बुटबलमा डेंगु र किटजन्य रोग नियन्त्रणको लागि अभियान सुरु

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको छ ।वर्षायाम सुरु भएसँगै एडिस जातको लामखुट्टेको सक्रिय हुने र टोकाईबाट डेंगु रोग सर्ने भएकाले नियन्त्रणको लागि सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो ।

आईतबार उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयमसेवकहरुलाई डेंगु संक्रमण नियन्त्रणको लागि अभिमुखीकरण सञ्चालन गरेको छ । डेंगु रोग सफा पानीमा बस्ने लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले घर वरपर टाएर,गमला, ड्रम लगायतमा पानी जम्न नदिनको लागि स्वास्थ्यका विज्ञहरुले शुझाँब दिएका छन ।

वर्षायाम सुरु भएसँगै डेंगुका बिरामीको संख्या पनि बढ्दै जाने भएकाले लामखुट्टेको टोकाईबाट बच्न सके डेंगुबाट बच्न सकिने उनीहरुले बताएका छन । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेयले डेंगु रोग नियन्त्रणको लागि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताउँदै टोल टोलमा पुगेर जनचेतना फैलाउनुको लागि आग्रह गर्नुभयो ।

लार्भा खोज र नष्ट गर अभियानसँगै सबै जना सचेत बन्न सके डेंगु रोगबाट बच्न सकिने उहाँले बताउनुभयो । स्वास्थ्य शाखाका अधिकृत कल्पना भुसाल पाण्डेयले नगरका १९ वटै वडाका १सय ७६ जना महिला स्वास्थ्य स्वयंसेविका हरुलाई अभिमुखीकरण सञ्चालन गरिएको र उहाँहरु मार्फत टोल टोलमा पुगेर सचेतना फैलाइने पाण्डेले बताउनुभयो ।

सम्बन्धित शिर्षक :