जटिल समस्या भएको भन्दै सोही अनुसार बुटबल उपमहानगरपालिकाले आफैले यो शिविर आयोजना गरिएको बताउनु भयो। उहाले यो भिआईए परिक्षण वाट ५ बर्ष पहिले नै क्यान्सरको अबस्था पत्ता लाग्ने बताउनु भयो। नगरपालिकाले…

पाठेघरको मुखको क्यान्सर के हो, कसरी हुन्छ र? रोकथामको लागि के गर्ने ?

डा. सरिता राना महिलाको पाठेघर भन्नाले एउटा महत्वपूर्ण अङग् सँगसँगै डिम्बासय अर्थात दुईवटा अण्डा कोष हुन्छन् । त्यसमा अण्डा बोक्ने नली जसलाई हामी फूलोप्यन ट्युब भन्छांै । भित्री अङ्ग, हामी यौनाङ्ग भन्छौं त्यसलाई भजाइना भनिन्छ । बाहिरी अङ्ग जसलाई हामी भल्भा भन्छौं । यी सबै अङ्गहरुमा फरक–फरक किसिमको क्यान्सर भइरहेको हुन्छ । यसको उपचार विधी, रोकथामहरु र देखिने लक्षणहरु फरक–फरक हुन्छन् । अन्य क्यान्सरहरुभन्दा पाठेघरको मुखको क्यान्सरलाई महिलाहरुमा हुने सबैभन्दा प्रमुख क्यान्सर हो । विकासोन्मुख देशहरुमा महिलामा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर नै प्रमुख रुपमा देखा पर्दछन् । धेरैजसो…

नेपाल फार्मेसी संघद्धारा लुम्बिनी र भिम अस्पतालका मेसुलाई सम्मान

स्वास्थ्यसमाचार/फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकाल र भिम अस्पताल भैरहवाकी नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्तालाई बधाई तथा शुभकामना प्रदान गरेको छ । संघले  बुटवलमा कार्यक्रमको आयोजना गरी मेडिकल सुपरिटेण्डेन्ट द्वय ढकाल र गुप्तालाई सम्मान सहित बधाई तथा शुभकामना प्रदान गरेको हो ।कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण ढकालले नेपाल फार्मेसी संघले जहाँ औषधी त्यहाँ फर्मासिष्टको मुद्धा उठाएको जानकारी गराउँदै औषधी जस्तो संवेदनशिल विषयमा संघले उठाएको मुद्धालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभयो । त्यस अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट ढकाल र भिम…

पाल्पामा जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई कीट जन्य रोगबारे अभिमुखीकरण

स्वास्थ्यसमाचार /औलो, डेगी, कालाजार, स्क्रव टाइफस, चिकनगुनिया लगायतका कीट जन्य रोगबारे स्वास्थ्य कार्यालय पाल्पाले रामपुरमा अभिमुखीकरण गरेको छ।किटजन्य रोगहरुको बारेमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुलाई जानकारी दिने उदेश्यले अभिमुखीकरण गरेको स्वास्थ्य कार्यलय पाल्पाले जनाएको छ । रामपुर नगरपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूलाई किटजन्य रोगहरुको बारेमा जानकारी दिदै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरिले गर्मी र वर्षाको समय सुरु भएकाले किटजन्य रोगको जोखिम बढी हुने हुँदा यसबाट जोगिन पूर्वतयारी र समाधानका उपायमा ध्यान दिनुपर्ने वताउनु भयो। पहाडी जिल्ला पाल्पामा डेंगु, कालाजारको जोखिम बढी रहेको बताउदै उहाँले यसको…

शुद्धोधनमा शिक्षकहरुलाई आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल रुपन्देहीको आयोजना तथा शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाको समन्वयमा २ दिने विद्यालय शिक्षकहरुका लागि आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। २ दिन सम्म चलेको कार्यक्रममा समापन कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले आयुर्वेदको महत्व रहेको र बिद्यालय स्तरबाटै विद्यार्थीहरुलाई आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी जानकारी गराउनु आबश्यक रहेको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्ती ले योग आयुर्वेदको आधारभूत पुरानो अभ्यास हो, शरीर, मन, भावना र आध्यात्मिक बीच सन्तुलन ल्याउन सास र ध्यानसँग शरीर…

किन पाएनन् स्थानीय तहका स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब ?

स्वास्थ्यसमाचार/स्थानीय तहमा कार्यरत् स्वास्थ्यकर्मीले यो वर्ष पनि समयमा तलब पाएका छैनन् । विशेषगरी देशभरका सुगम ठाउँका स्थानीय तहमा यो समस्या छ । स्वास्थ्य मन्त्रालयले नै समायोजन गरेर पठाएका स्वास्थ्यकर्मीले ६ देखि ९ महिनासम्मको तलब खान पाएका छैनन् । केही पालिकाले आन्तरिक स्रोतबाट यसको व्यवस्थापन गरेपनि अधिकांशमा रोकिएको छ । गतवर्ष पनि यस्तै समस्या परेपछि अन्तिम समस्यमा अर्थमन्त्रालयले २ अर्ब रकम निकासा गरेर तत्कालको समस्या समाधान गरेको थियो । समायोजन गर्दै दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी खटाइएको र अहिलेसम्म मन्त्रालयको उदासीनताका कारण समस्या ज्यूँ का त्यूँ रहेको जानकारहरू बताउँछन् । कर्मचारी समायोजनको क्रममा…

तिलोत्तमाको बजेट २ अब ७६ करोड: वातानुकुलित खोप केन्द्र निमार्ण गरिने

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कुल २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको छ । पालिकाको दोस्रो नगरसभा तथा पाँचौँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि चालु खर्चतर्फ १ अर्ब २४ करोड ४३ लाख ७४ हजार (४५.०१) प्रतिशत र पुँजीगततर्फ १ अर्ब ५२ करोड १८ लाख ४८ हजार (५४.९९) प्रतिशत खर्च हुने अनुमान गरिएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट वक्तव्यमार्फत वताउनु भयो। बजेटमा स्वास्थ्यतर्फ सबै नागरिकको पहुँच सुनिश्चित रहोस् भन्ने उद्देश्यसहित वातानुकुलित खोप केन्द्र निर्माणका लागि ९ करोड ४५ लाख २२ हजार…

बुटबलमा डेंगु र किटजन्य रोग नियन्त्रणको लागि अभियान सुरु

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको छ ।वर्षायाम सुरु भएसँगै एडिस जातको लामखुट्टेको सक्रिय हुने र टोकाईबाट डेंगु रोग सर्ने भएकाले नियन्त्रणको लागि सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । आईतबार उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयमसेवकहरुलाई डेंगु संक्रमण नियन्त्रणको लागि अभिमुखीकरण सञ्चालन गरेको छ । डेंगु रोग सफा पानीमा बस्ने लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले घर वरपर टाएर,गमला, ड्रम लगायतमा पानी जम्न नदिनको लागि स्वास्थ्यका विज्ञहरुले शुझाँब दिएका छन । वर्षायाम सुरु भएसँगै डेंगुका बिरामीको संख्या पनि बढ्दै जाने भएकाले लामखुट्टेको टोकाईबाट बच्न सके डेंगुबाट…

मनोसामाजिक परामर्श: खिम बहादुर पौडेल

मानिस एक सामाजिक प्राणी भएको हुदा समाजमा हुर्केको, बसेको हुन्छ र  समाजको प्रत्येक क्रियाक्लाबले मानिसलाई प्रभावित पारेको हुन्छ । मानिस कही न कहीबाट समाजसँग जोडिएको हुन्छ । समाजको बिकास मानवजातिको जैविक उदबिकास भएको धेरै लामो समयपछि मात्रै मानव समाजको बिकास भएको हो । वास्तवमा मानव समाजको बिकास १०-१२ हजार बर्षअगाडि भएको अनुमान गरिन्छ। मानव समाजको बिकास चेतनाको बिकाससंगै भएको मान्न सकिन्छ । समयसंगै मानवको मस्तिष्क क्षमताको बिकास हुदै जाँदा आगाको अविस्कार, सुरक्षाका लागि समुहमा बस्नुपर्ने, समुहमा सिकार खोजी गर्नुपर्ने जस्ता आवश्यकताहरुको महसुस भई परिवारको बिकास एबं झुण्ड बनाएर बस्ने प्रणालीको…

बुटवलको बजेट २ अर्ब ९९ करोडः स्वास्थ्यलाई बिषेश प्राथमिकता

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रा देवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्ष २०८१/ ०८२ को वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नु भएको हो। बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले, स्वास्थ्य, विशेष प्राथमिकता दिदै बजेट छुट्याइएको वताउनु भयो। उहाले बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक…