नेपाल फार्मेसी संघद्धारा लुम्बिनी र भिम अस्पतालका मेसुलाई सम्मान

स्वास्थ्यसमाचार/फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकाल र भिम अस्पताल भैरहवाकी नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्तालाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

संघले  बुटवलमा कार्यक्रमको आयोजना गरी मेडिकल सुपरिटेण्डेन्ट द्वय ढकाल र गुप्तालाई सम्मान सहित बधाई तथा शुभकामना प्रदान गरेको हो ।कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण ढकालले नेपाल फार्मेसी संघले जहाँ औषधी त्यहाँ फर्मासिष्टको मुद्धा उठाएको जानकारी गराउँदै औषधी जस्तो संवेदनशिल विषयमा संघले उठाएको मुद्धालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभयो ।

त्यस अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट ढकाल र भिम अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट गुप्ताले अस्पतालमा फार्मेसीसंघसंग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै समस्या भए मिलेर समाधान खोज्न सकिने भनाई राख्नुभएको थियो ।

संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा संघकी केन्द्रीय उपाध्यक्ष डा. मिना भट्ट, रुपन्देही जिल्ला उपाध्यक्ष चोकलाल सापकोटाले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका महासचिव उदय बहादुर खत्रीको सञ्चालनमा भएको थियो

सम्बन्धित शिर्षक :